Advertisement
Advertisement

‘महाजात्रा’ : हसाउँदै सन्देश दिने मनोरञ्जनको फूल डोज पहिलो हाफले मनोरञ्जन दिन्छ भने दोस्रो हाफले समसामयिक राजनीतिक वेथितिको चित्रण गर्दै व्यंग्यसहितको मनोरञ्जन प्रदान गर्छ ।

Advertisement
Advertisement

 

अधिकांश सिनेमा मेकरले भन्दै आएको एउटै कुरामा सहमत हुने हो भने सिनेमा भनेको इन्टरटेनमेन्ट (मनोरञ्जन) नै हो । सिनेमाको पहिलो धर्म इन्टरटेन्मेन्ट हो । सूचना, सन्देश, चेतना लगायत विषय वा मुद्दा तपसिलका कुरा हुन् । अथवा मनोरञ्जनसँगै यस बाहेकका अन्य कुरा आए सुनमा सुगन्ध, होइन मनोरञ्जन मात्रै छ भने पनि ठिकै छ । त्यो सिनेमालाई दर्शकले मन पराउनु पर्यो ।हलमा गएर हेरिदिनु पर्यो ।त्यही नै राम्रो सिनेमा हो ।

यस्तै सिनेमा मध्यको एक हो, ‘महाजात्रा’।जुन सिनेमा हेर्न अहिले देशभरका सिनेमा घरमा दर्शकको महाजात्रा नै लागिरहेको छ ।

सुरुमा लागौँ सिनेमा ‘महाजात्रा’को कथातर्फ ।सामान्य व्यक्तिलाई आकस्मिक रूपमा करोडौँ रुपैयाँ पैसा व्यवस्थापन गर भनेर कसैले परिबन्धमा पार्यो भने उसको हालत के हुन्छ ? एकारित आर्थिक अभाव, अर्कोतिर पारिवारिक दवाब । एकातिर सामाजिक प्रतिष्ठा अर्कोतर्फ ज्यान नै धरापमा परिरहेको अवस्था ।

यही कथाको वरिपरि सिनेमा र सिनेमा पात्रहरू डुल्छन् । यही कथाको वरिपरि घरिसिनेमा पात्रमा खुसीको दियो बल्छ, घरि निरासाको दियो निभ्न खोज्छ ।

जीवन उज्ज्यालिने आशामा जागिर गर्न पुगेका सिनेमा मुख्य तीन पात्र फणिन्द्र, जोयश र मुन्ना अर्थात् क्रमशः विपीन कार्की, रवीन्द्र सिंहबानियाँ र रवीन्द्र झा त्यतिबेला तरबारको धारमा उभिएको महसुस गर्छन् जब उनीहरुलाई जागिर र रिसर्च (अनुसन्धान)का नाममा दुईनम्बरी धन्दा गर्ने कसैले फसाएको छ ।

कलो धन कसको हो उनीहरूलाई थाहा हुँदैन । तर लुकाइदिनुपर्ने दाबाब उनीहरूलाई हुन्छ ।यही कथा भन्छन्, निर्देशक तथा लेखक प्रदीप भट्टराई ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रामा’ ।

पहिलो हाफमा सिनेमाले अमुक व्यक्ति र ठाउँबाट पैसा लुकाउन दिने दबाब र त्यसको चपेटामा परेका मुख्य पात्रको कथा भन्छ ।दर्शकलाई हसाउँछ । फुल कमेडीले भरपुर मनोरञ्जन दिन्छ । समय बितेको पत्तै हुँदैन ।

सिनेमाको दोस्रो हाफमा पैसाको रहस्य खुल्दै जान्छ ।लेखक तथा निर्देशकले गोदाममै राख्ने पैसा कसको हो ?खुलाउँदै जान्छन्।रहस्य खुल्दै जाँदाबल्ल दर्शकले थाहा पाउँछन्।

अहिलेको नेपाली समाज र राजनीतिको कथा निर्देशकले भन्न थाल्छन् ।पैसाको बलमा राजनीति गर्ने, चुनाव जित्ने, मन्त्री हुँदै प्रधानमन्त्री बन्ने नेपाली राजनीतिको वास्तविक कथा भन्छन् ।

कालो धन थुपारेर त्यसलाई लुकाउने नेता सधैँ आफू अनुकूल वातावरण बनाउन सक्षम हुन्छन् ?निर्दोष नागरिक सधैँ नेताको जालझेलमा परिरहन्छन् अथवा उन्मिुक्ति पाउँछन् ? यही नै सिनेमाले भन्ने कथा हो।

