भुकम्प प्रभावित क्षेत्रमा दक्षिण कोरियाका विभिन्न संघसंस्थाको पहलमा राहत वितरण
कमला केसी/दक्षिण कोरिया:गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परी जनधनको क्षति व्यहोरेका पिडित परिवारलाई राहत संकलन गरि वितरण गरिएको छ ।
दक्षिण कोरियामा सक्रिय सवै संघ संस्थाहरुको पहलमा संकलन गरिएको राहत भुकम्प प्रभावित तीन जिल्लामा वितरण गरिएको हो । जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका भूकम्प प्रभावितहरूलाई थोरै भएपनि मल्हम लगाउने उद्धेश्यले नेपाली सम्पर्क समिति एनसिसि को सहजीकरणमा कर्णाली प्रदेश समाज दक्षिण कोरिया र राप्ती समाज दक्षिण कोरियाको सहकार्यमा उक्त राहत संकलन गरिएको हो । राहत संकलनका लागि प्रदेश भित्रका जिल्लागत संघसंस्थाहरुको समन्वय र दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ संस्थाको आर्थिक सहयोग गरेका थिए ।
तीन जिल्लामा गरी २१ लाख ५४ हजार ४ सय ४ रुपैया बराबरको राहत वितरण गरिएको हो । उनिहरुले जाँजरकोटमा सव...




