Advertisement
Advertisement

अन्तराष्ट्रिय

सियोलमा महाभियोगको निर्णय अघिको सुरक्षा सतर्कता: कोरियामा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह/ नेपाल राजदुतावास समेत बन्द हुने

सियोलमा महाभियोगको निर्णय अघिको सुरक्षा सतर्कता: कोरियामा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह/ नेपाल राजदुतावास समेत बन्द हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सियोल, अप्रिल २, २०२५ — सियोल महानगर सरकारले राष्ट्रपति युन सुक योलको महाभियोग सम्बन्धी संवैधानिक अदालतको निर्णय सार्वजनिक हुनुअघि कडा सुरक्षा सतर्कता अपनाएको छ। कोरियामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई यस सन्दर्भमा सावधानी अपनाउन र भिडभाड क्षेत्रबाट टाढा रहन विशेष आग्रह गरिन्छ । निर्णय यही शुक्रबार, अप्रिल ४, बिहान ११:०० बजे सार्वजनिक गरिने भएकाले सियोलको जोंगनो-गु र जुंग-गु जिल्लाहरूलाई ‘विशेष अपराध निवारण क्षेत्र’ घोषित गरिएको छ। अदालत वरपरको क्षेत्रको यातायातमा कडाइ गरिनेछ भने नजिकका दरबार, संग्रहालय, विद्यालयहरू अस्थायी रूपमा बन्द गरिनेछन्। त्यसैगरी, सबवे लाइन ३ अन्तर्गतको अङ्गुक स्टेशनको सेवा बन्द गरिनेछ र अन्य नजिकका सबवे स्टेशनहरू पनि स्थिति अनुसार बाइपास गरिन सक्ने सियोल महानगर सरकारले जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म सहरभरि भिडभाड, ट्राफिक र सम्भावित प्रदर्शन हुने भ...
तनहुँ समाज दक्षिण कोरियाले आन्तरिक वनभोज कार्यक्रम साथै १५ औँ अधिवेशन समारोह ‌गर्दै

तनहुँ समाज दक्षिण कोरियाले आन्तरिक वनभोज कार्यक्रम साथै १५ औँ अधिवेशन समारोह ‌गर्दै

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको सक्रिय संस्था तनहुँ समाज दक्षिण कोरियाले मे ३ र ४ तारिखका दिन सउलमा आन्तरिक वनभोज कार्यक्रम २०२५ साथै १५ औँ अधिवेशन समारोह एवं मौलिक कौडा नृत्य प्रस्तुति गर्ने भएको छ।  “आपसी मेलमिलाप, सद्भावना र सहभागिता आजको एकता नै प्रवासीको आवश्यकता” भन्ने नारासहित दक्षिण कोरियामा रहेको तनहुँ समाज दक्षिण कोरियाले 서울시 광복구 우이동 산 75번지 먹거리마을 मा आन्तरिक वनभोज कार्यक्रम २०२५ साथै १५ औँ अधिवेशन समारोह एवं मौलिक कौडा नृत्य प्रस्तुति गर्ने भएको छ।    विभिन्न नेपाली परिकार सँगै विविध सांस्कृतिक कार्यक्रम र आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको कार्यक्रममा सहभागिता जनाउनका पुरुषको लागि ७० हजार वन र महिलाको लागि ५० हजार वन र दक्षिण कोरिया प्रवेश गरेको छ महिनाभन्दा कम समय भएको विद्यार्थीहरूका लागि ३० हजार वन प्रवेश शुल्क तोकिएको छ।  बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा प...
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै 

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १३ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८२ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ।  सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १३ तारिख आइतबारका दिन दिउँसो ठिक १२ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो। दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने उक्त कार्यक्रमको सञ्चालन हेनरी नेपालले गनेछन्। यसैगरी कार्यक्रममा बसन्त जोशी, कमल बिरही थापा, कमलेश क्षेत्री, चन्द्र जोशी लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रमम...
कोरियाको महाभियोग संकट : लाभ युटुबरहरूलाई 

कोरियाको महाभियोग संकट : लाभ युटुबरहरूलाई 

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, समाचार
दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा मार्शल ल को घोषणा गरेपछि १०० दिनभन्दा बढी समयसम्म चलेको राजनीतिक संकटबाट राजनीतिक युट्युबरहरूले ठूलो मुनाफा कमाएका छन्। युट्युब एनालिटिक्स प्लेटफर्म Playboard का अनुसार, आइतबारसम्म @tubeshin नामक रूढ़िवादी (conservative) राजनीतिक च्यानल, जससँग १.६२ मिलियन सदस्य छन्, डिसेम्बरदेखि फेब्रुअरीसम्म करिब ३१० मिलियन वन (२,११,४७७ अमेरिकी डलर) कमाएर सुपर च्याट राजस्वमा कोरियाली युट्युब च्यानलहरूमअग्रस्थानमा रहेको छ। प्रगतिशील (progressive) टिप्पणीकार किम ओ-जुनद्वारा सञ्चालित वामपन्थी च्यानल @gyeomsonisnothing ले सोही अवधिमा करिब २४० मिलियन वन कमायो। रूढ़िवादी च्यानलहरू @groundc र @hongtv ले क्रमशः १४० मिलियन वन र १३० मिलियन वन आर्जन गरे। कोरियाली युट्युबरहरूले मासिक १०० मिलियन वनभन्दा बढी नगद चन्दा कमाउनु दुर्लभ भए पनि, प्रत्यक्ष प्रसार...
दक्षिण कोरियाली संसदले महाभियोग लगाएका कार्यबाहक राष्ट्रपतिलाई अदालतले गरिदियो पुनर्बहाली

