Advertisement
Advertisement

सेप्टेम्बर १७ मा नेपाली परोपकार समाजले दोश्रो एनपीएस फूटबल प्रतियोगिता आयोजना गर्ने

Advertisement
Advertisement

बोम्जन गुरुङःकोरिया स्थित नेपाली परोपकार समाज (NPS) एफसीले आउँदो सेप्टेम्बर १७ तारिक “दोश्रो एनपीएस फूटबल प्रतियोगिता २०२४” आयोजना गर्ने भएको छ ।

“प्रवासी एकता हाम्रो प्रतिबद्धता, स्वास्थ्यको लागी खेल अनिवार्य आवश्यकता” भन्ने नारा सहित कोरियन पर्व छुसकको अवसर पारेर खेलको मनोरञ्जनसँगै नेपालीहरु विचको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा उद्धेश्यले थेगु सहरको नजिकै खेलमैदान (경북 고령군 대가야읍 회천로 90) मा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष अजित सापकोटाले बताए ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन वोन प्रदान गरिने प्रदान गरिने बताउँदै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपरलाई जनही १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने समाजका खेल संयोजक विधान राईले जानकारी दिए ।

 

समाजले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र संस्थाहरुको सहयोग प्राप्त भईरहेको र अन्य शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा रहेको संस्थाका सचिव महेन्द्र भट्टराईले स्पष्ट पारे ।

नेपाली परोपकार समाज (NPS) थेगुद्धारा सेप्टेम्बर ८ तारिकसम्म टीम दर्ता गर्न सकिने र टीम दर्ता शुल्क ४ लाख कोरियन वोन कायम गरिएको उक्त दोश्रो एनपीएस फूटबल प्रतियोगिता २०२४” को प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको समाजले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

 दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण को...
दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना ग...
भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×