विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले यही आउँदो नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा वार्षिक साधारण सभा गर्ने भएको छ।
"तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ।
नोभेम्बर १७ तारिख आइतबारका दिन आय...
२५ कार्तिक २०८१, आईतवार ११:१७२५ कार्तिक २०८१, आईतवार ११:१७२५ कार्तिक २०८१, आईतवार ११:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा आइतबारका दिन छल्लानाम्दोमा आयोजित प्रथम MCC CUP 2024 सम्पन्न भएको छ।
“सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल नाराका साथ स्थापित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा 전라남도 영암군 삼호읍 소등공원2길 4(영암소팡서 옆쪽) मा सम्पन्न भएको प्रथम MCC CUP 2024 को ट्रफी आयोजक मोक्पो क्रिकेट क्लबले नै चुम्न सफल भएको छ।
टस हारेर ब्याटिङ पाएको मोक्पो सि सि ले निर्धारित १० ओभर मा ८ विकेट गुमाउदै साम्हो सिसि लाइ ११७ रनको टार्गेट दिएको थियो। टस जितेको साम्हो सि सि ले आफ्नो निर्धारित १० ओबर मा ११७ रन लाइ पछाउदै १०८ रन लिएर आउदा ८ रनले पराजित भइ मोक्पो सि सि ले ट्रफी चुम्न सफल भएको हो। प्रतियोगितामा विजेता भएसँगै मोक्पो सि सि ले १५ लाख कोरियन वन सहित ट्रफी मेडल र प्र...
२५ कार्तिक २०८१, आईतवार १०:४६२५ कार्तिक २०८१, आईतवार १०:४६२५ कार्तिक २०८१, आईतवार १०:४६ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सान मा पनि नोवेम्बर १७ तारिख आइतबारका दिन उल्सानको अत्याधुनिक थिएटर Megabox मा प्रदर्शन हुने भएको छ।
नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सानमा पनि उल्सान नेपाली समाजले प्रदर्शन गर्न लागेको हो।
울산 중구 젊음의거리 73 Megabox मा नोवेम्बर १७ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
उल्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "प्रवासमा भाईचारा र सहयोगमा हाम्रो एकता हात...
२५ कार्तिक २०८१, आईतवार ०७:०३२५ कार्तिक २०८१, आईतवार ०७:०३२५ कार्तिक २०८१, आईतवार ०७:०३ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाबाट फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न अब ५ दिन साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ ।
यो योजना कार्तिक ३० गते अर्थात नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन मात्र बाकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ ।
यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको बिजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना बिजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।...
२३ कार्तिक २०८१, शुक्रबार ११:५२२३ कार्तिक २०८१, शुक्रबार ११:५२२३ कार्तिक २०८१, शुक्रबार ११:५२ by विशाल श्रेष्ठNo Comments
उदय राई अध्यक्ष प्रवाशी मजदुर युनियन (MTU )
अहिले नेपाल सरकार श्रम मन्त्रालयले E7 भिषा (दक्ष भिषा) मा नेपाली श्रमिक कोरियमा पठाउन पाउनकोलागि कोरियन सरकार (कानुन मन्त्रालय)लाई निजी क्षेत्रबाट (Man Power Agent) पठाउन पाउनकोलागि गर्न लागेको प्रस्ताबले नेपाली श्रमिकले एजेन्टलाई धेरै रकम बुझाउनु पर्ने ,छनोट प्रक्रिया पारदर्शी नहुने ठगिन सक्ने हुनाले (ठगीई पनि रहेको) बिरोढ गर्दै उक्त प्रस्ताब नगर्न र कोरियन सरकार कानुन मन्त्रालयको E 7 बिभिन्न देशबाट निजि क्षेत्र ( कम्पनी)लाई प्रवासी श्रमिक ल्याउनकोलागि अनुमति दिने कोरियन सरकारको कानुन मन्त्रालयको निर्णयको बिरोध गर्दै इपिएसको जस्तै छनोट प्रर्किया अपनाई (कोरियन भाषा परिक्षा)श्रमिक ल्याउन माग गर्दछौ ।
अहिले कोरियाको विभिन्न कम्पनिले E7 भिषामा दक्ष प्रवासी श्रमिक बिभिन्न देशबाट ल्याई काम लागाई रहेको छ. MTU ले कोरियाको कानुन मन्त्रालयले आफ्नो...
