पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाजद्वारा दोङ्देमुनमा एक कार्यक्रम गरि २०२५ को सलनालको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रमहरू को बाँडफाँड गरेको छ।
आइतबारका दिन दोङ्गेमुनस्थित पूर्वी नेपाल समाजको सभाहलमा पूर्वी नेपाल समाज दक्षिण कोरियामा आबद्ध जातीय तथा जिल्लाका संस्थाका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका संरक्षक प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू को उपस्थितिमा आयोजित कार्यक्रम बाँडफाँड बाट यही आउँदो सलनालको अवसरमा पूर्वी नेपाल समाज अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले सांगीतिक कार्यक्रम लगायत डान्स पार्टी गर्ने अनुमति पाएको छ।
पूर्वी नेपाल समाजका कार्यवाहक अध्यक्ष चित्र घलेको अध्यक्षतामा आयोजित कार्यक्रम बाँडफाँटबाट खोटाङ सेवा समाजले साङ्गीतिक कार्यक्रम गर्ने अनुमति पाउनुका साथै भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाज ले डान्स पार्टी आयोजना गर्ने अनुमति प...


