बुसानमा पनि ल्होछार भब्यताका साथ सम्पन्न फोटो फिचर सहित
नेपाल तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाद्वारा फ्रेबुअरी ११ तारिखमा लुम्बिनी रेष्टुरेण्ट सभा हल, खिमेमा मञ्जुश्री संवत् २८६० डुक(मु पुख्री) ल्हो गरूड वर्ग सोनाम ल्होछारको अवसरमा सांस्कृतिक तथा शुभकामना आदान-प्रदान कार्यक्रम-२०२४ उल्लासमयका साथ मनाएको छ।
सउल नेपाल गुम्बाको लामा गुरुहरु बाट पुजापाठ गरि सुरु भएको कार्यक्रममा पुजापाठ सके पश्चात लामा गुरुले ल्होछारको बारेमा जानकारी मुलक विषयवस्तुको बारेमा बोल्नु भएको थियो। ल्होछार मनाउने विधि, धार्मिक पक्ष, ऐतिहासिक पृष्ठभूमिको बारेमा प्रष्ट पारेको थियो।
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको अध्यक्ष राजकुमार स्याङतान प्रमुख आतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङसाङ बुसान शाखाको अध्यक्ष सोम योन्जन तामाङले गरेको थियो। औपचारिक कार्यक्रमलाई संस्थाको महासचिव नेत्र वाइबाले सञ्चालन गरेको थियो। वर...


