Advertisement
Advertisement

प्रतिज्ञा लामा अभिनित म्युजिक भिडियो सार्वजानिक (१८ वर्ष पछि प्रतिज्ञाको कमब्याक )

Advertisement
Advertisement

 

शुभराज भोम्जन/दक्षिण कोरिया :विगत लामो समय देखि दक्षिण कोरियालाइ आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी म्युजिक भिडियो अभिनेत्री प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने “गोच्चा म्याप्जीम ” बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ ।

भिडियोलाइ सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै लामा अभिनित गायीका रोस्ना लुङ्बाको स्वरमा रहेको “शिरबन्दी”बोलको एकल सेलो गीतको म्युजिक भिडियो सार्बजानिक भएको थियो । सिन्धुपाल्चोक जिल्लाको तात्कालिन धुस्कुन गाबिस वार्ड नम्बर -०५, पात्लेमा जन्मिएकी लामाले म्युजिक भिडियोमा आज भन्दा १८ वर्ष पहिलेनै बिमा कुमारी दुरा र बिष्णु खत्रीको स्वरमा रहेको “मुस्ताङ लेतेमा” बोलको चर्चित लोक दोहोरी गीतबाट डेब्यु गरेकी थिइन् । डेब्यु गरे लगत्तै स्वर्गिय लोक गायक खेमराज गुरुङ, प्रकाश ओझा, लक्ष्मी न्यौपाने जस्ता ख्यातिप्राप्त लोक गायक/ गायिकाहरुको स्वरमा रहेको आधा दर्जन भन्दा बढी गीतको म्युजिक भिडियोहरुमा अभिनय गरेकी थिइन । आफ्नो अभिनय यात्रालाइ बिच्चैमा थाती राखेर केहि वर्ष बुटिक व्यवसायमा आफुलाइ व्यस्त बनाएकी लामाले व्यवसायबाट पनि हात निकालेर परदेशीने निधो गरेकी थिइन् । सन् 2012 को अन्तिम देखि दक्षिण कोरियामा बस्दै आइरहेकी लामाले विगतको अधुरो यात्रालाइ निरन्तरता दिनको लागि पुनः अभिनय यात्रा सुरु गरेको बताउछिन् ।

लोक दोहोरी गीतको म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी लामाले १८ वर्ष पछि सेलो र म्हेन्दोमाया गीतको म्युजिक भिडियो मार्फत पुनः अभिनय यात्रामा फर्किएकी छिन् । समयले भ्याएसम्म दशकौ पछि पुनः दोहोराएको यात्रालाइ निरन्तरता दिने सोचमा रहेको उनि बताउछिन् । डेढ महिना अघि छोटो समयको लागि नेपाल गएको समयलाइ सदुपयोग गर्दै ३ वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर कोरिया फर्केको लामाले बताएकी छिन् । लामाले अभिनय गरेको केही म्युजिक भिडियोहरु सार्बजानिक हुन बाकि रहेको छ । दक्षिण कोरियाको जेजु दो प्रान्तमा स्थायी बसबास गर्दै आएकी लामा उक्त क्षेत्रमा कृयाशिल नेपाल तामाङ घेदुङ जेजु शाखाको उपाध्यक्ष र गैर आवासीय नेपाली संघ जेजुदो शाखाको सदस्य पदमा रहेर सामाजिक काममा सकृयताका साथ कृयाशिल हुदै आइरहेकी छिन् ।

भर्खरै सार्बजानिक भएको गोच्चा म्याप्जीम बोलको गीतको भिडियोमा लामा र गायक तथा मोडल आरम्भ तामाङको मुख्य भुमिका रहेका छन भने भिडियोलाइ एमबी गुरुङले निर्देशन गरेका छन । गीतमा शब्द संगीत / शैलप वाइबाको रहेका छन भने आरम्भ तामाङ र बिना घलेले स्वर भरेका छन्। भिडियोलाइ देभ दोर्जे लामाले छायङ्कन गरेका हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×