पहिलो हाफले मनोरञ्जन दिन्छ भने दोस्रो हाफले समसामयिक राजनीतिक वेथितिको चित्रण गर्दै व्यंग्यसहितको मनोरञ्जन प्रदान गर्छ।

विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत ‘जात्रा’ सिरिजका कलाकार हुन् । उनीहरूको अभिनय अब्बल छ ।

यो पटक सिरिजमा जोडिएका हरिवंश आचार्य, दिव्य देब पनि सिनेमाका नयाँ आकर्षण हुन् ।उनीहरूको अभिनय अब्बल छ।दर्शकको ध्यान खिच्छ ।

नेपालमा मात्रै होइन छिमेकी बलिउड होस् वा परको हलिउड अहिले माहोल सिक्वेलको छ ।सिक्वेल बनाउने होडबाजी नै छ ।तर धेरै जसो सिनेमाका सिक्वेल दशर्कले मन पराएको पाइँदैन ।कारण जति सिक्वेल तन्किँदै जान्छ ।ती त्यति नै कमजोर पनि हुँदै जान्छन्।तर प्रदीप भट्टराईले भने ‘जात्रा’को ब्रान्डलाई बचाइरहेका छन् । त्यसैले उनले दर्शकको माया पाइरहेका छन् ।प्राविधिक पक्षमा उनले समय दिएको भए सायद उनको यो सिरिज परिस्कृत समेत हुनेथियो ।

सिनेमामा मनोरञ्जनसँगै केही सन्देश पनि हुनुपर्छ भन्ने मान्यताको जगमा बसेर उनले सिनेमाको कथा भन्दै गएका छन् । समाजको जल्दोबल्दो कथामार्फत् समाजलाई व्यंग्य गर्दे पेट मिचिमिचि हसाउँन सक्नु उनको विशेषता हो, जुन उनले यो सिनेमामा गरेका छन् ।

‘महाजात्रा’ रिलिजभन्दा अगाडिको एक पत्रकार सम्मेलनमा हरिवंश आचार्यले भनेका थिए ।‘माहाजात्रा’का हरेक सिनमा क्लाइमेक्स छ। जुन सिनेमामा हुनुपर्छ । जुन सिनेमाको हरेक सिनेमा क्लाइमेक्स हुन्छ, त्यो सिनेमा हिट हुन्छ । दर्शकले मन पराउनु हुन्छ । उनले उक्तभनाइ सिनेमाले प्रमाणित गरिदिएको छ । सिनेमामा क्लाइमेक्स मात्रै होइन, पञ्चलाइन पनि छ ।

तर अनावश्यक ठाउँमा असान्दर्भिक पञ्चलाइन होइन, ठिक्क समयमा ट्वाक्क आउने कमेडी नै ‘महाजात्रा’को विशेषता हो । यही नैदर्शक हास्नुको कारण हो । दर्शकले सिनेमा मन पराउनुको कारण हो ।

सबैलाई सबै सिनेमा मनपर्छ भन्ने छैन । व्यक्ति अनुसारको रुचि फरक फरक हुन्छ । जुन आफैँमा स्वभाविक पनि हो । तर पछिल्लो समय नेपाली दर्शकको को रुचि भने प्रायः कमेडी सिनेमामा देखिने गरेको छ ।अहिले कमेडी र डार्क कमेडी जनराका सिनेमामा दर्शककोआकर्षण देखिन्छ । जुन ‘जात्रा’ सिरिज, ‘कबड्डी’ र ‘छक्का पञ्जा’ सिरिजको कमाइले पुष्टि गर्छ ।

केमडी सिनेमा मन पर्छ भने ‘महाजात्रा’ तपाईंले हेर्ने सिनेमा हो । कथा भन्दै हसाउने यो सिनेमा कमेडी मन पराउने दर्शकले हलमा गएरहेर्ने सिनेमा हो । सिनेमा अवधिभर सबै कुरा बिर्सिएर रमाइलो प्रदान गर्ने सिनेमा हो, ‘महाजात्रा’ ।

चोटिलो कथा भन्दै दर्शकलाई मजाले हसाउन सक्नु ‘महजात्रा’को सबल पक्ष हो । निर्देशक प्रदीप भट्टराईको खुवी हो ।जात्रा’ सिरिज मन पराउने दर्शकलाई ‘महाजात्रा’ ले निराश बनाउँदैन ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×