विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा जनवरी २८ तारिखका दिन गजेदोमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने भएको छ।


“भाषा, धर्म, कला,र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तरताको लागि एक हौँ” भन्ने मूल नाराका साथ हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा सलनालको पहिलो दिन अर्थात् जनवरी २८ तारिख मङ्गलबारका दिन गजेदो स्थित स्थित नेपाल स्टोरी रेस्टुरेन्टको सभाहल हान्वा ओसन नाम्मुनमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५”आयोजना हुने भएको हो। स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ डुल/सा पुख्री ल्हो (सर्प)बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछार नयाँ वर्षको विशेष अवसरमा आयोजित कार्यक्रममा तामाङ लगायत गैर तामाङ गजेदोमा रहनुभएका दक्षिण कोरिया बासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।









