Advertisement
Advertisement

Breaking News

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको “दोस्रो अधिवेशन २०२५” को तयारी पुरा

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको “दोस्रो अधिवेशन २०२५” को तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। अधिवेशनका लागि निर्वाचन समिति गठनदेखि लिएर विधान संशोधन समिति पनि चयन गरिसकेको र अधिवेशनमा हरेक जिल्लाबाट पाँचजना प्रतिनिधि पठाउने र कार्यसमिति ,विभागीय सदस्य ,सल्लाहकार र संस्थापक भने स्वत प्रतिनिधि हुने निर्णय समेत गरिसकेको छ। यसैगरी अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कार्यविभाजन गरी विभिन्न व्यक्तिलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको छ।आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिव...
मार्च २३ मा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुँदै

मार्च २३ मा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुँदै

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा मार्च २३ तारिखका दिन ओसानमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” हुने भएको छ। दक्षिण कोरियामा रहेको नेपलीज ब्याडमिन्टन कमिटी दक्षिण कोरिया को सहकार्यमा ओसान ब्याडमिन्टन कमिटिले खेलभावना जोश र उत्कृष्टता सँग भन्ने मूल नाराका साथ मार्च २३ तारिख आइतबारका दिन ओसान स्पोर्ट्स सेन्टरमा “ओसान ओपन मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो। प्रतियोगितामा विजेता , पहिलो उपविजेता र दोस्रो उपविजेता हुने टिमले क्रमश ३ लाख ५० हजार वन र दुइ लाख वन र १ लाख वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनको लागि ८०,००० वन मार्च १६ तारिखका दिनसम्म IBK BANK मा रहेको KHATRI KHIM को खाता नम्बर 01098195399 मा पठाइ दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। ओसान ब्याडमिन्टन कमिटिको आयोजनामा हुने “ओसान ओप...
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु

दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उहाँलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो । सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उहाँको सुनुवाइको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उहाँको भाग्यको अन्तिम फैसला गर्नेछन् । सुनुवाइका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए । सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो। युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको...
पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौथो अधिवेशन तथा राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा

पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौथो अधिवेशन तथा राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाज दक्षिण कोरियाको फेब्रुअरी २३ तारिख आइतबार दोङ्देमुनमा हुने चौथो अधिवेशन तथा महामहिम राजदूत स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मुल नारा लिएर स्थापित पूर्वी नेपाल समाज दक्षिण कोरियाले यही आउँदो आइतबार अर्थात् फेब्रुअरी २३ तारिखका दिन दोङ्देमुन स्थित आफ्नै समाजको सभाहलमा आयोजना गर्ने चौथो अधिवेशन तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाम्फेको स्वागत तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव केदार निरौलाले जानकारी दिएका छन्। समाजका तत्कालीन अध्यक्ष गजेन्द्र शेर्मा विशेष कारणवश तत्काल कोरिया आउने परिस्थिति नभएपछि अधिवेशनका लागि बाटो खुला रहेको जनाउँदै आउँदो आइतबार चौथो अधिवेशन गर्न लागेको कार्यवाहक...
चलचित्र “अन्जिला” को दक्षिण कोरिया सउल सो मार्च २ मा

चलचित्र “अन्जिला” को दक्षिण कोरिया सउल सो मार्च २ मा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: आगामी फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियामा प्रदर्शन हुने पक्का भएको छ।  महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा मार्च २ तारिख आइतबारका दिन सौल मा प्रदर्शन हुने भएको हो। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको सहजीकरणमा सउलको दोङ्देमुनमा रहेको 종로 구민회권 मा बिहान ११:३० बजे च्यारिटी शोको रूपमा प्रदर्शन चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ। नेपाल लगायत विभिन्न देशहरूमा प्रिमियर...
फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

फेब्रुअरी २३ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै चलचित्र “दुखी आत्मा”

Breaking News, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज: फागुन २ गतेबाट विश्वभर एकैसाथ प्रदर्शनमा आएको अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन एके प्लाजामा रहेको मेगाबक्समा प्रदर्शन हुने भएको छ। आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। सुवन प्रदर्शन पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको आयोजकले जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्र्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अन...
प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश डाँगी

