Advertisement
Advertisement

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले खेलकुद महोत्सव र भेट्घाट तथा अभिनन्दन कार्यक्रम संगै चलचित्र “महाजात्रा” पनि प्रदर्शन गर्ने

Advertisement
Advertisement

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको बिसौँ कार्यसमितिले अध्ययन, अध्यापन तथा अनुसन्धानका क्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्धभाव तथा आत्मीयतालाई थप प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्येश्यका साथ आउँदो अप्रिल ६ र ७ गतेका दिन विभिन्न खेलकुद, सांस्कृतिक साँझ र भेट्घाट तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ।

दक्षिण कोरियाको छुङछङ्नाम-दो, आसान-सिमा अवस्थित सनमुन विश्वविद्यालयको प्राविधिक सहयोगमा हुन लागेको उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सोनसिकले सम्पूर्ण तयारीहरु पूरा भइसकेको जानकारी गराएको छ। सोनसिकले हालै मात्र शुरू गरेको “विद्यार्थीसँग सोनसिक” अभियानको औपचारिक शुरूवात अब हुने खेलकुद महोत्सवकै बेला गर्ने योजना बनाएको सोनसिकले विद्यार्थी तथा शैक्षिक क्षेत्रसंग आबद्ध सम्पूर्ण नेपालीहरुका शैक्षिक, सामाजिक, सांस्कृतिक, बाैद्धिक तथा अन्य विभिन्न आयमहरुसग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सम्पूर्ण बिषयबस्तुहरुलाई सम्बोधन गर्दै विद्यार्थीहरुको हकहित र सर्वव्यापी भलाइका लागि आफूलाई हरदम प्रयासरत राख्दै अगाडि बढिरहेको छ ।

यस कार्यक्रममार्फत सम्पूर्ण विद्यार्थीहरू अझै एकजुट हुँदै सम्पूर्ण शैक्षिक अवस्थालाई थप उचाइमा पुर्याउन सकिने दृढ विश्वास लिएको छ। अन्तरविद्यार्थीस्तरीय खेलकुद अन्तर्गत फुटसल, भलिबल, ब्याडमिन्टन तथा दौड प्रतियोगिताको आयोजना गरेको सोनसिकले विजेता तथा उपविजेतालाई आकर्षक नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित सम्मान गर्नेछ भने नेपाली मौलिक कला तथा संस्कृतिलाई जगेर्ना गर्दै विश्वसमुदायमाझ प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्येश्यका साथ “नेपाली सांस्कृतिक साँझ” को विशेष तयारी रहेको संस्थाका कार्यसमिति अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिनुभयो।

गरीब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगका खातिर हरेक वर्ष विभिन्न कार्यक्रम तथा अभियानहरू चलाउँदै आइरहेको सोनसिकले “विद्यार्थी सहायता कोष” निर्माणका लागि विशाल आवाज मल्टिमिडिया प्रा. लि. सँगको सहकार्यमा नेपाली कथानक चलचित्र “महजात्रा” पनि प्रस्तुत गर्न लागेको छ।
नेपाली विद्यार्थी समुदायबीच सुमधुर सम्बन्ध कायम राख्दै आउने दिनहरुमा अझै धेरै मजबूत बनाउँदै लग्ने साथै संस्थालाई यहाँसम्म पुर्याउन विभिन्न परिस्थितिमा सहयोग गर्दै आउनुभएका सम्पूर्ण अग्रजहरुलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन तथा अभिनन्दन गर्ने हेतुका साथ “MEET AND GREET” कार्यक्रमको पनि आयोजना गरेको छ ।

दुई दिनसम्म भ्यव्यतका साथ सम्पन्न हुन लागिरहेको यस कार्यक्रममा कोरियास्थित अध्ययनका क्रममा रहेका सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले भाग लिन पाउने छन्। कार्यक्रममा सहभागी हुनको लागि र प्रतिष्पर्धामा भाग लिनका लागि रजिस्ट्रेशन खुला गरिएको छ ।

साथै थप जानकारीको लागि निम्नानुसार संपर्क गर्न सकिने संस्थाले जनाएको छ।

Amir Khadka Jung (Program Coordinator): 01058398907
Ms. Srijana Thapa (Program Sub-coordinator): 01040186934
Sundar Baruwal (Sports Sub-committee Advisor): 01021305682
Kumar Shrestha (VP-Region-1): 01028837667
Sourav Chandra (VP-Region-3): 01021229743
Lila Rana Magar (VP-Region-4): 01025239802
Narayan Sah Sonar (Secretary): 01058543744

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×