Advertisement
Advertisement

सियोलमा महाभियोगको निर्णय अघिको सुरक्षा सतर्कता: कोरियामा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह/ नेपाल राजदुतावास समेत बन्द हुने

Advertisement
Advertisement

सियोल, अप्रिल २, २०२५ — सियोल महानगर सरकारले राष्ट्रपति युन सुक योलको महाभियोग सम्बन्धी संवैधानिक अदालतको निर्णय सार्वजनिक हुनुअघि कडा सुरक्षा सतर्कता अपनाएको छ। कोरियामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई यस सन्दर्भमा सावधानी अपनाउन र भिडभाड क्षेत्रबाट टाढा रहन विशेष आग्रह गरिन्छ ।

निर्णय यही शुक्रबार, अप्रिल ४, बिहान ११:०० बजे सार्वजनिक गरिने भएकाले सियोलको जोंगनो-गु र जुंग-गु जिल्लाहरूलाई ‘विशेष अपराध निवारण क्षेत्र’ घोषित गरिएको छ। अदालत वरपरको क्षेत्रको यातायातमा कडाइ गरिनेछ भने नजिकका दरबार, संग्रहालय, विद्यालयहरू अस्थायी रूपमा बन्द गरिनेछन्।

त्यसैगरी, सबवे लाइन ३ अन्तर्गतको अङ्गुक स्टेशनको सेवा बन्द गरिनेछ र अन्य नजिकका सबवे स्टेशनहरू पनि स्थिति अनुसार बाइपास गरिन सक्ने सियोल महानगर सरकारले जनाएको छ।

शुक्रबारदेखि आइतबारसम्म सहरभरि भिडभाड, ट्राफिक र सम्भावित प्रदर्शन हुने भएकाले, सियोलमा बस्ने नेपालीहरूलाई जुलुस तथा भिड हुने क्षेत्रहरूबाट टाढा रहन सुझाव दिइएको छ।

सियोल सिटी हलले सहरमा बसोबास गरिरहेका विदेशी नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै, कुनै पनि समस्या वा असुविधा भएमा सिधा सम्पर्क गर्न निम्न माध्यमहरूको व्यवस्था गरेको छ:

📧 इमेल: hotline@sfrc.seoul.kr

📞 फोन: ०२-२२२९-४९०१

सियोल महानगर सरकारले सबै विदेशी नागरिकहरूलाई सुरक्षाको लागि पूर्ण सहकार्य गर्न आह्वान गर्दै धन्यवाद व्यक्त गरेको छ।

अप्रील ४ तारिख शुक्रवार नेपाली दूतावास बन्द हुने भएको छ। दूतवासले आज एक सूचना जारी गरेर उक्त विषय जानकारी गराएको हो।

कोरियाली राष्ट्रपति विरुद्धको महाभियोगको अन्तिम सुनुवाइ भएकोले राजधानी क्षेत्रमा यातायात अस्तव्यत हुने भएकोले साथै अन्य क्षेत्रमा असर गर्ने भएकोले दूतावास एकदिन बन्द गराउन कोरियाको सम्बन्धित निकायबाट अनुरोध आएको पत्रमा उल्लेख छ।

भोलीको लागि अपोइन्टमेन्ट लिनेहरुले अर्को हप्ता सोमबार देखि शुक्रबारसम्म जुनसुकै दिन आएर सेवा लिनसक्ने पनि सूचनामा जानकारी गराइएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×