Advertisement
Advertisement

कोरियामा बाटो बिराएकाहरु !! 

Advertisement
Advertisement

यो विदेश पनि बढो अचम्मको कसैका सपना पूरा भए कसैका सपना यतै कतै हराए कोहि आफ्ना उद्देश्यमा इमानदारीताका साथ लागिरहेका छन् ,कोहि उद्देश्य बाट विचलित भैसके।कसैले उद्देश्य मारे,कसैले स्वास्थ्य मारे कसैले जीवन नै मारीसके ,कोहि सफल भएर स्वदेश फर्किसके कोहि परदेशमै संघर्षरत छन् कोहि परदेशमै भासिसके,सपनाहरु पूरा गर्ने रेसमा अरुको देशमा आफु का छुटे पत्तै नपाउनेहरुका कथा लेख्दै छु आज। थुप्रै बाध्यता र विवसताले विदेशका बाटा तय गरेकाहरु कसरी खरानीका बाटोमा मोडिए तिनिहरुका कथा लेख्दै छु आज!!

सापटी मागे, सापटी रकम फिर्ता नपाउँदाको पिडा

केही दिन अगाडि एकजना व्यक्तिले सामाजिक सञ्जाल फेसवुकमा एउटा पोस्ट गरेका थिए “एकजना व्यक्तिको नाम, ठेगाना,फोटो सहित राखेर उसले एक महिनाको लागि लिएको रकम एक बर्ष हुदा पनि नदिएको र अहिले सम्पर्कविहिन भएको उहाँलाई देख्नुहुने , भेट्नु हुने महानुभावले मलाई सम्पर्क गरिदिनु होला” कुरा यत्ति मात्र होइन उनले अरुअरु पनि आक्रोषित शैलीले तल्लो स्तरका शब्द फेसबुक भरी पोखेका थिए । आक्रोश नपोखुन पनि कसरी साथि भनेर एक महिनाको लागि नेपाली लाखौ रुपैयाँ सापटी दिएका थिए-त्यो रकम एक बर्ष हुदा पनि फिर्ता पाएका छैनन्, पैसा दिने मान्छे नै सम्पर्क बिहिन छ,ठेगाना बिहिन छ,पैसा दिने एक महिना भाका नाघेपछि निज पैसा लिने व्यक्तिले अनेक बाहना गर्दै भाका सार्दै गएका थिए नजिकको घनिष्ट साथिका नाताले उनी स्विकार गर्दै गएका थिए तर पाच छ महिना पछाडि पैसा लिने व्यक्ति एकाएक सम्पर्क बिहिन भए-उनि कतै पनि उपलब्ध छैनन्,फेसबुकमा,मोबाइल नम्बरमा अरुअरु सबैमा !!

क्यासिनोमा जितले ल्याएको उमङ्ग

एकजना व्यक्ति आज भन्दा ६ बर्ष अगाडि आफ्ना थुप्रै बाध्यता र अप्ठ्याराले विदेशको यात्रा तय गर्छन् साथै इपिएस प्रणालीबाट दक्षिण कोरिया आउछन्-सुरुवाती दिनमा आफू किन विदेश आएको आफना समस्या र थुप्रै कठिनाइ सम्झेर बफादारी ढंगले काम गर्छन् कोरियाको मान वन खर्च गर्न पनि उनी डराउछन् ,खाइ नखाई,नडुलि पैसा बचाएर घर पठाउन चाहन्छन् सुरुवातका ६/७ महिना यिनले यस्तै गरे अब यिनका रहर फराकिला भए-कम्पनीका साँघुरा र अँध्यारा कम्पाउन्ड भित्र अटाउनै मान्दैनन्-बाहिर दुनिया अथवा कोरियाली बाहिरी दुनिया सएर गर्न चाहन्छन् यो सिलसिला सम्म उनी ठिकै छन् तर यी रहर हरु बढा अच्चमका पनि हुन्छन् कहिलेकाही रोक्न चाहँदा चाहँदै पनि रोकिदैनन्,सम्हाल्ने कोसिस गर्दा गर्दै पनि रोकिदैनन् जसले आफुलाई रोके सम्हाले उनिहरु सफलताका हकदार हुन सक्छन् सम्हाल्न नसक्नेहरु उद्देश्यबाट विचलित हुन सक्छन् यो नाप्ने वैज्ञानिक र अन्तिम सत्य त होइन तर एकजना व्यक्तिको जीवनमा सत्य सावित नै हुन्छ !!

