Advertisement
Advertisement

Breaking News

एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा, उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्दै

एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा, उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:एनआरएनए दक्षिण कोरियाको आयोजनामा  अप्रिल ६ तारिख आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा भएको छ भने उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्नेछन्। दक्षिण  कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयमा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको सम्पुर्ण तयारी भएको हो भने प्रतियोगितामा आयोजक सहित २० टिम ट्रफिका लागि भिड्नेछन्। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २०  लाख कोरियन वोन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले  १ लाख वन प्रमाण पत्र प्राप्त गर्नेछ भने  उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेर...
परोपकार सेवा समिति पटकाङद्वारा मृगौला पीडित रोमलाललाई रु. ७ लाख सहयोग रकम हस्तान्तरण

परोपकार सेवा समिति पटकाङद्वारा मृगौला पीडित रोमलाललाई रु. ७ लाख सहयोग रकम हस्तान्तरण

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ७ मुलीबास स्थायी रुपमा बसोबास गर्दै आउनुहुने वर्ष ३३ का रोमलाल थापालाई विगत केही महिना अगाडि Universal College of Medical Science Hospital भैरहवाले दुवै मृगौला फेल भएको पुष्टि गरेको थियो। विवाहित रोमलाल को परिवारमा श्रीमती,वृद्ध आमा र २ बच्चा रहेका छन। घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र परिवार उनकै कमाइमा आश्रित रहेकाले उनको स्वास्थ्य समस्या पश्चात सिङ्गो परिवार नै पीडामा छटपटाईरहेको थियो। "सहयोगी भावना सबैलाई मान,एकता र सद्भाव हाम्रो पहिचान" भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै रोमलालको उपचारको लागि पटकाङ - कोरिया प्रवासी मञ्चको विशेष सक्रियता र परोपकार सेवा समिति पटकाङको संयोजनकारी भूमिकामा रोमलाल थापा बचाऔं अभियान शुभारम्भ गरी देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइहरू समक्ष आर्थिक सहयोग सङ्कन गर्न आह्वान गरिएको थियो। करिब १ महिना सम्म ...
स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको पाँचौ अधिवेशन अप्रिल २० मा हुने

स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको पाँचौ अधिवेशन अप्रिल २० मा हुने

Breaking News, जानकारी, भर्खरै
  बोम्जन गुरुङ:"स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको पाँचौ अधिवेशन यही यही अप्रिल २० तारिक किम्हे स्थित न्यू लिटिल इण्डिया रेष्टुरेन्टको हलमा हुने भएको छ । चौथो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए । स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सन् १९९७ मा स्थापित स्याङ्जा परिवारको पहिलो शाखाको रुपमा विस्तार भएको यस शाखा संस्था सन् २०१६ मा स्थापित भएको हो । उक्त पाँ...
उरी बैंकले अब विदेशीहरूलाई पनि रोजगारीको लागी सहयोग गर्ने 

उरी बैंकले अब विदेशीहरूलाई पनि रोजगारीको लागी सहयोग गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
उरी बैंकले दक्षिण कोरियाको प्रमुख रोजगार खोज प्लेटफर्म 'जब कोरिया' सँग व्यापार सम्झौता गरेको छ। जसको उद्देश्य कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूलाई रोजगार खोज्न सहयोग गर्नु हो। बैंकका अनुसार, यस वर्षको पहिलो अर्धबीर्षीकी देखि कोरियामा रोजगारी खोजिरहेका विदेशी नागरिकहरूले उरी बैंकको विदेशी ग्राहकहरूका लागि विशेष प्लेटफर्म Woori WON Global मार्फत द्वारा प्रदान गरिने रोजगारी सूची र भ्याकेन्सी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्। उक्त मोबाइल बैंकिङ सेवा विदेशी ग्राहकहरूलाई १७ भाषामा खाता जानकारी, रकम स्थानान्तरण, अन्तर्राष्ट्रिय रेमिट्यान्सजस्ता वित्तीय सेवाहरू सहज रूपमा उपलब्ध गराउनुका साथै प्रस्थान परिपक्वता बीमा सेवासहित दैनिक जीवनका अन्य आवश्यक सेवाहरू प्रदान गर्न डिजाइन गरिएको छ।...
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै 

