बोम्जन गुरुङ:“स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको पाँचौ अधिवेशन यही यही अप्रिल २० तारिक किम्हे स्थित न्यू लिटिल इण्डिया रेष्टुरेन्टको हलमा हुने भएको छ ।
चौथो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए ।

स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सन् १९९७ मा स्थापित स्याङ्जा परिवारको पहिलो शाखाको रुपमा विस्तार भएको यस शाखा संस्था सन् २०१६ मा स्थापित भएको हो ।
उक्त पाँचौ अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई स्याङ्जा परिवार बुसान/किम्हे शाखाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२५ अप्रिल २०, आइतबार
समय : दिनको ठिक १२:०० बजे
स्थान : न्यू लिटिल इण्डिया रेष्टुरेन्टको हल, किम्हे