२१ कार्तिक २०८१, बुधबार १३:३८२१ कार्तिक २०८१, बुधबार १३:३८२१ कार्तिक २०८१, बुधबार १३:३८ by विशाल श्रेष्ठNo Comments
राजु श्री /कोरिया :सबै नेपाली हरुको ध्यान दशै तिहार जस्ता ठुला चाडबाडमा केन्द्रित हुदा बर्तमान सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गरेर ई–७ भिसामा म्यानपावर मार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् ।
यो ब्यबस्था ल्याए सगै निष्पक्ष रुपमा हुँदै आएको इपिएस प्रणाली लगभग धरापमा पर्ने निश्चित भएको छ । मेहनत गरेर भाषा पास गरेर कोरिया जाने धेरै नेपाली युबा बर्गको सपनामा तुषारापात आउने देखिदै छ । अब केही समय भित्रै भाषा पास गर्ने भन्दा दलाल लाई २०/२५ लाख रुपैया बुझाउन सक्ने हरु छिटो कोरिया भित्रिने सम्भबना बढेर गएको छ ।
अब कोरियाका ठुला तथा मझौला कम्पनी हरु ले सिधै म्यानपावर मार्फत आफुलाइ आबश्यक परेका नेपाली कामदार लैजान पाउनेछन् । त्यसो हुदा नेपाली युबाहरुले दलाल र बिचौलियाल...
२० कार्तिक २०८१, मंगलवार १३:१६२० कार्तिक २०८१, मंगलवार १३:१६२० कार्तिक २०८१, मंगलवार १३:१६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि आउँदो आइतबार नोभेम्बर १० तारिखका दिन खिम्पोमा हुने नुवाकोट समाज दक्षिण कोरियाको ११ औ साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
“सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित नुवाकोट समाज दक्षिण कोरियाले यही आउँदो नोभेम्बर १० तारिख आइतबारका दिन दिउसो १२ बजे खिम्पो स्थित खुरे यकमा रहेको नमस्ते एभरेस्ट रेस्टुरेन्टको सभाहलमा एघारौँ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम भव्यताका साथ आयोजना गर्दैछ।
नुवाकोट समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। समाजले ११औ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरी विभिन्न कालखण्डमा समाजलाई योगदान पुर्याउनु हुने सल्लाहकारहरूलाई सम्मान गर्नुको साथै विभ...
२० कार्तिक २०८१, मंगलवार १२:२९२० कार्तिक २०८१, मंगलवार १२:२९२० कार्तिक २०८१, मंगलवार १२:२९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा पनि भेटरानहरु लाई मध्यनजर गर्दै पोखरा युनाइटेड फुटबल क्लब दक्षिण कोरियाले नोभेम्बर १० तारिख का दिन “ पोखरा युनाइटेड भेटरान फुटसल टुर्नामेन्ट २०२४ ” आयोजना गर्ने भएको छ ।
३५ वर्ष उमेर नागेका हरू खेल्न पाउने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:२० लाख र १० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही ५०/५० हजार कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। नोभेम्बर १० तारिख आइतबारका दिन 금왕생활체육공원 मा हुने प्रतियोगितामा सहभागी हुन टीम दर्ता शुल्क ३ लाख वन PARIYAR DEEPAK को खातामा रहेको NH BANK को खाता नम्बर 3020725359141 मा ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने आयोजकले बताइएको छ।
पोखरा युनाइटेड एफसि द्वारा आयोजना गरिने उक्त प्रत...
२० कार्तिक २०८१, मंगलवार ११:१०२० कार्तिक २०८१, मंगलवार ११:१०२० कार्तिक २०८१, मंगलवार ११:१० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाले आफ्नो एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखका दिन सउलमा गर्ने भएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको दशौ कार्यसमिति, संरक्षक, सल्लाहकार सहित सुवनमा बसेको भौतिक बैठकबाट समाजको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिख आइतबारका दिन सउलमा ११ बजे गर्ने निर्णय गरेको हो।
११ औं अधिवेशनमा उम्मेदवारी दिन र अधिवेशन प्रतिनिधि बन्नका लागि समाजको आजीवन तथा साधारण सदस्य अनिवार्य रूपमा लिनुपर्ने भएकोले डिसेम्बर १ तारिख भित्रमा दक्षिण कोरियामा रहनुभएका बाग्लुङबासी दाजुभाई तथा दिदीबहिनीहरू सम्पूर्णमा समाजको सदस्यता लिनुहुनका लागि समाजले हार्दिक अनुरोध समेत ग...
१९ कार्तिक २०८१, सोमबार १२:४८१९ कार्तिक २०८१, सोमबार १२:४८१९ कार्तिक २०८१, सोमबार १२:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिक उत्सव आइतबारका दिन दोङ्देमुनमा भव्यताका साथ सम्पन्न गरेको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आइतबारका दिन सउलको दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो। नेपाली राजदूतावास दक्षिण कोरियाका द्वितीय सचिव सूर्य थापाको प्रमुख आतिथ्यतामा सम्पन्न १० औ वार्षिक उत्सव कार्यक्रममा MTU - Migrants' Trade Unionअध्यक्ष उदय राई, NRNA दक्षिण कोरियाको उपाध्यक्ष तारा पुन मगर, बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्ष बीपी पौडेल, जनजाति महासंघ अध्यक्ष बिसन राई, नेपाली सम्पर्क समिति कोरियाको वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट, नेपाल...