विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता" भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा सम्पन्न “2ND YANGSAN FUTSAL TOURNAMENT 2024” बेलबारी फुटबल क्लबले सुवन एनफसि लाइ ट्राइ बेकरमा पराजित गर्दै चुम्न सफल भएको छ।
प्रतियोगितामा विजेता टिम बेलबारी एफसि र उपविजेता टिम सुवन एनफसि लाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिएको थियो । यसैगरी अन्य विधातर्फ बेलबारी एफसि का खेलाडीद्दय सबिन बिडारि उत्कृष्ट खेलाडी तथा सोनम चाम्लिङ उत्कृष्ट गोलकिपर र सुवन एनफसि का खेलाडी सुवास जेआर र ग्रिन नेपाल एफसिका खेलाडी प्रयुस आलेले ८/८ गोल गरि प्रतियोगिता भरिकै धेरै गोल गरि हाइ गोल स्कोरर घोषणा भइ लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफ...
१९ चैत्र २०८०, सोमबार १०:३२१९ चैत्र २०८०, सोमबार १०:३२१९ चैत्र २०८०, सोमबार १०:३२ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले गत फेब्रुअरी ११ तारिखमा सलनालको अवसर पारेर सम्पन्न गरेको "सलनाल धमाका-२०२४" तथा "मौलिक लोक गायन प्रतियोगिता-२०२४" को आयव्यय दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा ३१ तारिखका दिन सार्वजनिक गरेको छ।
दक्षिण कोरियाको विभिन्न सामाजिक संघसंस्था, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता, पत्रकार लगायत साधारण सदस्यहरुलाई निमन्त्रणा गरी आयोजकले धन्यवाद ज्ञापन सम्मान तथा आयव्य सार्वजनिक कार्यक्रम सम्पन्न गरेको ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाका अध्यक्ष खिम छन्त्यालको सभापतित्वमा सचिव विशाल थापाले सन्चालन गरेको कार्यक्रममा ,उपाध्यक्ष मिलन थापाले स्वागत मन्तव्य साथै कोषाध्यक्ष सन्तोष बि सी ले आयव्यय प्रस्तुत गरेका थिए। विभिन्न शिर्षकमा २ करोड ८७ लाख १० हजार ९४६ वन आम्दानी भएकोमा १ करो...
१७ चैत्र २०८०, शनिबार ०२:३९१७ चैत्र २०८०, शनिबार ०२:३९१७ चैत्र २०८०, शनिबार ०२:३९ by विशाल श्रेष्ठNo Comments
त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।
मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।...
१६ चैत्र २०८०, शुक्रबार २१:३८१६ चैत्र २०८०, शुक्रबार २१:३८१६ चैत्र २०८०, शुक्रबार २१:३८ by विशाल श्रेष्ठNo Comments
कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने भएको छ।
यस अन्तर्गत पहिलो सेल्टर गिम्हेमा अप्रिल ३ बाट संचालन गर्ने भएको छ। GKS KOREA ले सेल्टर मात्र नभई विस्तारित सबै क्षेत्रमा आफ्नो कार्यलय राख्ने भएको छ। बुसान आसपास रहेको बिध्यार्थिहरू लाई पार्ट टाईममा काममा नियमित सहयोग गर्दै आएको यस कम्पनिले विस्तारित हुने सबै शाखाहरूमा यो सेवा पनि हुने जानकारि दिएको छ। भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै आएको यस संस्थाले परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल भएको छ।यसैबिच अप्रिल ३ तारिख बाट संचालनमा ल्याउन लागिएको सेल्टर बाट E9 भिषामा कार्यरत रहि काम छोड्न लाग्नुभएको र काम ...
१६ चैत्र २०८०, शुक्रबार ०७:१९१६ चैत्र २०८०, शुक्रबार ०७:१९१६ चैत्र २०८०, शुक्रबार ०७:१९ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।
आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् ।
फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्ज...
१५ चैत्र २०८०, बिहीबार १३:१२१५ चैत्र २०८०, बिहीबार १३:१२१५ चैत्र २०८०, बिहीबार १३:१२ by विशाल श्रेष्ठNo Comments
फिल्मप्रति दर्शकलाई आकर्षित गर्न गीत-संगीत जति महत्त्वपूर्ण मानिन्छ, संवादको पनि उस्तै ठूलो भूमिका हुन्छ । संवाद रुचाइँदा त्यसको फाइदा फिल्मको व्यापारमा परेको धेरै उदाहरण छन् । यसैले मेकरहरुले टिजर र ट्रेलरमा फिल्मभित्रका घतलाग्दा संवाद समावेश गर्ने गरेका छन् । यदि संवाद बोलीचालीको छ र त्यसलाई रोचक शैलीमा भनिएको छ भने त्यो बढी रुचाइने गरिएको छ ।
फिल्मको संवादमा विशेष ध्यान दिने निर्देशकहरुमा रामबाबु गुरुङ अग्रसूचीमा पर्छन् । चाहे ‘कबड्डी’का श्रृंखला होस् या ‘फूलबारी’, संवादमा उनको राम्रो दख्खल देखिन्छ । उनका फिल्मको विशेषता भनेकै रोचक संवाद र चोटिला पञ्चलाइन हुन् । उनको आगामी फिल्म ‘डिग्री माइला’को ट्रेलरमा पनि त्यो छनक छ । ट्रेलरमा समावेश केही संवादहरुले फिल्मप्रति नै दर्शकको ध्यान खिचेको छ ।
१. स्तर मिल्दैन के भाइ हो, बुझन् । तेरो आँगनमा आएर मेसीले फुटबल खेल्ला त ?
