कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिखमा
विशाल आवाज/दक्षिण कोरिया: कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने भएको छ।
“कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान” भन्ने मुल नारा लिएर कोरियामा रहेका कर्णाली प्रदेशका बासीहरू हरु मिलेर स्थापना भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको तेश्रो अधिवेशन फेब्रुअरी २५ तारिख आइतबार का दिन बिहान ११:०० बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका कर्णाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्...

