Advertisement
Advertisement

Breaking News

‘डीएसपी हुँ’ भनेर चालकलाई धम्क्याउने पुरुष छलफलपछि रिहा

‘डीएसपी हुँ’ भनेर चालकलाई धम्क्याउने पुरुष छलफलपछि रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गराएको छ । प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो । शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का चालकलाई अश्लील गालीगलौज गरेका हुन् । कुलेश्वर बस्दै आएका अंकित गुप्तालाई श्रेष्ठले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । ति अधिकृत भन्छन्–‘छलफलपछि उहाँहरु मिलापत्र गरेर जानुभएको छ ।’ प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ । घटनाबारे जानकार प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्,‘उहाँ प्रहरी होइन ।’  via:ratipa...
ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  भोलिदेखि सुरु हुने कोरियाली भाषा परीक्षा (ईपीएस) को सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा भोलिदेखि चैत २४ सम्म हुँदै छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् । ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरुले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् । एक लाख ६३ हजारभन्दा धेरैले भा...
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  केशब पोखरेल/दक्षिण कोरिया:अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ। “प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो। विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन् २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ। यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका...
कोरियामा बाटो बिराएकाहरु !! 

कोरियामा बाटो बिराएकाहरु !! 

Breaking News, जानकारी, भर्खरै
यो विदेश पनि बढो अचम्मको कसैका सपना पूरा भए कसैका सपना यतै कतै हराए कोहि आफ्ना उद्देश्यमा इमानदारीताका साथ लागिरहेका छन् ,कोहि उद्देश्य बाट विचलित भैसके।कसैले उद्देश्य मारे,कसैले स्वास्थ्य मारे कसैले जीवन नै मारीसके ,कोहि सफल भएर स्वदेश फर्किसके कोहि परदेशमै संघर्षरत छन् कोहि परदेशमै भासिसके,सपनाहरु पूरा गर्ने रेसमा अरुको देशमा आफु का छुटे पत्तै नपाउनेहरुका कथा लेख्दै छु आज। थुप्रै बाध्यता र विवसताले विदेशका बाटा तय गरेकाहरु कसरी खरानीका बाटोमा मोडिए तिनिहरुका कथा लेख्दै छु आज!! सापटी मागे, सापटी रकम फिर्ता नपाउँदाको पिडा केही दिन अगाडि एकजना व्यक्तिले सामाजिक सञ्जाल फेसवुकमा एउटा पोस्ट गरेका थिए “एकजना व्यक्तिको नाम, ठेगाना,फोटो सहित राखेर उसले एक महिनाको लागि लिएको रकम एक बर्ष हुदा पनि नदिएको र अहिले सम्पर्कविहिन भएको उहाँलाई देख्नुहुने , भेट्नु हुने महानुभावले मलाई सम्पर्क गरि...
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने । 

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने । 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै
केशब पोखरेल/दक्षिण कोरिया:अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ। “प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो। विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन् २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ। यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिब...
परदेशी -कल्पना श्रेष्ठ  दक्षिण कोरिया

परदेशी -कल्पना श्रेष्ठ दक्षिण कोरिया

Breaking News, जानकारी, भर्खरै, लेख
साहुको आदेश र साशनमा चल्नेहरु परिवार र देशको यादमा जल्नेहरु भोकमा खान नपाएर ग्यास्टिक पाल्नेहरु आँसु लुकाइ मुस्कानका तस्बिर हाल्नेहरु आँखा मिच्दै मिच्दै काममा धाउनेहरु पसिनाको थोपा सग माया लाउनेहरु तलब कहिले आउछ भन्दै दिन गन्नेहरु आफन्तको नजरमा सधै ठुला बन्नेहरु परिवार भेटन आतुर आतुर हुनेहरू मुटु गाठो पारी एक्लै एक्लै रुनेहरु यस्तै भोगाइ भोग्छ जो यी तमाम परदेशी हो । कल्पना श्रेष्ठ दक्षिण कोरिया...
कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिखमा

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिखमा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज/दक्षिण कोरिया: कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने भएको छ। “कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान” भन्ने मुल नारा लिएर कोरियामा रहेका कर्णाली प्रदेशका बासीहरू हरु मिलेर स्थापना भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिख आइतबार का दिन बिहान ११:०० बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका कर्णाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्...
बुसानमा पनि ल्होछार भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

बुसानमा पनि ल्होछार भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
नेपाल तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाद्वारा फ्रेबुअरी ११ तारिखमा लुम्बिनी रेष्टुरेण्ट सभा हल, खिमेमा मञ्जुश्री संवत् २८६० डुक(मु पुख्री) ल्हो गरूड वर्ग सोनाम ल्होछारको अवसरमा सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम-२०२४ उल्लासमयका साथ मनाएको छ। सउल नेपाल गुम्बाको लामा गुरुहरु बाट पुजापाठ गरि सुरु भएको कार्यक्रममा पुजापाठ सके पश्चात लामा गुरुले ल्होछारको बारेमा जानकारी मुलक विषयवस्तुको बारेमा बोल्नु भएको थियो। ल्होछार मनाउने विधि, धार्मिक पक्ष, ऐतिहासिक पृष्ठभूमिको बारेमा प्रष्ट पारेको थियो। नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको अध्यक्ष राजकुमार स्याङतान प्रमुख आतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङसाङ बुसान शाखाको अध्यक्ष सोम योन्जन तामाङले गरेको थियो। औपचारिक कार्यक्रमलाई संस्थाको महासचिव नेत्र वाइबाले सञ्चालन गरेको थियो। वर...
सुवनमा साथीभाइ भेटघाट गर्न अब “भेटघाट रेष्टुरेन्ट”

सुवनमा साथीभाइ भेटघाट गर्न अब “भेटघाट रेष्टुरेन्ट”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:कोरियाको प्रख्यात शहर सुवनमा कोरियन  नयाँ वर्षको अवसर पारी साथीभाइहरूलाई भेट्ने उचित गन्तव्यको लागि नयाँ नेपाली रेष्टुरेन्ट “भेटघाट रेष्टुरेन्ट” आरम्भ भएको छ। सुवन स्टेशनको १० नम्बर गेट बाहिर बाट ३० सेकेन्ड सिधा अगाडी AK प्लाजाको बिपरितमा रहेको पहिलेको हिमालयन गार्डेन रेष्टुरेन्ट भएको ठाउमा नयाँ  नेपाली रेष्टुरेन्ट “भेटघाट रेष्टुरेन्ट”संचालनमा आएको हो । खासगरी  कोरियाको सबै ठाउमा रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक नारायण पौडेलले बताउनुभयो।  पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् । अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि मार्चको पहिलो हप्तातिर गर्ने  संचालक ले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन सुवन वरपर र ...
शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” भब्यताका साथ सम्पन्न

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” भब्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा आयोजित “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। २१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम लाइ सभ्य र भव्यताका साथ सफल पार्न नेपाली दुतवास दक्षिण कोरियाका श्रम काउन्सिलर श्री चन्द्रकला ओलि,पुर्व सुचना तथा सन्चार मन्त्री एवं १ नम्बर प्रदेशको पुर्व मुख्य मन्त्री मानवीय शेरधन राई,मिस मङ्गाेल २०१८ का बिजेता श्री जाङ्मु ईन शेर्पा ,MTU काेरिया का अध्यक्ष श्री उदय राईका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगै शेर्पा लगायत गैर शेर्पाहरुको बाक्लो उपस्थिती रहेको थियो।   “शेर्पा समुदायको मौलिक भाषा, धर्म ...