२. मैले चाहेँ...
१५ चैत्र २०८०, बिहीबार १२:४९१५ चैत्र २०८०, बिहीबार १२:४९१५ चैत्र २०८०, बिहीबार १२:४९ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।
‘उम्मेदवारका ५ जना आकांक्षीले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने, ‘मिलन लिम्बू रास्वपाबाट उम्मेदवार बन्नु भएको छ।’
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घो...
१५ चैत्र २०८०, बिहीबार १०:५६१५ चैत्र २०८०, बिहीबार १०:५६१५ चैत्र २०८०, बिहीबार १०:५६ by विशाल श्रेष्ठNo Comments
गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा उच्च अंक जोडेको छ । तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम राखेको छ । सोमबारबाट कामकाजी दिन सुरु हुँदा व्यापारमा केही गिरावट आए पनि प्राप्त शोजमा अकुपेन्सी राम्रो छ । पहिलो हप्तामा फिल्मको कमाई ६ करोड पुग्ने अनुमान छ ।
यस्तैमा, देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले ‘महाजात्रा’लाई सुपरहिट घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने फिल्मलाई ‘सुपरहिट’ भनेर उल्लेख गरिएको छ । सम्भवतः पहिलोपटक यो हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को ट्याग दिएको हो । क्यूएफएक्स चेनमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्ने देखिन्छ ।
क्यूएफएक्सबाट नेपाली निर्माताहरुले राम्रो सेयर पाउँदै आएका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता सिरिजले यही हलबाट ...
१५ चैत्र २०८०, बिहीबार १०:२७१५ चैत्र २०८०, बिहीबार १०:२७१५ चैत्र २०८०, बिहीबार १०:२७ by विशाल श्रेष्ठNo Comments
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको बिसौँ कार्यसमितिले अध्ययन, अध्यापन तथा अनुसन्धानका क्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्धभाव तथा आत्मीयतालाई थप प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्येश्यका साथ आउँदो अप्रिल ६ र ७ गतेका दिन विभिन्न खेलकुद, सांस्कृतिक साँझ र भेट्घाट तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ।
दक्षिण कोरियाको छुङछङ्नाम-दो, आसान-सिमा अवस्थित सनमुन विश्वविद्यालयको प्राविधिक सहयोगमा हुन लागेको उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सोनसिकले सम्पूर्ण तयारीहरु पूरा भइसकेको जानकारी गराएको छ। सोनसिकले हालै मात्र शुरू गरेको "विद्यार्थीसँग सोनसिक" अभियानको औपचारिक शुरूवात अब हुने खेलकुद महोत्सवकै बेला गर्ने योजना बनाएको सोनसिकले विद्यार्थी तथा शैक्षिक क्षेत्रसंग आबद्ध सम्पूर्ण नेपालीहरुका शैक्षिक, सामाजिक, सांस्कृतिक, बाैद्धिक तथा अन्य विभिन्न आयमहरुसग...
१५ चैत्र २०८०, बिहीबार ०९:२४१५ चैत्र २०८०, बिहीबार ०९:२४१५ चैत्र २०८०, बिहीबार ०९:२४ by विशाल श्रेष्ठNo Comments
अधिकांश सिनेमा मेकरले भन्दै आएको एउटै कुरामा सहमत हुने हो भने सिनेमा भनेको इन्टरटेनमेन्ट (मनोरञ्जन) नै हो । सिनेमाको पहिलो धर्म इन्टरटेन्मेन्ट हो । सूचना, सन्देश, चेतना लगायत विषय वा मुद्दा तपसिलका कुरा हुन् । अथवा मनोरञ्जनसँगै यस बाहेकका अन्य कुरा आए सुनमा सुगन्ध, होइन मनोरञ्जन मात्रै छ भने पनि ठिकै छ । त्यो सिनेमालाई दर्शकले मन पराउनु पर्यो ।हलमा गएर हेरिदिनु पर्यो ।त्यही नै राम्रो सिनेमा हो ।
यस्तै सिनेमा मध्यको एक हो, ‘महाजात्रा’।जुन सिनेमा हेर्न अहिले देशभरका सिनेमा घरमा दर्शकको महाजात्रा नै लागिरहेको छ ।
सुरुमा लागौँ सिनेमा ‘महाजात्रा’को कथातर्फ ।सामान्य व्यक्तिलाई आकस्मिक रूपमा करोडौँ रुपैयाँ पैसा व्यवस्थापन गर भनेर कसैले परिबन्धमा पार्यो भने उसको हालत के हुन्छ ? एकारित आर्थिक अभाव, अर्कोतिर पारिवारिक दवाब । एकातिर सामाजिक प्रतिष्ठा अर्कोतर्फ ज्यान नै धरापमा परिरहेको...