विशाल श्रेष्ठ/दक्षिण कोरिया: “स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता” भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा सम्पन्न “2ND YANGSAN FUTSAL TOURNAMENT 2024” बेलबारी फुटबल क्लबले सुवन एनफसि लाइ ट्राइ बेकरमा पराजित गर्दै चुम्न सफल भएको छ।

प्रतियोगितामा विजेता टिम बेलबारी एफसि र उपविजेता टिम सुवन एनफसि लाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिएको थियो । यसैगरी अन्य विधातर्फ बेलबारी एफसि का खेलाडीद्दय सबिन बिडारि उत्कृष्ट खेलाडी तथा सोनम चाम्लिङ उत्कृष्ट गोलकिपर र सुवन एनफसि का खेलाडी सुवास जेआर र ग्रिन नेपाल एफसिका खेलाडी प्रयुस आलेले ८/८ गोल गरि प्रतियोगिता भरिकै धेरै गोल गरि हाइ गोल स्कोरर घोषणा भइ लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए।

नेपाल फुटबल महासङ्घ दक्षिण कोरिया को अनुमतिमा याङ्सान नेपाली परिवार सँगको सहकार्यमा याङ्सान फुटबल क्लब द्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा दक्षिण कोरियामा रहेका ३२ फुटबल क्लबहरुको उत्साहजनक उपस्थित रहेको थियो।









