Advertisement
Advertisement

बुसानमा पनि ल्होछार भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाद्वारा फ्रेबुअरी ११ तारिखमा लुम्बिनी रेष्टुरेण्ट सभा हल, खिमेमा मञ्जुश्री संवत् २८६० डुक(मु पुख्री) ल्हो गरूड वर्ग सोनाम ल्होछारको अवसरमा सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम-२०२४ उल्लासमयका साथ मनाएको छ।

सउल नेपाल गुम्बाको लामा गुरुहरु बाट पुजापाठ गरि सुरु भएको कार्यक्रममा पुजापाठ सके पश्चात लामा गुरुले ल्होछारको बारेमा जानकारी मुलक विषयवस्तुको बारेमा बोल्नु भएको थियो। ल्होछार मनाउने विधि, धार्मिक पक्ष, ऐतिहासिक पृष्ठभूमिको बारेमा प्रष्ट पारेको थियो।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको अध्यक्ष राजकुमार स्याङतान प्रमुख आतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङसाङ बुसान शाखाको अध्यक्ष सोम योन्जन तामाङले गरेको थियो। औपचारिक कार्यक्रमलाई संस्थाको महासचिव नेत्र वाइबाले सञ्चालन गरेको थियो। वरिष्ठ उपाध्यक्ष धनजित वाइबाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अतिथिहरूमा आदिवासी जनजाति महासंघ बुसान शाखाको अध्यक्ष परि गुरुङ, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वरिष्ठ सल्लाहकार रण ब्लोन तामाङ, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको निवर्तमान अध्यक्ष रवि योन्जन तामाङ, नेपाल तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाको संरक्षक स्नेहा तामाङ, हान्वा ओसन तामाङ समाज गजेदोको अध्यक्ष अनिल मोक्तान, तमु धीं ख्यङसाङनाम्दो बुसान शाखाको अध्यक्ष गिता सिंह गुरुङ, कि.या.चु. बुसान शाखाको अध्यक्ष संजोग कंदवा, किरात राई यायोक्खा बुसान शाखाको अध्यक्ष हेमन्त खिम्बुले राई,नेपाल मगर संघ बुसान शाखाको अध्यक्ष दिल मगर, एनआरएनए ख्यङसाङको अध्यक्ष सुबोध भण्डारी,  लगायत विभिन्न जातिय क्षेत्रिय संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू उपस्थित रहेको थियो। अतिथिहरूको शुभकामना मन्तव्य सके पश्चात कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहेको सोम योन्जन तामाङले औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेको थियो। औपचारिक कार्यक्रम सके पछि प्रसाद स्वरूप तामाङहरुको मौलिक परिकार बाबरी, खाप्से लगायतका परिकारहरु वितरण गरिएको थियो।

सांस्कृतिक कार्यक्रमको सञ्चालन भने चित्र लामा ब्लोन र सोभा तामाङले गरेको थियो। सांस्कृतिक कार्यक्रममा गायकहरु आशिष मोक्तान, छेटुप मोक्तान,भावना योन्जन, चन्द्र थिङ तामाङ, पेम्बा लामा, इश्वर तामाङले आफ्नो सांगीतिक प्रस्तुती द्वारा ल्होछार मनाउन आएको दर्शक श्रोता हरूलाई नचाएको थियो। त्यसै गरि तामाङ सेलो गीतमा शर्मिला तामाङ, विनोद घिसिङ, जुलिफा तामाङ, सोभा तामाङ, प्रित गोङ्बा र प्रिति लामाको नृत्य प्रस्तुती रहेको थियो।

परदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी भएर अमुल्य समय प्रदान गरेकोमा नेपाल तामाङ घेदुङ ख्यङसान बुसान शाखाको अध्यक्ष सोम योञ्जन तामाङले कार्यक्रममा उपस्थित जनाउनु भएको सम्पुर्णलाई आभार तथा धन्यवाद व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×