Advertisement
Advertisement

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै 

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १३ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८२ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ। 

सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १३ तारिख आइतबारका दिन दिउँसो ठिक १२ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो।

दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने उक्त कार्यक्रमको सञ्चालन हेनरी नेपालले गनेछन्। यसैगरी कार्यक्रममा बसन्त जोशी, कमल बिरही थापा, कमलेश क्षेत्री, चन्द्र जोशी लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रममा सुदूरपश्चिमका मौलिक परिकारहरू बटुक, चुकाउनि, सेल र खिरको स्वाद पनि लिन सकिने संस्थाका अध्यक्ष देवराज बडुले विशाल आवाजलाई जानकारी दिनुभएको छ।  

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो ‌ गर्दै आइरहेको छ। संस्थाले केही दिनअगाडि मात्रै कैलाली कञ्चनपुरस्थित छ वटा अनाथालयलाई कोरियन महान चाड छुसकको अवसर पारेर सम्पन्न सुदूरपश्चिम बुसान साङ्गीतिक धमाका २०२४ बाट आएको कुल बचतको ५५% रकम अर्थात् ७० लाख कोरियन वन बराबरको आर्थिक सहयोग गरेको छ।

“आपसी एकता, सामूहिक उत्तरदायित्व,सुदूरपश्चिम समाज कोरियाको स्थायित्व” नारा र सुदूरपश्चिमेलीको एकता हाम्रो चाहना विदेशी भूमिमा मौलिक परम्परा र संस्कृतिको जगेर्ना भन्ने मूल उद्देश्यका साथ किम्हेमा आयोजित सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८२ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रमलाइ सभ्य र भव्यका साथ सम्पन्न गर्नका लागि दक्षिण कोरियाबासी सम्पूर्ण नेपालीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×