विशाल आवाज/दक्षिण कोरिया: कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने भएको छ।
“कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान” भन्ने मुल नारा लिएर कोरियामा रहेका कर्णाली प्रदेशका बासीहरू हरु मिलेर स्थापना भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिख आइतबार का दिन बिहान ११:०० बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका कर्णाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।
यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।
कार्यक्रम:
मितिः २०२४ फ्रेब्रुअरी २५ तारिक आइतबार
समयः बिहान ११:०० बजे
स्थानः दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा









