दक्षिण कोरियामा एक जना 택배 चालक (कुरियर ड्राइभर) को मासिक आम्दानी ८० लाखदेखि १ करोड वोनसम्म पुगेको समाचारले सबैलाई चकित बनाएको छ।
१२ वर्षदेखि CJ대한통운 मा कार्यरत A씨 नाम गरेका ती चालक अहिले हप्तामा ६२ घण्टा काम गर्छन्। तर यो सामान्य मेहनत होइन —उनले डेलिभरीसँगै सामान संकलन पनि गर्छन्। अनि त्यही मेहेनतले उनलाई महिनाको औसत ९३ लाख वोन कमाइको स्तरमा पुर्याएको छ।
अझ अचम्म त के भने — खर्चपानी कटाएर पनि उनले ९० लाख वोनजति घर लैजाने गरेको बताइएको छ।
यो सब त्यत्तिकै भएन। सुरुमा व्यवसायमा असफल भएका उनी, जीवनलाई नयाँ मोड दिन ‘कुरियर’ बने। अनि एक वर्षमै आफ्नै निजी गाडी किनेर काम गर्न थालेपछि त कमाइ झनै चुलिएको हो।
सामान्य कामजस्तो देखिए पनि यो कथा बुझाउँछ —
कोरियामा अवसर छ, तर त्यसलाई च्याप्न सक्ने आँट र अक्कल चाहिन्छ।...
२२ श्रावण २०८२, बुधबार ०२:२७२२ श्रावण २०८२, बुधबार ०२:२७२२ श्रावण २०८२, बुधबार ०२:२७ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यात्रा वा नयाँ ज्ञानको खोजी हुनेछ। मन उत्साही र उर्जा भरिपूर्ण रहनेछ। घरपरिवारसँग सम्बन्ध सुमधुर बन्नेछ। महत्वपूर्ण काममा सफल हुने योग छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आर्थिक योजना र बचतमा ध्यान दिनुपर्ने समय हो। काममा केही चुनौती आउन सक्छ तर धैर्यले पार लगाउनेछ। स्वास्थ्यमा सानो ध्यान दिनु राम्रो हुन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक सम्बन्ध बलियो हुने दिन हो। साथीभाइबाट सहयोग पाइनेछ। नयाँ अवसरहरू खुलेर आउनेछन्। सहभागिता र छलफलमा सक्रिय रहनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारमा शान्ति र समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ मिठास आउँछ। मनमा स्थिरता बढ्ने दिन हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेशागत क्षेत्रमा सफल हुने योग छ। मेहनतले सम्मान दिलाउनेछ। दायित्व बढ्ने ...
२१ श्रावण २०८२, मंगलवार १२:५०२१ श्रावण २०८२, मंगलवार १२:५०२१ श्रावण २०८२, मंगलवार १२:५० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज:उदयपुर चौदण्डिगढी नगरपालिका सुन्दरपुर बेलहा घर भइ कोरियाको बुसान एरियामा कार्यरत कमल चौधरी काम छोडेर सेल्टरमा बस्ने क्रममा ब्रेनह्यामरेज भइ बिगत तीन हप्ता देखी Chosun University Hospital को ICU मा उपचाररत छन। कोरिया प्रवेश गरेको केही महिनामै स्वास्थ्य समस्यामा परेका पेशाले कृषिक्षेत्रमा कार्यरत कमल चौधरी, हाल कोमामा छन् र अस्पतालमा आईसीयू (ICU) मा राखेर उपचार भइरहेको छ।
उनलाई स्वास्थ्य समस्या देखा परेलगत्तै अस्पतालमा भर्ना गरिएको हो। हालसम्म करोड वोन भन्दा पनि धेरै उपचारमा खर्च भैसकेको र आर्थिक अवस्था कमजोर रहेकाले उनका आफन्तजन र नेपाली समाजले आर्थिक सहयोगको अपिल गरेका छन्। यती मात्रै नभएर उपचारको लागि ठुलो अस्पतालमा लानको लागि पहिले हालको अस्पतालमा उठेको सबै बिल चुक्ता गर्नुपर्ने भएकोले झनै समस्या पैदा बहेको बताइएको छ । एम्बेस्सीले सुरुमा केही पहल गरेतापनी पछील्लो ...