कोरिया आएको झण्डै नौ महिना पछि एउटा साप्ताहिक विदामा उनी एकजना कम्पनी साथिकै रहर र लहै लहैमा एउटा क्यासिनोको यात्रा तय गर्छन्-उनि नौ महिना सम्म खाइ नखाई कम्पनीको साँघुरो कोठा भित्र बसेर नेपाल पैसा पठाएर बचेको करिव २०/२२ लाख वन लिएर क्यासिनो हानिन्छन्-कम्पनी बाट क्यासिनो पुग्दा करिव रात भैसेको थियो उनिहरु ढिला गरि क्यासिनो खेल्न सुरु गर्छन् २०/२२ लाख वन लिएर क्यासिनो हानिएको ठिटो फर्किदा ६०/७० लाख वन लिएर फर्किन्छन्,संगैको साथिले पनि धेर थोर जितेको थियो उनिहरु खुसि मनाउन राति १ बजे सावनाको यात्रा तय गर्छन् रातभरि रमाइलो गर्छन् अर्को विहानै मसाज सेन्टरको यात्रा पनि गर्छन् उनिहरु धेरै खुसि छन्। आज कोरियामा एक जना व्यक्ति अत्याधिक खुसि छ उसको जीवनमै नआएको खुसि आएको छ ,जसले उनलाई सावना देखि मसाज सेन्टर सम्मको यात्रा तय गराइदियो। उनिहरु बढो खुसिका साथ कम्पनी फर्किन्छन् त्यो साझ कम्पनीमा ठूलो पाटि हुन्छ कहिल्यै पाटि नगर्ने मान्छे,केही कुरा किन्न र घुम्न समेत लोभ गर्ने मान्छे आज कम्पनीमा बृहत पाटि गरिरहेछ क्यासिनोमा पैसा जितेको उपलक्ष्यमा साथिको यो क्रियाकलाप देखेर कम्पनीका अन्य साथिहरु सबै अचम्मित छन्।

जितपछि को हार 

जितेको पैसाले उसलाई रातदिन सुत्नै दिएन, त्यो पैसाले अरु पैसा बनाउने उसले रहर जगाइ सक्यो।उसलाई अर्को आइतबार आउन एक महिना जस्तो लागिरहेको छ ,उ आइतबार होइन शनिवार बेलुका नै क्यासिनो जान चाहन्छ करोडौं जितेेर आउन चाहन्छ उसले थुप्रै सपना पनि सजाइ सकेको छ क्यासिनो जितेर धेरै काम गर्ने भनेर ।उ आज शनिबार बेलुका नै साथि संग क्यासिनो हानिन्छ अघिल्लो चोटि उ संग २०/२२ लाख वन थियो भने यो पटक उ संग ६० लाख वन भन्दा माथि छ। उनिहरु पहिलेकै क्यासिनोमा पुग्छन् र खेल्न सुरु गर्छन् ,ब्याङकर प्लेएर लगायत अरुअरु ग्याम खेल्छन् सुरुसुरुमा अलिकति जिते पनि तर पछाडि निरन्तर ओरालो यात्रा लागिरहेको छ उनले दुइ घण्टामा २५ लाख वन हारिसके तर पनि उनि आफुले हारेका त्यो पैसा फिर्ता ल्याएर अरु जित्ने सोचाइमा छन्। तर विडम्बना भनौ उनले पाँच घण्टाको अन्तरालमा आफू संग भएको ६० लाख वन नै हारे अब उनिसंग घर फर्किने भाडा पनि छैन ।उता अर्को साथिको दाउपनि आज खास्सै लागेन उनि साथि संग भएको पैसाले रक्सि पसल खोज्न तिर लागे परिस्थिति यस्तो बन्दियो कि अघिल्लो चोटि त्यहि पैसाले उनलाई यति खुसि दिएको थियो कि सावना हुँदै मसाज सेन्टर सम्मको यात्रा तय गराइदिएको थियो तर अहिले त्यहि पैसाले यति दुखित बनाएको छ कि, उनी रक्सिको साहारामा पुग्न विवस छन !!

