Advertisement
Advertisement

Breaking News

जनवरी २६ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

जनवरी २६ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो जनवरी २६ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी २६ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो १२:३० बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने १० ओटा टिकट लिदा १ ओटा सित्तैमा पाउने समेत आयोजकले जनाएको छ।।अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको बताउदै समयमै सिट बुकिङ गर्न आयोजकले अनुरोध समेत गरेको छ। सउलको पहिलो सो सम्पन्न पश्चात् सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा आइतबार प्रदर्शन हुने चलचित्र हेर...
नेपाल गोरखा परिवार दक्षिण कोरियाको “गोरखाली भेटघाट तथा वार्षिक साधारण सभा” यही जनवरी २९ मा हुने

नेपाल गोरखा परिवार दक्षिण कोरियाको “गोरखाली भेटघाट तथा वार्षिक साधारण सभा” यही जनवरी २९ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
बोम्जन गुरुङ;कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले यही जनवरी २९ तारिक गोरखाली भेटघाट तथा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । संस्थाको बाह्रौं कार्यसमितिले आफ्नो बितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । "प्रवासी भूमीमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारा सहित सन् २००२ मा स्थापना भएको गोरखा परिवार दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ उल्लेख गर्दै परिवारका अध्यक्ष दिपक श्रेष्ठले बताए । कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका ग...
किम्हेमा जनवरी २८ तारिक “सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५” हुने

किम्हेमा जनवरी २८ तारिक “सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५” हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
बोम्जन गुरुङ:कोरियाको किम्हेमा जनवरी २८ तारिक कोरियन नयाँ वर्षको अवसरमा "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू धीं सेल्टर व्यवस्थापन सहयोगार्थ तथा गुरुङ भाषा अक्षयकोष सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमा अत्यन्त चर्चित डिजे DJ SBD को साथमा नवोदित र्‍यापरहरु दिनेश गुरुङ, प्रकाश गिरी र सुनिल लगायतको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह जानकारी दिए । प्रवेश शुल्क २० हजार कोरियन वोन निर्धारण गरिएको सो "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" मा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रमाउन सकिनेछ भने किम्हेको लिटिल इण्डिया रेष्टुरेन्ट अगाडिको चोकबाट कार्यक्रम हलसम्म जान नि:शुल्क बसको...
जनवरी २६ तारिख किम्हे बुसानको CGV मा प्रदर्शन हुँदै ‘ह्रस्व दीर्घ’

जनवरी २६ तारिख किम्हे बुसानको CGV मा प्रदर्शन हुँदै ‘ह्रस्व दीर्घ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको किम्हे बुसानकोCGVमा पनि जनवरी २६ तारिख प्रदर्शन हुने भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ उल्सान नेपाली समाजले आपतकालीन सहयोग कोष अभिवृद्धि गर्ने उदेश्यले किम्हे बुसान स्थित सुबिधा सम्पन्न CGV हलमा जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन गर्ने भएको हो। यसअघि पनि धेरै कार्यक्रमहरु आयोजना गरि अनुभव बटुली सकेको यस उल्सान नेपाली समाजले पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र किम्हे बुसानमा प्रदर्शन गर्न लागेको हो। किम्हे बुसानको सुविधा सम्पन्न हल CGV मा प्रदर्शन हुने फिल्म हेर्न दर्शकले प्रवेश शुल्क २५००० कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह...
अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाले “सलनाल विशेष पार्टी तथा बनभोज कार्यक्रम” आयोजना गर्दै

अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाले “सलनाल विशेष पार्टी तथा बनभोज कार्यक्रम” आयोजना गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ :कोरियामा स्थापित अन्याङ नेपाली समाज उल्सानले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर "विशेष पार्टी तथा बनभोज कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ ।  समाजले 울산 울주군 상북면 배내로 1064-1 (배내골 에델바이스펜션) मा यही जनवरी २९ तारिक बेलुकी ६ बजेदेखि भोलिपल्ट दिनको १२ बजेसम्म सो कार्यक्रमको आयोजना गरिने समाजका अध्यक्ष भुवन राक्क्ष्यले बिशाल आवाजलाइ जानकारी दिएका छन ।   "प्रवासमा विविध समस्याहरु समाधानको निम्ति हाम्रो प्रतिबद्धता, आपसी मेलमिलाप, सद्भाव नेपालीहरुको एकता आजको आवश्यकता" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सामजले दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेका नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बताउँदै गत वर्षमा जस्तै यस वर्षमा पनि नियमित कार्यक्रमलाई निरन्तरता दिदै आएको सन्दर्भ उल्लेख गर्दै सो दिनमा सदस्यता वितरण समेत गरिने समाजका ...
कोरियामा नवलपरासी समाज दक्षिण कोरियाको उदय हुने, प्रथम अधिवेशन यही जनवरी २९ मा 

