
राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ नेपाली ब्याडमिन्टन कमिटी द्वारा सेप्टेम्बर १५ तारिख ह्वासङमा दक्षिण कोरियामा “ब्याडमिन्टन प्रिमियर लिग 2024” को आयोजना हुने भएको छ।
नेपाली ब्याडमिन्टन कमिटीद्वारा कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख ह्वासङ स्थित 전기 화성시 저남면 발안로 1191-8 मा “ब्याडमिन्टन प्रिमियर लिग 2024” आयोजना हुन लागेको हो। प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता खेलाडीहरूले तीन लाख र दुइ लाख कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुगेका दुई टोली/खेलाडीहरूले मेडल, प्रमाणपत्र, र आकर्षक उपहारहरू प्राप्त गर्ने खिम केसीले विशाल आवाजलाई बताएका छन्।

प्रतियोगितामा सहभागी हुनको लागि नेपाली ब्याडमिन्टन कमिटी का आजीवन सदस्यहरूले ८०,००० वन र कमिटी बाहिरका खेलाडीहरूले ९०,००० वन सेप्टेम्बर ७ तारिखका दिनसम्म हाना बैंक HANA BANK मा रहेको SHRESTHA PRAKASH को खाता नम्बर 39491049200107 मा पठाइ दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। साथै आजिवन सदस्यता लिन चाहने खेलाडीहरूले १०,००० वन अतिरिक्त तिर्नुपर्ने समेत बताइएको छ।


प्रतियोगिताको बारेमा थप जानकारी लिन इच्छुक व्यक्तिहरूले खिम केसी (फोन नम्बर: 010-9819-5399) वा गाल्जेन शेर्पा (फोन नम्बर: 010-4744-9034) लाई सम्पर्क गर्न सक्ने कमान राइले विशाल आवाजसँगको कुराकानीमा बताउनुभएको छ।