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १३ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८२ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ।  सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १३ तारिख आइतबारका दिन दिउँसो ठिक १२ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो। दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने उक्त कार्यक्रमको सञ्चालन हेनरी नेपालले गनेछन्। यसैगरी कार्यक्रममा बसन्त जोशी, कमल बिरही थापा, कमलेश क्षेत्री, चन्द्र जोशी लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रमम...
कोरियाको प्रवास संगठनमै जनप्रगतिशील मञ्च पहिलो जर्नल निकाल्न सफल, प्रकाशन गर्यो ‌“कोरिया सन्देश” नामक जर्नल

कोरियाको प्रवास संगठनमै जनप्रगतिशील मञ्च पहिलो जर्नल निकाल्न सफल, प्रकाशन गर्यो ‌“कोरिया सन्देश” नामक जर्नल

Breaking News, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज: नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्दै प्रवास संगठनमै नेपाली जनप्रगतिशील मञ्च पहिलो जर्नल निकाल्न सफल भएको छ। समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरूद्वारा वैधानिक विप्रेषण प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमै लगानी मैत्री वातावरण भन्ने मूल नाराका साथ दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा संगठनले कोरिया सन्देश नामक जर्नल आइतबारका दिन विमोचन गरेको हो।   संगठनका अध्यक्ष जीवन खतिवडाको सभाध्यक्ष तथा संगठनका सचिव चरित्र शाहीले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए दक्षिण कोरिया लगायत, एनसिसी , विभिन्न राजनीतिक दलका प्रवास संगठन, दक्षिण कोरियामा रहेका रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रह...
कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

Breaking News, जानकारी, भर्खरै
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ। यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।...
कोरियाको महाभियोग संकट : लाभ युटुबरहरूलाई 

कोरियाको महाभियोग संकट : लाभ युटुबरहरूलाई 

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, समाचार
दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा मार्शल ल को घोषणा गरेपछि १०० दिनभन्दा बढी समयसम्म चलेको राजनीतिक संकटबाट राजनीतिक युट्युबरहरूले ठूलो मुनाफा कमाएका छन्। युट्युब एनालिटिक्स प्लेटफर्म Playboard का अनुसार, आइतबारसम्म @tubeshin नामक रूढ़िवादी (conservative) राजनीतिक च्यानल, जससँग १.६२ मिलियन सदस्य छन्, डिसेम्बरदेखि फेब्रुअरीसम्म करिब ३१० मिलियन वन (२,११,४७७ अमेरिकी डलर) कमाएर सुपर च्याट राजस्वमा कोरियाली युट्युब च्यानलहरूमअग्रस्थानमा रहेको छ। प्रगतिशील (progressive) टिप्पणीकार किम ओ-जुनद्वारा सञ्चालित वामपन्थी च्यानल @gyeomsonisnothing ले सोही अवधिमा करिब २४० मिलियन वन कमायो। रूढ़िवादी च्यानलहरू @groundc र @hongtv ले क्रमशः १४० मिलियन वन र १३० मिलियन वन आर्जन गरे। कोरियाली युट्युबरहरूले मासिक १०० मिलियन वनभन्दा बढी नगद चन्दा कमाउनु दुर्लभ भए पनि, प्रत्यक्ष प्रसार...
तमू धीं थेगु शाखाको चौथो अधिवेशनबाट मदन गुरुङ नेतृत्वको कार्यसमिति चयन 

तमू धीं थेगु शाखाको चौथो अधिवेशनबाट मदन गुरुङ नेतृत्वको कार्यसमिति चयन 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । थेगु सहर स्थितको एक कार्यक्रम हलमा सम्पन्न सो अधिवेशनबाट मदन गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको चौथो कार्यसमिति गठन भएको हो ।  संस्थाको उपाध्यक्ष लिला गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाको अध्यक्ष मनी गुरुङको अध्यक्षता, तमू धीं दक्षिण कोरिया केन्द्रकी अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरुमा केन्द्रीय वरिष्ठ सल्लाहकार खोम प्रसाद गुरुङ र सल्लाहकार विजय गुरुङ, तमू धीं थेगु शाखाका पूर्वाध्यक्ष हर्क गुरुङ तथा अतिथिहरुमा आयोजक संस्थाका सल्लाहकार बाबुराम र गुमान गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष गीतासिंह गुरुङ, तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष दुर्गा गुरुङ र सदस्य रेशम गु...
“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

“कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा आयोजना गर्न लागेको “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष जीवन खतिवडाले बताएका छन्।   सौलको दोङ्देमुन स्थित सेमाउल उन्हेङको पाचौ तल्लाको हलमा मार्च २३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे आयोजना हुने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित कोरियास्थित आम नेपालीहरूको साझा विचारको वाहक “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम को सम्पूर्ण तयारी पूरा भएको हो। नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको  छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हालला...