छङ्ऊप नेपाली एकता समाज को दोश्रो अधिबेशन सम्पन्न
बिशाल आवाज/दक्षिण कोरिया: छल्लाबोक्दो स्थित छङ्ऊप नेपाली एकता समाज, दक्षिण कोरियाको दोश्रो अधिबेशन आइतबार ईछङ्ऊप स्थित 전북 정읍시 덕천면 신월리 594-6(태고로577) मा सम्पन्न भएको छ।
छल्लाबोक्दो छङ्ऊप मा रहेका नेपाली हरु मिली "स्वच्छ सेवा भावले स्थापित, सम्पूर्ण नेपालीहरुको साझा चौतारी " भन्ने मुल नारा लिएर सन् २०२० मा स्थापित समाजका अध्यक्ष राम थापा मगरको अध्यक्षता आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका युवा संयोजक युविन श्रेष्ठ,इक्सान नेपाली समाज का अध्यक्ष, उपाध्यक्ष,खिम्जे नेपाली समाजका अध्यक्ष लगायत छल्लाबोक्दो वरपर रहेको विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरुको बाक्लो उपस्थितीमा सम्पन्न दोस्रो अधिवेशन को कार्यक्रम सन्चालन सचिव दधिराम भट्टराई ले गरेका थिए।
राम थापा मगरको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा सम्पन्न बन्द सत्र कार्यक्रम वाट दधिराम भट्टराईको अध्यक्षतामा २४ सदस्य कार...