उनी पैसा हारेको दुख रक्सिको नसाले मेटाउन चाहन्छन्,भुलाउन चाहन्छन् उनीहरु त्यो रातभर रक्सि खादै अर्को बिहानै उजाड अनुहार लिएर कम्पनी फर्किन्छन्-अघिल्लो चोटि तामझाम गरेका साथिहरु यसपटक रित्तो र थकित मुद्रामा लुसुक्क खोठामा छिर्छन् र हारेको पिडाले सोच मग्न छन् !! अघिल्लो चोटि जितेको पैसाले सुत्न दिएन यो पटक हारेको पैसाले सुत्न दिएन अब उनि खालि छन् अर्को साप्ताहिक विदामा क्यासिनो जाने हैसियतमा छैन अब उनको एउटै पर्खाइ छ तलबको उनी तलब आउने दिन अौला भाचि भाचि गनिरहेछन् तलब आउने दिन उनको जीवनको सबै भन्दा लामो दिन हो । तलब आएपछि उनी फेरि क्यासिनो जाने सोचमा छन् अघिल्लो चोटि हारेको रकम उपरा गर्न चाहन्छन् र क्यासिनो यात्रालाई अन्त्य गर्न चाहन्छन् !!

करिब १५ दिन पछाडि १२देखि १४ घण्टा अविराम काम गरेर कमाएको पैसा , तलब आउँछ उनी राम्रै कमाउछन ३०/३२ लाख वन ।

