Advertisement
Advertisement

Breaking News

करिब २३ लाख मुनाफा भयो नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम बाट

करिब २३ लाख मुनाफा भयो नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम बाट

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाले   अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा आयोजना गरेको बृहत वनभोज तथा भेटघाट कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। समाजले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत आयव्यय प्रस्तुत गर्दै करिब २३ लाख वन (२२,९४,४००) वन मुनाफा गरेको बताएका छन्।  “सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन  THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गरेको थियो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागि बाट १ करोड २ लाख १ हजार वन सङ्कलन भएको थियो भने स्पोन्सरहरूबाट ४९१,४०० वन गरि जम्मा १ करोड ६ लाख ९२ हजार ४ सय वन वन आम्दानी भएको आम्दानी खर्च वि...
सेप्टेम्बर १५ मा “ब्याडमिन्टन प्रिमियर लिग 2024” आयोजना हुदै

सेप्टेम्बर १५ मा “ब्याडमिन्टन प्रिमियर लिग 2024” आयोजना हुदै

Breaking News, जानकारी, भर्खरै
राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ नेपाली ब्याडमिन्टन कमिटी द्वारा सेप्टेम्बर १५ तारिख ह्वासङमा दक्षिण कोरियामा "ब्याडमिन्टन प्रिमियर लिग 2024" को आयोजना हुने भएको छ। नेपाली ब्याडमिन्टन कमिटीद्वारा कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख ह्वासङ स्थित 전기 화성시 저남면 발안로 1191-8 मा "ब्याडमिन्टन प्रिमियर लिग 2024" आयोजना हुन लागेको हो।  प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता खेलाडीहरूले तीन लाख र दुइ लाख कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुगेका दुई टोली/खेलाडीहरूले  मेडल, प्रमाणपत्र, र आकर्षक उपहारहरू प्राप्त गर्ने खिम केसीले विशाल आवाजलाई बताएका छन्।  प्रतियोगितामा सहभागी हुनको लागि नेपाली ब्याडमिन्टन कमिटी का आजीवन सदस्यहरू...
देशभरिका २५ उत्कृष्ट गाउँपालिकामध्ये माओवादीले नेतृत्व गरेका ११

देशभरिका २५ उत्कृष्ट गाउँपालिकामध्ये माओवादीले नेतृत्व गरेका ११

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका उत्कृष्ट २५ मा परेका छन् ।  संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उत्कृष्ट २५ मध्ये ११ वटा गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रका अध्यक्षहरुले गरेका छन् । जसअनुसार वेनिघाट रोराङ्ग धादिङ्ग उत्कृष्ट भएको छ, जसको नेतृत्व नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया‘विवेक’ले गर्नुभएको छ ।   त्यस्तै माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गुल्मी, प्रकाश विष्टले नेतृत्व गरेको राप्ती गापा दाङ, शुक्र चुमानले नेतृत्व गरेको आवुखैरेनी तनहुँ, गणेशबहादुर थापाले नेतृत्व गरेको भगवतीमाई दैलेख, विमर्श...
“छक्का पञ्जा ५”  दक्षिण कोरियामा पनि प्रदर्शन हुने

“छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि प्रदर्शन हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको यस वर्षको प्रतिक्षित नेपाली फिल्म “छक्का पञ्जा ५”  दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ।  दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै प्रदर्शन हुने दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ। सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदैछ दीपक राजगिरी र वर्षा शिवाकोटी स्टारर  फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ ।  आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् । सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदै...
अगष्ट ३१  मा किम्हे बुसानको एभरेस्ट भ्यु रेस्टुरेन्टमा तीज कार्यक्रम हुँदै

अगष्ट ३१ मा किम्हे बुसानको एभरेस्ट भ्यु रेस्टुरेन्टमा तीज कार्यक्रम हुँदै

Breaking News, जानकारी, भर्खरै
  दक्षिण कोरियाको  किम्हे बुसान स्थित एभरेस्ट भ्यु रेस्टुरेन्टले आफ्नै रेस्टुरेन्टमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अगष्ट ३१ तारिक बेलुकि  तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै  एभरेस्ट भ्यु रेस्टुरेन्टले  महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन तीज बिशेष कार्यक्रम  आयोजना गरिएको‌ सञ्चालक अनुशा अधिकारीले  बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम अगष्ट ३१,  का दिन  किम्हे बुसान स्थित एभरेस्ट भ्यु रेस्टुरेन्टमा नेपाली नाचगानको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ । बिशेष गरी दक्षिण कोरियाको किम्हे बुसानमा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको  कोरिया तीज बिशेष कार...
सेप्टेम्बर १ मा सिस्टरहुड कोरियाले “हरितालिका तीज विशेष कार्यक्रम २०२४” आयोजना गर्ने