प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरिया,क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश डाँगी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) दक्षिण कोरिया क्षेत्रिय कमिटि थेजन-छनानको पाँचौं अधिबेशन सम्पन्न भएको छ। दक्षिण कोरियाको छनानस्थित माइतीघर रेष्टुरेन्टको हलमा सम्पन्न पाँचौं अधिबेशन अधिवेशनबाट गणेश डाँगीको अध्यक्षमा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ। प्रवासी नेपाली मञ्च (onf) दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अन्जन कुलुङ राईको प्रमुख अतिथ्यतामा सम्पन्न पाँचौं अधिवेशनबाट गणेश डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। देवेन खम्बु संयोजक तथा सन्दिप चाङवाङ र सलिन लामिछाने सदस्य रहेको निर्वाचन मण्डलले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा तुलजित राई,सचिवमा केशव अधिकारी, उपसचिवमा विपिन कन्दङवा र सदस्यहरूमा गंगाराम तामाङ, सुवास लिम्बू, तोयानाथ ओझा, घनश्याम सेन ठकुरी, बाबुराम शाह, जगतराम चौधरी, डिल्लीराम गौतम, गुरु गौतम, काशीराम बुढाथोकी रहेको...
“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

“भ्यालेन्टाइन डे’, कोरियामा कसरी मनाइन्छ? कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियामा भ्यालेन्टाइन मनाउने चलन जापानबाट अनुसरण गरेको भन्ने मान्यता छ। उनीहरू पनि जापानमा जस्तै चकलेट, उपहार आदानप्रदान गर्छन्। कतिपय कोरियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्। दक्षिण कोरियामा उपहार नपाउनेले कालो नुडल्स: खासगरी कतैबाट उपहार नपाउने व्यक्तिले कालो रङको नुडल्स खाने रोचक चलन रहेको छ। कसैले प्रेम प्रस्ताव नगरे, उपहार नपाए उनीहरू रेस्टुरेन्टमा कालो नुडल्स खाएर पश्चाताप गर्दै बस्छन् तापनि कोरियाली भ्यालेन्टाइन्स सप्ताहलाई उनीहरूको क्यालेन्डरको सबैभन्दा रोमान्टिक समय मान्छन्। जापानमा मन पर्नेलाई चकलेट दिन्छन् संसारमा जापानी महिलालाई सबैभन्दा लजालु मानिन्छ। जापानमा सन् १९३६ देखि भ्यालेन्टाइन मनाउन सुरु गरेको मानिन्छ। जापानिजले सुरुमा पर्यटकलाई लक्षित गरी यो परम्परा सुरु गरेको हो तर बिस्तारै मायाको पर्व स्वरूप अधिकांश जापानिजहरूले भ्यालेन्टाइन मनाउन थाले। ...
कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

कोरियाली छात्रवृत्तिबारे SONSIK द्वारा प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था Society of Nepalese Students in Korea (SONSIK) ले फेब्रुअरी १५, २०२५ मा Zoom मार्फत २०२५ Global Korea Scholarship (GKS) सम्बन्धी प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।  उक्त कार्यक्रम विशेष रूपमा कोरियाली छात्रवृत्तिबारे विस्तृत जानकारी दिने तथा इच्छुक आवेदकहरूको जिज्ञासाहरू समाधान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन SONSIK का सचिव तथा Keimyung University का मास्टर विद्यार्थी किरण सुवालले गर्नुहुने छ ।   कार्यक्रमका मुख्य विशेषताहरू निम्नानुशार रहेको छ: ✅ विद्यार्थीहरूको अनुभव तथा सुझाव साझा ✅ छात्रवृत्ति आवेदन प्रक्रिया, आवश्यक कागजात र तयारीसम्बन्धी विस्तृत जानकारी ✅ Embassy, University, तथा R&D Track सम्बन्धी मार्गदर्शन ✅ प्रत्यक्ष प्रश्नोत्तर (Q&A) सेसन   विशेष...
पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

पत्रकार महासंघ दक्षिण कोरियाले साधारण सभा, राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो। महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ। साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्ने निर्णय गरेको छ। कार्यक्रम मार्च ९ तारिखका दिन राजधानी सौलको दोङ्देम...