२१ श्रावण २०८२, मंगलवार ११:१४२१ श्रावण २०८२, मंगलवार ११:१४२१ श्रावण २०८२, मंगलवार ११:१४ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले दक्षिण कोरियाको संसद भवनमा Democratic Party of Korea का सांसद Hon. Lee Yong-sun सँग विशेष भेटवार्ता सम्पन्न गरेका छन्।
उक्त भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, दक्षिण कोरियाको विकास मोडल र त्यसबाट नेपालले सिक्न सक्ने प्रविधि र अनुभव, साथै कोरियामा रहेका नेपालीहरूको समस्यामा सहकार्य लगायतका विषयमा गहन छलफल भएको हो।
भेटघाटका क्रममा नेता शाहीले कोरियामा रहेका नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउनका लागि आवश्यक सहजीकरण, नेपाली नागरिकहरूको भिसा प्रक्रियामा सिउलस्थित कोरियन दूतावासबाट हुने जटिलताको समाधान, र नेपाली पर्यटन प्रवर्द्धनमा कोरियाको सहयोग लगायतका विषयमा सांसद ली समक्ष विशेष अनुरोध गरेका थिए।
सांसद Hon. Lee Yong-sun ले नेपाली समुदायको योगदा...
२१ श्रावण २०८२, मंगलवार ०८:४०२१ श्रावण २०८२, मंगलवार ०८:४०२१ श्रावण २०८२, मंगलवार ०८:४० by एलिनाNo Comments
बिशाल आवाज –पछिल्लो समय दक्षिण कोरियामा रोजगारी, अध्ययन वा व्यवसायका लागि बसोबास गरिरहेका नेपालीहरू पछिल्लो समय बैंक खाता खोल्नदेखि पैसाको कारोबारसम्ममा असहज स्थिति भोगिरहेका छन्। यसको प्रमुख कारण हो — नेपालको FATF ग्रे लिस्टमा परेको अवस्था।FATF (Financial Action Task Force) एक अन्तर्राष्ट्रिय संस्था हो, जसले मनी लाउन्डरिङ र आतंकवादको वित्तीय स्रोत नियन्त्रण गर्न नीति निर्माण गर्दछ। नेपाल सन् २०२४ मा ग्रे लिस्टमा परेपछि यसको असर विदेशमा रहेका लाखौं नेपालीहरूमा प्रत्यक्ष परेको छ।
विशेषगरी कोरियामा जहाँ बैंकहरूले अब नेपाली नागरिकहरूप्रति धेरै नै कडाइ गर्न थालेका छन्। खाता खोल्नका लागि सामान्य पासपोर्ट वा ID मात्र होइन, अब त तलब पर्ची, कामको कागजात, कर विवरणजस्ता धेरै प्रमाणहरू मागिन थालिएको छ। कतिपयले पैसा पठाउन खोज्दा ‘मूल देश उच्च जोखिममा परेको’ भन्दै रोकिने समस्या भोगेका छन्। कोही त यत...
२१ श्रावण २०८२, मंगलवार ०३:२७२१ श्रावण २०८२, मंगलवार ०३:२७२१ श्रावण २०८२, मंगलवार ०३:२७ by एलिनाNo Comments
बिशाल आवाज: कोरियामा रहेका नेपाली युवाहरूका लागि अब खेल र मनोरञ्जन मात्रै होइन, दिमागी कसरत गर्ने अवसर पनि आउने भएको छ। GKS Korea ले आगामी अगस्ट ३१ का दिन किम्हेमा प्रथम बुद्धिचाल (Chess) प्रतियोगिता गर्ने भएको छ।
“प्रवासमा नेपाली भाईचारा र बौद्धिक विकासमा पहल” भन्ने नारासहित अगस्ट ३१ का दिन 𝗚𝗞𝗦 𝗞𝗢𝗥𝗘𝗔 को आफ्नै सभाहलमा आयोजना गरिन लागेको यो प्रतियोगिता, नेपाली समुदायबीच बौद्धिक चेतना, मानसिक सन्तुलन र सकारात्मक सोच फैलाउने उद्देश्यले ल्याइएको आयोजकले बताएका छन्।
हाल कोरियामा बसोबास गरिरहेका नेपालीहरूबीच मानसिक तनावका कारण केही दुर्घटनात्मक घटनाहरू बढेको सन्दर्भमा, GKS ले फरक सोचसहित बौद्धिक खेलको माध्यमबाट समाधान खोज्ने प्रयास थालेको हो। पछिल्लो समय कोरियामा नेपालीहरूबीच मानसिक तनावका कारण बढिरहेका अप्रिय घटनाहरूप्रति गहिरो चिन्ता राख्दै, GKS ले यसपटक खेलभन्दा फरक तर गहिरो अर्थ बोके...
२१ श्रावण २०८२, मंगलवार ०१:५८२१ श्रावण २०८२, मंगलवार ०१:५८२१ श्रावण २०८२, मंगलवार ०१:५८ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज उत्साह र जोशले भरिपूर्ण रहनुहुनेछ। काममा नयाँ ऊर्जा आउनेछ। तर झन् रिस नियन्त्रणमा राख्न ध्यान दिनुहोला, विवाद नहोस्।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
परिवार र प्रेम सम्बन्धमा मिठास बढ्नेछ। साथीभाइसँग सहकार्यले फाइदा हुनेछ। स्वास्थ्यमा सजग रहनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यस्थलमा व्यस्तता बढ्नेछ। समय तालिका मिलाएर काम गर्नु पर्नेछ। नजिकका मानिससँग सहकार्य राम्रो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साँझको समयमा शान्ति र आराम लिनु उपयुक्त। पारिवारिक जिम्मेवारीमा मन दिनुहोस्। नयाँ योजना बनाउन सक्नुहुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धैर्य राख्नुहोला। केही विवाद वा असमझदारी हुन सक्छ। तर संयमले समस्या टार्न सकिन्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा सक्रि...