सेप्टेम्बर १ मा सिस्टरहुड कोरियाले “हरितालिका तीज विशेष कार्यक्रम २०२४” आयोजना गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ :कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले आउँदो सेप्टेम्बर १ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । "किम्हे सिजाङ - न्यू लिटल इन्डियाको हल" मा तीजको अवसरमा दर खाने कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रम सहित बिहान ११ देखि साँझ ६ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो । प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियाको किम्हे, बुसान, मासान, छाङ्वन लगायत आसपास छरिएर बस्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुको ब्यापक सहभागिता रहने अपेक्षा राख्दै नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।   "Together We Can" भन्ने मूल नारालाई अनुशरण गर्द...
सेप्टेम्बर १७ मा नेपाली परोपकार समाजले दोश्रो एनपीएस फूटबल प्रतियोगिता आयोजना गर्ने

सेप्टेम्बर १७ मा नेपाली परोपकार समाजले दोश्रो एनपीएस फूटबल प्रतियोगिता आयोजना गर्ने

Breaking News, जानकारी, भर्खरै
बोम्जन गुरुङःकोरिया स्थित नेपाली परोपकार समाज (NPS) एफसीले आउँदो सेप्टेम्बर १७ तारिक "दोश्रो एनपीएस फूटबल प्रतियोगिता २०२४" आयोजना गर्ने भएको छ । "प्रवासी एकता हाम्रो प्रतिबद्धता, स्वास्थ्यको लागी खेल अनिवार्य आवश्यकता" भन्ने नारा सहित कोरियन पर्व छुसकको अवसर पारेर खेलको मनोरञ्जनसँगै नेपालीहरु विचको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा उद्धेश्यले थेगु सहरको नजिकै खेलमैदान (경북 고령군 대가야읍 회천로 90) मा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष अजित सापकोटाले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपरलाई जनही १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण ...
छुसकमा सौलमा गुन्जिने भयो सुदुरपश्चिमेली देउडा

छुसकमा सौलमा गुन्जिने भयो सुदुरपश्चिमेली देउडा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
आउदो छुसकको अवसर पारेर सुदूरपश्चिम समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिकका दिन “सेती महाकाली देउडा साँझ भाग-५” नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिक आईतवारका  दिन राजाधानी सौलमा दिउसो ४ बजेदेखी बिहान २ बजे सम्म ख्याती प्राप्त देउडा गायक गायिका र सर्जकको साथमा कार्यक्रम गर्ने भएको हो । समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक “हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ।  कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापना रहेको सुदूरपश्चिम समाजका अध्यक्ष दिल बहादुर मडैले बिशाल आवाज लाई बताउनु भएको छ।  आयोजकले कोरिया...
सकियो दयाहाङ अभिनीत ‘कार्साङ’को छायाङ्कन

सकियो दयाहाङ अभिनीत ‘कार्साङ’को छायाङ्कन

Breaking News, जानकारी, भर्खरै
फिल्म ‘कार्साङ’को छायाङ्कन सकिएको छ । यम शेर्पाको निर्देशन रहेको फिल्मको छायाङ्कन २२ दिनमा सकिएको हो । फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायाङ्कन भएको बताइएको छ ।  ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायाङ्कन सकियो’, निर्देशक शेर्पाले भने, ‘पोस्टको काम सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शनमा आउँछ ।’ कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसले बनाएको हो । फिल्ममा अभिनेता दयाहाङ राई र नव–अभिनेत्री सिर्जना निङ्लेखु मुख्य भूमिकामा छन् ।    सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ र सिर्जनाको अलवा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ ।  फिल्मको निर्मा...
कोरिया रिटर्नि उद्योगि , व्यावसायिहरुको ऐतिहासिक भेला रुपन्देहिमा  सम्पन्न ।

कोरिया रिटर्नि उद्योगि , व्यावसायिहरुको ऐतिहासिक भेला रुपन्देहिमा सम्पन्न ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा रोजगारि गरि नेपाल फर्किएर बिभिन्न उद्योग व्यावसाय गरिरहेका रिटर्निहरुको भेला तथा अन्तरकृया कार्यक्रम सप्पन्न भएको छ । रुपन्देहि जिल्लाको योगिकुटि स्थित दरवार लावनमा मंगलवार सम्पन्न भेलाले गम्भिर गुरुङको सम्योजकत्वमा २१ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । साथै भेलाले "नेपाल कोरिया साना तथा मझौला व्यावसायिक परिषद" गठन गरि छिटो भन्दा छिटो दर्ता प्रकृयामा जाने निर्णय समेत गरेको छ ।  नेपाल र कोरिया ,दुइ देशको व्यापार र व्यावसायलाइ जोड्दै स्वदेशमा रोजगारि सृजना गरि देशको आर्थिक विकासलाइ टेवा पुर्याउने उदेश्यका साथ गठन गरिएको उक्त संस्थाले कोरियाबाट फर्केर व्यावसायमा आवद्व सम्पुर्ण रिटर्निहरुलाइ एकतावद्व गर्दै समुहिक लगानि तथा व्यावसायका संभावनाको खोजी गर्ने बताएको छ । उल्लेख्य व्यावसायिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा दक्षिण कोरिया तथा नेपालमा लामो समय देखि व्यावस...