विशाल आवाज:आइसिसी यू-१९ विश्वकप क्रिकेट अफगानिस्तान विरुद्ध नेपालको खेलमा नेपालका लागि पाँच विकेट लिएर आजको प्लेयर अफ दि म्याच हुन सफल खेलाडि आकाश चन्दलाइ दक्षिण कोरिया वाट रविन रिजाल र अमृत चौधरीले रु तिस हजार दिने भएको छ।
नेपाल शुक्निरबारको निर्णायक खेलमा अफगानिस्तान विरुद्ध १ विकेटको जित निकाल्दै नेपाल यू-१९ विश्वकप क्रीकेटको दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गरेको छ। म्याचमा आकाश चन्दको उत्कृष्ट खेल हेरेर दक्षिण कोरिया वाट सानै भएपनि आफुहरुले खेलाडीको हौसला स्वरूप सकेको साथ सहयोग गरेको रविन रिजालले वताएका छन्।
नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह 'डी'बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ...
१२ माघ २०८०, शुक्रबार ११:१३१२ माघ २०८०, शुक्रबार ११:१३१२ माघ २०८०, शुक्रबार ११:१३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘छनान फेन्थेक’क्षेत्रीय तेश्रो अधिबेशन फेब्रुअरी ४ आइतबार का दिन फेन्थेक स्थित माउन्ट फिस्टेल रेस्टुरेन्टमा दिउसो ११ बजे हुने भएको छ।
दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य २ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसकेको छ। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया केन्द्र लगायत सवै शाखा हरुले कोरियामा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित अघि वढिरहेको।
फेब्रुअरी ४ तारिखमा हुन गैरहेको नेपाली जनप्रगतिशिल मन्च (छनान फेन्थेक) तेस्रो क्षेत्रीय अधिवेशनमा प्रगतिशील बिचार र आस्था भएको जनयुद्द र माओवादिको इतिहासलाई सम्मान गर्ने सुभेच्छुक , ...
१२ माघ २०८०, शुक्रबार १०:३११२ माघ २०८०, शुक्रबार १०:३११२ माघ २०८०, शुक्रबार १०:३१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिखका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने भएको छ।
“सामाजिक रुपान्तरणको लागि हातेमालो अभियान” मुल नारा लिएर सन् २०१५ मा कोरियामा रहेका ओखलढुंगाका बासीहरू हरु मिलेर स्थापना भएको ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन तथा दशौ साधारण सभा फेब्रुअरी ९ तारिख शुक्रवारका दिन दिउसो १२ बजे कामना रेष्टुरेन्ट ओसानमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका ओखलढुंगा बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतवि...
१२ माघ २०८०, शुक्रबार ०९:२५१२ माघ २०८०, शुक्रबार ०९:२५१२ माघ २०८०, शुक्रबार ०९:२५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा फेब्रुअरी ११ तारिख "जेजुमा नेपाली पुस्तकालय स्थापनार्थ" माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजुको को आयोजनामा गायक प्रकाश दुतराजको साथमा "जेजु साङ्गितिक साझ २०२४" हुने भएको छ।
कोरियन पर्व सलनालको तेश्रो दिन ११ तारिक बेलुकी ८ बजे बाट माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजु को हलमा हुने कार्यक्रममा नेपाल बाट आमन्त्रित ख्यातिप्राप्त लोक गायक तथा सर्जक प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने छ। यता कोरियाको सहरहरु सऊल र बुसानमा धेरै कार्यक्रम हरु भइरहदा जेजु मा भने यती लामो बिदामा पनि तामाङ घेदुङ जेजु साखाको मात्र एउटा कार्यक्रम भएको हुँदा ल्होसार कार्यक्रम लाई असर नपर्ने गरी जेजु बासी लाई पनि सलनालको बिदामा मनोरन्जन दिलाउनु का साथै नेपाली पुस्तकालय स्थापनार्थ जस्तो पवित्र सामाजिक कार्यमा सरिक गराउन कार्यक्रम आयोजना गरेको माउण्ट एभरेष्ट रेष्टुरेन्ट जेजुका प्रोपाइ...
११ माघ २०८०, बिहीबार ११:५६११ माघ २०८०, बिहीबार ११:५६११ माघ २०८०, बिहीबार ११:५६ by विशाल श्रेष्ठNo Comments
प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली मुक्तकको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले कोरियन नयाँवर्ष सलनालको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।
सलनालको दोश्रो दिन अर्थात् फेब्रुअरी १० शनिबार कोरियाको राजधानी शहर सौलको तोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा कार्यक्रम गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु जीवन खत्री, दिपा मेवाहाङ र विजयता भण्डारीका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु सरोज सर्वहारा, राज विसर्जन र डिएनके कुँवरले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय सुशिल अर्याल, प्रचण्ड सापकोटा र विवेक रिजालका चोटीला मुक्तकहरुले कार्यक्रमको रौनकता थप उचाइमा लानुका साथै उक्त दिन प्रेम, राजनिति, सामाजिक सँस्कार ...
