Advertisement
Advertisement

दक्षिण कोरियाली संसदले महाभियोग लगाएका कार्यबाहक राष्ट्रपतिलाई अदालतले गरिदियो पुनर्बहाली

Advertisement
Advertisement

दक्षिण कोरियाको संसदले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गराएको छ।

राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यबाहक राष्ट्रपति बनेका थिए।

सैनिक कु गर्ने असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यबाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो।

त्यसमा तीन महिनापछि निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यबाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरे।

‘ बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँगै काम गर्नेछौं,’ उनले भने।

सोमबार संवैधानिक इजलासका ८ मध्ये पाँच जना न्यायाधीशहरूले महाभियोगको प्रस्ताव वैध भएको तर कार्यबाहक जिम्मेवारीमा रहेका हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका थिए।

दुई न्यायाधीहरूले भने संसदको दुई तिहाइले पास नगरेका कारण महाभियोग प्रस्ताव नै अवैध रहेको बताएको रोयटर्सको समाचारमा उल्लेख छ। एक जना न्यायाधीशले भने हानलाई महाभियोग लगाउनु पर्ने पक्षमा मत दिएका थिए।

बहुमत न्यायाधीशबाट महाभियोग प्रस्ताव अस्वीकृत भएपछि हानको कार्यबाहक राष्ट्रपतिको पद थमौती भएको हो।

गत डिसेम्बरमा राष्ट्रपति युनले मुलुकमा शैनिक शासन लागू भएको घोषणा गरेका थिए। यद्यपि उनको घोषणालाई केही घन्टामै दक्षिण कोरियाली संसदले उल्ट्याएको थियो।त्यसपछि संसदले उनीमाथि महाभियोग लगाएको थियो। दक्षिण कोरियामा संसदले महाभियोग लगाएपछि सो प्रस्तावमा संवैधानिक अदालतले १८० दिनभित्र फैसला गर्छ  

हान कार्यबाहक राष्ट्रपति बनेपछि संवैधानिक अदालतमा तीन जना न्यायाधीश नै थप नगरेको र संवैधानिक अदालतमा परीक्षण हुने बाटो रोकेको भनेर संसदले उनीमाथी नै महाभियोग लगाएको थियो।

युनमाथिको महाभियोगबारे अब केही दिनमा अदालतले निर्णय गर्ने पनि रोयटर्सले जनाएको छ। अदालतले युनको महाभियोग प्रस्तावको पक्षमा फैसला गरे दक्षिण कोरियाले त्यसको ६० दिनभित्र निर्वाचन गराउनुपर्नेछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×