मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन शुभ भएकाले लाभ, मान–सम्मान, पढाइमा सफलता, पदोन्नतिको सम्भावना देखिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
शुभ समयको आगमन भएको छ । धन लाभ, सुख–सन्तोष, पराक्रम, प्रसन्नता होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
तपाईंका लागि समय शुभ छ । अन्नलाभ, व्यापारिक सफलता, उपहार प्राप्त हुन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यर्थमा धन र समयको खर्च, चोटपटकको भय, कार्य बाधा हुन सक्छ । सतर्क हुनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
उत्तम भोजन प्राप्ति, द्रव्य लाभ, पारिवारिक सुख, खाद्यान्न प्राप्ति हुने सम्भावना देखिन्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिन बलवान् छ । सुख–सन्तोष, रोगव्याधि हरण, स्वस्थताको अनुभूति, कार्य सिद्धि होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शुभ समय आएकाले राजनीतिक सफलता, राज्य–सुख, लाभदायक यात्राको सम्भावना छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दिन अनुकूल छैन । रोगव्याधिको भय, आँटेको काम अधुरो, अनुपलब्धिमूलक खर्च हुन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन उत्तम छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि, समस्या समाधान हुन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय शुभ भएकाले लाभ, प्रतिस्पर्धीमाथि विजय, परीक्षा प्रतियोगितामा सफलता हुन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तपाईंका लागि दिन शुभ छ । काममा सफलता, स्वास्थ्य लाभ, खुशीको अनुभूति होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय शुभ देखिँदैन । पेटको समस्या, दिनचर्या अस्तव्यस्त, निरर्थक घुमफिर, विवाद हुन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।