कोरियामा नवलपरासी समाज दक्षिण कोरियाको उदय हुने, प्रथम अधिवेशन यही जनवरी २९ मा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:नेपालको लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी जिल्ला घर भई विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुको क्षेत्रीय संस्था नवलपरासी समाजको स्थापना हुने भएको छ ।  "आजको आवश्यकता विदेशी भूमिमा नवलपरासी एकता" भन्ने मुल नारालाई आत्मसात् गर्दै यही सलनालको अवसर पारेर जनवरी २९ तारिक बिहान ११ बजेबाट शुरु हुने गरी सउल स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल दोड्देमुन [서울특별시 종로구 중로 315-2, 2층 (창신동)] मा प्रथम अधिवेशन हुने भएको हो । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका नारायण न्यौपानेको संयोजकत्व, जीवन भण्डारीको सहसंयोजकत्व रहने गरी बनेको तदर्थ समितिले सो अधिवेशनलाई पूर्णता दिने सो अधिवेशनका निर्वाचन मण्डल सदस्य चुडामणी भण्डारीले बिशाल आवाजलाइ जानकारी दिएका छन।  विशेष गरी नवलपरासी जिल्ला अन्तर्गत बर्दघाट सुस्ता पश्चिमलाई समेट...
‘पावर देखाएको, फोन गर’ भन्दै प्रहरीले मध्यरात युवालाई बुटै बुटले कुटे

‘पावर देखाएको, फोन गर’ भन्दै प्रहरीले मध्यरात युवालाई बुटै बुटले कुटे

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
मध्यरात सडकमा एक युवालाई प्रहरीले मरणासन्न हुनेगरी बुटै बुटले कुटेको भिडियो सार्वजनिक भएको छ। सडकमा मोटरसाइकल रोकेर केही युवाहरुसँग कुरा गर्दै गरेको अवस्थामा एक प्रहरीले सडक किनारमा उभिएका युवालाई लात्ताले हानेर पेटीमा लडाएर ' कसलाई फोन गर्ने? पावर देखाएको, कसलाई फोन गर्ने, फोन गर' भन्दै बुटै बुटले कुटिरहेका छन्। उनले ती युवालाई बुटले खुट्टामा, ढाडमा अनि टाउकोमा हानिरहेको भिडियोमा प्रस्ट देखिन्छ। भिडियो पठाउने स्रोतले सो भिडियो चितवन भरतपुरको रहेको र कुट्ने प्रहरी गणेशथान चौकीको रहेको दाबी गरेका छन्। कुट्ने नेपाल प्रहरी नै हुन् भन्ने भिडियोबाट प्रस्ट देखिन्छ। तर ती प्रहरी कहाँको हुन र उनको परिचय के हो भन्ने पुष्टि हुन सकेको छैन।...
बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाले सलनालमा सम्मान कार्यक्रम गर्दै

बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए दक्षिण कोरियाले सलनालमा सम्मान कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा जनवरी २७ तारिखका दिन सउलमा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियास्थित नेपाली समुदायको बीचमा खेलेको सकारात्मक भूमिका, पहल र योगदानको कदर स्वरुप जनवरी २७ तारिख दिउँसो ३ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा एनआरएनए दक्षिण कोरियाले सम्मान कार्यक्रम आयोजना गर्ने भएको हो। हाल दक्षिण कोरियामा बुद्धि गुरुङको नेतृत्व र विपिन कुमार गुरुङको नेतृत्वमा दुईवटा NRNA छ। NRNA मा हाल देखिएको विवाद र अदालती प्रक्रियाका कारण आफ्नो योजना अनुसार काम गर्न नसकेको बताउदै अब सर्वोच्च अदालतको आदेश, परराष्ट्र मन्त्रालयको निर्देशन, र NRNA-ICC (केन्द्रीय समिति) ले गर्न लागेको एकता अधिवेशनको तयारीलाई...
थारु कल्याणकारिणी सभाले सलनालमा माघी पर्व तथा सांस्कृतिक कार्यक्रम गर्ने

थारु कल्याणकारिणी सभाले सलनालमा माघी पर्व तथा सांस्कृतिक कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८१(थारु सम्बत् २६४८) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम जनवरी २९ तारिखका दिन सउलमा गर्ने भएको छ। “हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले स्थानिय कलाकारहरुको साथमा माघी पर्व २०८१ तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वत २६४८भब्यताका साथ मनाउने भएको हो। जनवरी २९ तारिख बुधबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने कार्यक्रम सउल स्थित ट्रेन लाइन नम्बर २/४ को 신당 स्टेसनको १/१२ गेटबाट बाहिर निस्केर जान मिल्ने 성동처차차 스텐드빠 나이트 मा हुने आयोजकले जनाएको छ। कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू समेत खान पाइने आयोजकले जनाएको छ। सन् २०१५ मा स्थापीत थारु कल्याणकारीणी सभा, दक्षिण कोरिया...
गजेदोमा  पनि  “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने

गजेदोमा पनि “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा जनवरी २८ तारिखका दिन गजेदोमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने भएको छ।  “भाषा, धर्म, कला,र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तरताको लागि एक हौँ” भन्ने मूल नाराका साथ  हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा सलनालको पहिलो दिन अर्थात् जनवरी २८  तारिख मङ्गलबारका  दिन गजेदो स्थित  स्थित नेपाल स्टोरी रेस्टुरेन्टको सभाहल हान्वा ओसन नाम्मुनमा    “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५”आयोजना हुने भएको हो। स्थानीय कलाकारहरूको  बेजोड प्रस्तुति रहने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।  “मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१  ड...