२० श्रावण २०८२, सोमबार १३:३५२० श्रावण २०८२, सोमबार १३:३५२० श्रावण २०८२, सोमबार १३:३५ by विशाल श्रेष्ठNo Comments
राप्ती क्षेत्रका नेपालीहरूद्वारा स्थापित राप्ती समाज दक्षिण कोरिया ले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसर पारेर यही अगष्ट १० तारिख सौलमा “राप्ती स्मारिका–२०८२” विमोचन कार्यक्रमको आयोजना गर्ने भएको छ। सउलस्थित दोङ्देमुनको नेपाल थाई रेष्टुरेन्ट को सभा हलमा दिउँसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रम दक्षिण कोरियामा रहनु भएका नेपाली समुदायका लागि विशेष अवसरका रूपमा हेरिएको छ।
संस्थाका अध्यक्ष अमृत केसी का अनुसार, प्रवासमा रहँदा पनि आफ्नो जरा र इतिहासप्रति गर्व गर्न सकियोस् भन्ने उद्देश्यले स्मारिका प्रकाशन गरिएको बताएका छन। संस्थाको विकासक्रम, गतिविधिहरू, र राप्ती क्षेत्रको गौरवमय विरासतलाई दस्तावेजिकरण गर्ने प्रयास स्वरूप स्मारिका तयार पारिएको उनले जानकारी दिए। स्मारिकामा प्रवासमा रहेका नेपालीहरूको योगदान, संस्थाको गतिविधि, राप्ती क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षहरू तथा विभिन्न सन...
२० श्रावण २०८२, सोमबार १०:४६२० श्रावण २०८२, सोमबार १०:४६२० श्रावण २०८२, सोमबार १०:४६ by विशाल श्रेष्ठNo Comments
सउल, दक्षिण कोरिया — बीपिन गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी, उद्यमी र समग्र समुदायको हक, अधिकार र समृद्धिको पक्षमा केन्द्रित ‘८ बुँदे कार्ययोजना’ सार्वजनिक गरेका छन्।
सामाजिक न्याय, सांस्कृतिक समृद्धि, लगानी प्रवर्द्धन र दीर्घकालीन सुरक्षालाई समेट्दै उनले सार्वजनिक गरेका कार्यक्रमहरू प्रवासी जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
🔷 मुख्य प्रतिबद्धताहरू यसप्रकार छन्:
१. श्रमिक–विद्यार्थी हेल्प डेस्क स्थापना
समस्या परेकालाई समन्वय, कानुनी सहयोग र सामाजिक परामर्श दिने ‘हेल्प डेस्क’ मार्फत पीडितको आवाज सम्बोधन गरिनेछ।
२. NRNA कप खेलकुद प्रतियोगिता
नेतृत्व विकास, सहकार्य र स्वास्थ्य सुदृढीकरणका लागि फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन लगायत खेल प्रतियोगिता आयोजना गरिनेछ।
३. हाइड्रोपावर लगानी सम्मे...
२० श्रावण २०८२, सोमबार ०९:४९२० श्रावण २०८२, सोमबार ०९:४९२० श्रावण २०८२, सोमबार ०९:४९ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आइतबारका दिन सुवन स्थित आजु युनिभर्सिटीको सुविधा सम्पन्न हलमा भव्य रूपमा सम्पन्न भयो। “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान — खेल, संस्कृति र सुशासन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताले परदेशी भूमिमा एकता, सहयोग र सद्भावको अद्वितीय उदाहरण प्रस्तुत गरेको छ ।
कोरियाको नेपाली भलिबलको ३० बर्षे लामो इतिहासमै पहिलोपटक ३६ टिमको कीर्तिमानी सहभागिता रहेको यस वर्षको स्याङ्जा कप विशेष बन्यो। बिहान ७ बजे शुरू भएर समयमै सम्पन्न कार्यक्रम, र खेलाडी, दर्शक, रेफ्री, आयोजकदेखि प्रायोजकसम्म सबैको जबरजस्त उपस्थितिले प्रतियोगितालाई साँच्चिकै ‘भलिबलको महाकुम्भ’ बनाएको थियो।
तीव्र प्रतिस्पर्धाबीच सुदूरपश्चिम समाज दक्षिण कोरियाले उपाधि उचाल्दै पहिलो स्थान हात पार्दा, ...