११ माघ २०८०, बिहीबार ०७:०५११ माघ २०८०, बिहीबार ०७:०५११ माघ २०८०, बिहीबार ०७:०५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा मा “महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” सेवा इन्टरटेन्मेन्ट दक्षिण कोरिया द्धारा फेब्रुअरी १० तारिख राति किम्हेमा आयोजना हुने सलनाल डान्स पार्टी को सम्पूर्ण तयारी पुरा भएको छ।
दक्षिण कोरियाको बुसानमा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर स्थापित किरात राई यायोक्खा दक्षिण कोरिया बुसान साखाको सहकार्यमा सेवा इन्टरटेन्मेन्टले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै यस्तै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हे स्थित 김해시 거야로 202 (태평포시즌 101) मा हुने कार्यक्रममा 𝐃𝐉 𝐒𝐁𝐃,𝐃𝐉 𝐂 𝐦𝐚𝐧 को साथ साथै गायक हेमन्त गुरुङ,अर्जुन सुब्बा,डान्सर तथा गायिका झुना गुरुङ,र्यापर प्रकाश गिरिको प्रस्तुती रहनेछ ।
"महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” आयोजना गरिएको सलनाल डान्स पार्टी को सम्पु...
१० माघ २०८०, बुधबार ११:५२१० माघ २०८०, बुधबार ११:५२१० माघ २०८०, बुधबार ११:५२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ।
“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलोपटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो। नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा मिसेस नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा डान्सर सीता सुवेदी र मोडेल तथा गायीका...
१० माघ २०८०, बुधबार १०:४२१० माघ २०८०, बुधबार १०:४२१० माघ २०८०, बुधबार १०:४२ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” मा नेपाल बाट आउने अतिथी कलाकार हरु सबैको भिसा एप्रुभ भएको छ
प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” मा नेपाल बाट आमन्त्रित चर्चीत कलाकार राजेश पायल, प्रकाश दुतराज, बसन्त थापा,शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका सात जना सम्पूर्ण कलाकार हरुको भिसा समयमै लागेको हो। यस अघी कोरियामा हुने बिभिन्न कार्यक्रमहरुको पोस्टरमा कलाकार हरुको तस्बिर हाल्ने तर अन्तिममा कलाकारको भिसा समयमै नलागेर कार्यक्रमनै क्यान्सिल हुने लगायत कलाक...
९ माघ २०८०, मंगलवार १३:२४९ माघ २०८०, मंगलवार १३:२४९ माघ २०८०, मंगलवार १३:२४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाल तामाङ खेदुङ बेथानचोक गाउँ कार्यसमिति ले आउँदो सोनाम ल्होछारको अवसरमा बेथानचोक ५ च्याल्टिमा माघ २३ गते बिहान ११ बजेदेखि ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
“भाषा धर्म संस्कृति जोगाब लाइ, ह्याङ्ला ल्होछार छर्ना लाइ” भन्ने मूल नाराको साथ मन्जुश्री संवत २८६० सोनाम ल्होछार डुक ल्हो(मु-पुख्री) सर्प वर्ग को शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूद्वारा बृहत सांस्कृतिक कार्यक्रम हुन लागिएको हो। बागमती प्रदेशको खानेपानी,उर्जा तथा सिँचाई मन्त्री माननीय तीर्थ बहादुर लामा प्रमुख अतिथिको रुपमा उपस्थित हुने कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष मोहन गोले तामाङ लगायतका विशिष्ट अतिथि आउने आयोजकले जनाएको छ।
राष्ट्रिय कलाकारहरु बुद्दी तामाङ(हैट), वरिष्ठ सेलो गायिका इन्दिरा गोले गुरुङ,जितु लोप्चन, गायक प्रेम...
९ माघ २०८०, मंगलवार १२:३१९ माघ २०८०, मंगलवार १२:३१९ माघ २०८०, मंगलवार १२:३१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” बारेमा हालसम्मको कार्यक्रम तयारी बारे जानकारी दिन यहि आइतबार २८ तारिख सउलमा पत्रकार सम्मेलन हुने भएको छ।
प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को पत्रकार सम्मेलन दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा जनवरी २८ तारिख आइतबार का दिन हुने भएको हो।दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारी हाल तिब्र गतिमा बढीरहेको छ।
चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतरा...