Advertisement
Advertisement

कोरियाको प्रवास संगठनमै जनप्रगतिशील मञ्च पहिलो जर्नल निकाल्न सफल, प्रकाशन गर्यो ‌“कोरिया सन्देश” नामक जर्नल

Advertisement
Advertisement

 

विशाल आवाज: नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्दै प्रवास संगठनमै नेपाली जनप्रगतिशील मञ्च पहिलो जर्नल निकाल्न सफल भएको छ।

समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरूद्वारा वैधानिक विप्रेषण प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमै लगानी मैत्री वातावरण भन्ने मूल नाराका साथ दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा संगठनले कोरिया सन्देश नामक जर्नल आइतबारका दिन विमोचन गरेको हो।

 

संगठनका अध्यक्ष जीवन खतिवडाको सभाध्यक्ष तथा संगठनका सचिव चरित्र शाहीले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए दक्षिण कोरिया लगायत, एनसिसी , विभिन्न राजनीतिक दलका प्रवास संगठन, दक्षिण कोरियामा रहेका रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले कार्यक्रमको उद्घाटन गर्नुहुँदै कोरिया सन्देश नामक जर्नलको विमोचन गर्नुभएको थियो। उक्त जर्नलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको शुभकामना सन्देशसँगै दक्षिण कोरियामा रहेका विभिन्न राजनीतिक दलका प्रवास संगठन का अध्यक्षहरूको समेत शुभकामना सन्देश रहेको छ।

विभिन्न १८ बिषयको ५८ पेज लामो जर्नलमा विप्रेसन आप्रवाहको सन्दर्भ, प्रवासमा राजनीतिक किन र नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको आगामी कार्य योजना के छ , एनआरएनए दक्षिण कोरियाको आवश्यकता र महत्व का साथै व्यस्त दैनिकीमा स्वास्थ्यमा ध्यान कसरी दिने लगायत कोरियन सरकारले लागू गरेको इ 7 भिसा प्रणाली के हो?,दक्षिण कोरियामा नेपाली विद्यार्थीको सङ्घर्ष र दृढता, राप्तीको संगम, कोरियामा अवैधानिक आप्रवासी श्रमिक र तिनका चुनौतीहरू गरि ८ वटा लेखहरू समावेश गरिएको छ। यसैगरी जर्नलमा संगठनको सउल,किम्हे ,फेन्थेक,खिम्पो गरी चार क्षेत्रीय कमिटीको कार्यसमितिको तस्बिर राखिएको छ भने संगठनको छैठौ राष्ट्रिय अधिवेशन र अधिवेशन पश्चात धन्यवाद ज्ञापन तथा पत्रकार सम्मेलन र ऐतिहासिक लुम्बिनीको तस्बिर अनि छैठौँ राष्ट्रिय अधिवेशन पश्चात ऐतिहासिक प्रथम पूर्ण बैठकको तस्बिर समेत समावेश गरिएको छ। यति मात्र नभएर जर्नलमा सिओल मेट्रो म्याप,दक्षिण कोरिया स्थित नेपाली संघसंस्था तथा संगठनहरूको ३२-५७‌ पेज लामो नै लिस्ट समेत राखिएको छ जस्मा प्रत्येक संघसंस्थाका अध्यक्ष र महासचिवको नाम सहित तस्बिर र दक्षिण कोरियामा रहेका नेपाली मिडिया र मिडिया सञ्चालक ‌हरूको समेत विवरण उल्लेख गरिएको छ। जर्नलको अन्तिम ५८ पेजमा नेपाली जनप्रगितिशिल अनुशासन विभागको प्रतिनिधिहरूको तस्बिर राखिएको छ।


कोरियाको प्रवास संगठनमै जनप्रगतिशील मञ्च पहिलो जर्नल निकाल्न सफल भएकोमा अधिकांश वक्ताहरूले खुलेरै प्रशंसा समेत गरेका थिए भने कतिपय वक्ताले भने यस पुस्तकलाई जर्नल भन्न नमिल्ने समेत भनेर कमेन्ट गरेका‌ थिए। ५८ पेज लामो पुस्तकमा लेख मुस्किलले आठवटा मात्रै भएको सस्थाको गतिबिधी कृयाकलाप भावी योजना कम शुभकामना सन्देश ज्यादा,लेख रचना कम फोटो ज्यादा, बिचार बिमर्श जानकारी कम बिज्ञापन ज्यादा भएको हलमा उपस्थित व्यक्तिहरूले गुनासो गरेका थिए। भलै संगठनको पहिलो प्रयास भएको हुँदा कमीकमजोरी भएको हुनसक्छ आगामी दिनमा यस्ता कुरा हरु सुधारेर दोस्रो अङ्कमा अझै राम्रो गरेर आउनेमा पाठक वर्गहरू आशावादी रहेको बुझिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×