विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले यही आउँदो नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा वार्षिक साधारण सभा गर्ने भएको छ।
“तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ।

नोभेम्बर १७ तारिख आइतबारका दिन आयोजना हुने वार्षिक साधारण सभा,शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।









