Advertisement
Advertisement

‘डिग्री माइला’का ५ रोचक संवाद : ‘आजकाल अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ’

Advertisement
Advertisement

फिल्मप्रति दर्शकलाई आकर्षित गर्न गीत-संगीत जति महत्त्वपूर्ण मानिन्छ, संवादको पनि उस्तै ठूलो भूमिका हुन्छ । संवाद रुचाइँदा त्यसको फाइदा फिल्मको व्यापारमा परेको धेरै उदाहरण छन् । यसैले मेकरहरुले टिजर र ट्रेलरमा फिल्मभित्रका घतलाग्दा संवाद समावेश गर्ने गरेका छन् । यदि संवाद बोलीचालीको छ र त्यसलाई रोचक शैलीमा भनिएको छ भने त्यो बढी रुचाइने गरिएको छ ।

फिल्मको संवादमा विशेष ध्यान दिने निर्देशकहरुमा रामबाबु गुरुङ अग्रसूचीमा पर्छन् । चाहे ‘कबड्डी’का श्रृंखला होस् या ‘फूलबारी’, संवादमा उनको राम्रो दख्खल देखिन्छ । उनका फिल्मको विशेषता भनेकै रोचक संवाद र चोटिला पञ्चलाइन हुन् । उनको आगामी फिल्म ‘डिग्री माइला’को ट्रेलरमा पनि त्यो छनक छ । ट्रेलरमा समावेश केही संवादहरुले फिल्मप्रति नै दर्शकको ध्यान खिचेको छ ।

१. स्तर मिल्दैन के भाइ हो, बुझन् । तेरो आँगनमा आएर मेसीले फुटबल खेल्ला त ?

२. मैले चाहेँ भने दुई घण्टाभित्र हेलिकप्टर-सेना झरेर गाउँ नै हरियो बनाइदिन्छु ।

३. सहरमा मिस नेपालहरु म जस्तो ह्यान्डसम र ट्यालेन्ट केटा नपाएर कुमारी बस्या छन् ।

४.  आजकाल अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु ।

५. तिमीहरु कुँवामा बस्ने भ्यागुतालाई म उडेको जस्तै त लाग्छ नि । समुन्द्र देख्नेलाई पो थाहा हुन्छ, पानीजहाज कत्रो हुन्छ भनेर ।

यी संवादहरु जति रोचक सुनिन्छन्, त्यत्तिकै सरल र सहज पनि छन् । यसैले दर्शकहरुको जिब्रोमा झुण्डिन थालेको छ । फिल्मको व्यापारमा यसको प्रभाव देखिन सक्ने आँकलन गरिएको छ । युट्युबमा ट्रेलर सार्वजनिक भएसँगै प्रतिक्रिया पनि अब्बल मिलेको छ । युट्युब रिलिजको ६ दिनमा १० लाख बढी भ्यूज पाइसकेको ट्रेलरको कमेन्टमा धेरैले फिल्म ‘ब्लकबस्टर’ हुने दाबी गरेका छन् ।

यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक लगायतको अभिनय छ भने ऋचा शर्मा विशेष भूमिकामा छिन् । २०६९ र २०७१ सालमा गरी दुईपटक मञ्चन गरिएको ‘डिग्री माइला’ नाटकमा आधारित भएर फिल्म बनेको हो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×