उनी तलब आउने बितिकै क्यासिनो जान चाहन्थे तर तलब मंगलबार आयो अब उनी शनिबार जाने सोचाइमा छन् त्यो पनि शनिबारको काम छोडेर अन्तत: उनी क्यासिनोको यात्रा गर्छन् उनी संग-संगै क्यासिनो जाने अथवा उनलाई क्यासिनो जान सिकाउने साथि क्यासिनो हार्दा हार्दा थला परेको मान्छे हुन्,कहिले जित्छन् कहिले हार्छन् तर उसले यो समयमा काम छोडेर जाने हिम्मत गरेन यसपालि उनि एक्लै क्यासिनो गए। यसपालि उनि बढो चिन्तित र गम्भीर छन् उसले अघिल्लो पटक हारेको पैसा फिर्ता पनि ल्याउनु छ र अरु जितेर पनि आउनु छ।उ बढो गम्भीरतापूर्वक क्यासिनोमा भाग लिन्छ यसपालि झनै दाउ छैन उनको !! उनी सुरु बाटै हारेका हारै छन् ३०/३२ लाख आएको तलब लिएर क्यासिनो गएका उनि अब उनी संग अन्तिममा एक लाख वन मात्र बचेको छ,त्यहि पैसाले उनी कम्पनी फर्किने सोच बनाउछन तर यसपटक उनी अघिल्लो पटकको जति दुखि छैनन किनकि उनी संग अझै जिवित आशा छ हारेको पैसा सबै जित्ने छु भनेर अब अर्को तलब आउन एक महिना लाग्नेछ,विरक्त भएको मन अनि रित्तो खल्तिमा एक महिना काम गर्नु पर्ने छ।उनी एकमहिना चुपचाप काम गर्छन्,अघिल्लो पटक हासिखुसि काम गर्ने मान्छे यसपटक बढो दुखिद देखिन्छन् उनको अबको पर्खाइ अर्को तलबको छ। तलब आउँछ अनि फेरि साथि संग आएको सबै तलब लगेर क्यासिनो जान्छन् सुरुवातमा उनले ३० को ६० बनाउछन् तर अझै बढि बनाउने र अघिल्लो चोटिको पैसा पनि जितेर फिर्ता गर्ने लोभमा जितेको र लगानी भएको सबै पैसा गुमाउछन् उता साथिले पनि गुमाउछ। यसपटक उनिहरु संग कोठा फर्किने भाडा पनि छैन साथिहरु संग पैसा सापटी मागेर फर्किन्छन् अब उसको खरानी रङका दिन सुरु हुन्छन् ।उसको क्यासिनोमा यसरी लत बस्यो कि छुट्नै सक्दैन र उसलाई छुटाउन कसैले प्रयास पनि गर्दैन यो विदेशमा अरुको बारेमा सोच्ने कसलाई पो फुर्सद छर?? !! उसलाई रोक्न पनि कोहि चाहदैन उ रोकिन पनि त चाहदैनन्। उसले पाच छ महिनाको तलब क्यासिनोमा फालिसक्यो यता घर बाट पैसा पठा भनेर मेसेज कल गरिरहेका छन् तर उसले क्षणिक रुपमा केही बाहाना बनाएर टारिरहेछ। अब उसलाई क्यासिनो खेल्न आफ्नो पैसाले मात्र नभ्याउने भयो उ तलब कुर्न सकिरहेको छैन कम्पनीमा भएका नजिकका चिनजानका साथिभाइलाई विभिन्न आपतकालीन बाहानामा पैसा मागेरै भएपनि उ क्यासिनो जान चाहन्छ,जित्न चाहन्छ,पहिला हारेका पैसा जित्न चाहन्छ,उसले अब पैसा माग्न बाकि साथि कोहि छैन कसैलाई एक हप्ता कसैलाई एक महिना कसैलाई दुई तीन महिना भाका र कबुल राखेर उसले पैसा मागिसकेका छन्।

नजिकका साथिहरुले दिएका पनि हुन् तर उनले रोजेको क्षेत्र, आफ्नो कम्पनीका साथिबाहेक कसैलाई थाहा नै थिएन उनी दिनदिनै यसरी भासिएका छन् कि आफुले कमाएको त उनले गुमाए गुमाए अरुको कमाइ समेत सापटि मागि उनले गुमाइसके‌। कम्पनीका साथिहरु पनि उनी संग रुष्ट भैसके,चिनजानका नजिकका आत्मिय साथि पनि उनी सग रिसाएका छन् लिएको पैसा समयमा फिर्ता नगर्ने भनेर। उता घर परिवार बाट पनि उनलाई छुट्टै खालको प्रेसर छ उनले कम्पनी नै छोडे अरुका पैसा तथा दबाब सहन नसकेर उनले आफ्ना फेसबुक देखि अन्य सम्पुर्ण सम्पर्कका माध्यमहरु बन्द गरे ।

उनलाई पैसा सापटी दिने मान्छेहरुले उनलाई कता मात्र खोजेनन् तर सम्पर्कमा ल्याउनै सकेनन् र अन्तिममा धैर्यताको बाध फुटेर एकजनाले उनको नाम र ठेगान र फोटो सहित फेसबुबमा पोस्ट गरे अनि मैले उनको खोजिनिति गर्दै जादा उनी पुरै फसेको पाए अनि सुनाए आफ्ना व्यथा यसरी ।उनी घर बाट आएदेखि नेपाल पनि गएका छैनन क्यासिनोमा लागेको ऋण र त्यसको नसा बाट माथि उठ्नै सकेका छैनन् ,अहिले विस्तारै त्यो सबै चिज त्यागेर आफ्नो जीवनमा बामे सर्दैछन्।

लेखक अजय सोडारी गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका युवा तथा विध्यार्थि संयोजक हुन् जो विकृति र विसंगति विरुद्ध निरन्तर कलम चलाउन अघि बढ्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×