दक्षिण कोरियाली संसदले महाभियोग लगाएका कार्यबाहक राष्ट्रपतिलाई अदालतले गरिदियो पुनर्बहाली

Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको संसदले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गराएको छ। राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यबाहक राष्ट्रपति बनेका थिए। सैनिक कु गर्ने असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यबाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो। त्यसमा तीन महिनापछि निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यबाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरे। ' बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँग...
“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा आयोजना गर्न लागेको “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष जीवन खतिवडाले बताएका छन्।   सौलको दोङ्देमुन स्थित सेमाउल उन्हेङको पाचौ तल्लाको हलमा मार्च २३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे आयोजना हुने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित कोरियास्थित आम नेपालीहरूको साझा विचारको वाहक “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम को सम्पूर्ण तयारी पूरा भएको हो। नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको  छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हालला...
आजको राशिफलः २०८१ फागुन २५ गते आइतबार

आजको राशिफलः २०८१ फागुन २५ गते आइतबार

अन्तराष्ट्रिय, जानकारी, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन शुभ भएकाले लाभ, मान–सम्मान, पढाइमा सफलता, पदोन्नतिको सम्भावना देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शुभ समयको आगमन भएको छ । धन लाभ, सुख–सन्तोष, पराक्रम, प्रसन्नता होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईंका लागि समय शुभ छ । अन्नलाभ, व्यापारिक सफलता, उपहार प्राप्त हुन सक्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यर्थमा धन र समयको खर्च, चोटपटकको भय, कार्य बाधा हुन सक्छ । सतर्क हुनुहोला । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उत्तम भोजन प्राप्ति, द्रव्य लाभ, पारिवारिक सुख, खाद्यान्न प्राप्ति हुने सम्भावना देखिन्छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दिन बलवान् छ । सुख–सन्तोष, रोगव्याधि हरण, स्वस्थताको अनुभूति, कार्य सिद्धि होला । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शुभ समय आएकाले राजनीतिक सफलता, राज्य–सुख, लाभदायक यात्राको स...
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई अदालतको फैसलापछि शनिबार हिरासतबाट रिहा गरेको छ। मार्शल ल लागू गर्ने गरेर विद्रोह भड्काएको आरोपमा पक्राउ गरिएको ५२ दिनपछि उनलाई शनिबार हिरासतबाट रिहा गरिएको हो । उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट युनलाई रिहा गरिएको एक दिनपछि सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनको गिरफ्तारी रद्द गर्न स्वीकार गरेको हो। हिरासत केन्द्रबाट निस्कँदा समर्थकहरू र सत्तारूढ पिपुल पावर पार्टीका सांसदहरूले जयजयकारमा आएका थिए।अभियोजक जनरल शिम वू-जुङले निलम्बित राष्ट्रपतिलाई रिहा गर्ने अदालतको फैसला स्वीकार गरेको केही समयपछि युनलाई रिहा गरिएको हो । उनको रिहाइसँगै, युन हिरासत बिना मुद्दा चलाउन सक्षम हुनेछन्।...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। भने अध्यक्षका आकांक्षी ४ जना रहेको विश्वस्त श्रोतबाट विशाल आवाजलाइ जानकारी प्राप्त भएको छ । प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिवेशनको हल दोङ्म्यो आफ स्टेसन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि (서울특별시 종로구 종로 진형 빌딩 386,10 층 मा रहेको छ। दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दोस्रो अधिवेशन नजिकिए सगै सस्थाको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संस्थाको नया...
पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौथो अधिवेशन तथा राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा

पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौथो अधिवेशन तथा राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाज दक्षिण कोरियाको फेब्रुअरी २३ तारिख आइतबार दोङ्देमुनमा हुने चौथो अधिवेशन तथा महामहिम राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मुल नारा लिएर स्थापित पूर्वी नेपाल समाज दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् फेब्रुअरी २३ तारिखका दिन दोङ्देमुन स्थित आफ्नै समाजको सभाहलमा आयोजना गर्ने चौथो अधिवेशन तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेको स्वागत तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव केदार निरौलाले जानकारी दिएका छन्। समाजका तत्कालीन अध्यक्ष गजेन्द्र शेर्मा विशेष कारणवश तत्काल कोरिया आउने परिस्थिति नभएपछि अधिवेशनका लागि बाटो खुला रहेको जनाउँदै आउँदो आइतबार चौथो अधिवेशन गर्न लागेको कार्यवाहक...