Advertisement
Advertisement

Breaking News

२०२४ का लागी E7-4 कोटा ३५ हजार

२०२४ का लागी E7-4 कोटा ३५ हजार

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
दक्षिण कोरियामा परिवार समेत ल्याएर लामो समय बस्न सकिने भिसा अर्थात (दक्ष कामदार भिसा E7-4) का लागी २०२४ का लागी ३५ हजार जनाका कोटा तोकिएको छ । कोरियाको न्याय मन्त्रालयको वेवसाइटमा बिहीबार प्रकाशित सूचना अनुसार हालसम्म (E7 अन्तर्गतका e7-1 2 3 र 4 गरी E-7 भिसामा ४० हजार ९ सय ३४ जना कार्यरत छन् ! तर नयाँ खुल्ने ३५ हजार कोटा E-74 को मात्रै हो । सन् २०२३ को शुरुमा ५ हजार जनाको कोटा तोकिएपनी बर्षको अन्तिममा कोटा थप गरी ३५ हजार जना पुर्याइएको थियो । यो भिसाका लागी २०२३ को अन्त्यतिर K Point भनिने नयाँ अंक प्रणाली शुरु भएको थियो । जसमा न्युनतम बार्षिक तलब २ करोड ६० लाख भन्दा माथी हुनुपर्ने र कोरियन भाषाको दक्षतामा KIIP वा टपिकमा ३ लेभल भन्दा माथी पास हुनुपर्ने वा केआइआइपीको लेभल टेस्टमा ३ भन्दा माथी ल्याउनुपर्ने शर्त थियो । अहिले प्रकाशित भएको सूचनामा २०२४ मा कुन अंकप्रणाली लागु हुने नखुलाइ...
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्धारा स्वास्थ्य उपकरण वितरण

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्धारा स्वास्थ्य उपकरण वितरण

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, शिक्षा, स्वास्थ्य
“अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजको संयोजनमा जिल्लाका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित  संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको थियों । सो अभियानमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया,सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले सहयोग गरि आएको रकम बाट  स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको सिन्धुप...
एनआरएनए दक्षिण कोरियाले “कोरियामा विवाहित तथा आश्रित भिषाबाहक महिलाहरुको शक्ति र साहस” विषयक सेमिनार २०२४ गर्ने

एनआरएनए दक्षिण कोरियाले “कोरियामा विवाहित तथा आश्रित भिषाबाहक महिलाहरुको शक्ति र साहस” विषयक सेमिनार २०२४ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि "कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस " बिषयक  सेमिनार -२०२४‌ जनवरी १४ ,सउलमा गर्ने भएको छ। कार्यक्रममा विज्ञहरुबाट कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष बारे जानकारी ,अधिकारहरु,भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु बारे जानकारी ,कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू बारे जानकारी र सफलताका कथाहरु प्रेरणादायी यात्राहरु बारे कुराकानी गर्ने जस्ता शिर्षक आयोजकले छुट्याएको छ। बेग्लै परिवेश: एउटै क्षितिज “कोरियामा विवाहित तथा आश्रित भिसावाहक महिलाहरूको शक्ति र साहस” बिषयक सेमिनार बिशेषत...
कोरियामा पनि मनाए तमु ल्होसार फोटो फिचर सहित

कोरियामा पनि मनाए तमु ल्होसार फोटो फिचर सहित

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
तमू धीं दक्षिण कोरियाको आयोजनामा डिसेम्बर ३१ तारिख आइतबार का दिन SW컨벤션센터예식장 ११ 층 मा गायिका शर्मिला गुरुङ, तमू चलचित्रकी नायिका/मोडल अस्मि गुरुङ, गायक तथा म्युजिक एरेन्ज तेजेन्द्र गुरुङ लगायत स्थानीय कलाकारहरुको साथमा “तमू ल्होसार कार्यक्रम-२०८०”  भब्यताका साथ सम्पन्न गरेको छ । तमु धिँ दक्षिण कोरियाद्वारा  कोरियाको राजधानी सउलमा आयोजित कार्यक्रममा कोरियाका बिभिन्न स्थानमा छरिएर रहेको गुरुङ समुदायको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा गैर गुरुङ हरुको पनि उत्तिकै उपस्थिती रहेको थियो ! नेपाली पात्रो अनुसार पुष १५ गतेलाइ तमु ल्होसारको रुपमा मनाइने गरिन्छ ! नेपाली राजदुतावास दक्षिण कोरियाकी राजदुत डां ज्योति प्याकुरेलको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा कोरियास्थित बिभिन्न संघसंस्था सम्बद्ध ब्यक्तीहरुको पनि उपस्थिती थियो । कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायिक शर्मिला गुरुङको ...
सिन्धुपाल्चोक तामाङ समाज युएइले ल्होछार बृहत सांस्कृतिक कार्यक्रम गर्ने

सिन्धुपाल्चोक तामाङ समाज युएइले ल्होछार बृहत सांस्कृतिक कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, मनोरञ्जन
  विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,२०२५ club SK7,बर दुबइमा  ल्होछार बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। “मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको  २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न  तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार  नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय...
जापानको भूकम्पमा १३ जनाको मृत्यु भएको पुस्टि

जापानको भूकम्पमा १३ जनाको मृत्यु भएको पुस्टि

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, दुर्घटना
१७ पुस, काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।   सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।   भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो ।   अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।   ...
दक्षिण कोरियामा पनि मनायो अन्तराष्ट्रिय  टोपी दिवस

दक्षिण कोरियामा पनि मनायो अन्तराष्ट्रिय टोपी दिवस

Breaking News, Breaking news 1, समाचार
  दक्षिण कोरियामा पनि अन्तराष्ट्रिय टोपी दिवस मनाइएको छ ।  राजधानी सउलको सउल स्टेशनबाट नेपाली टोपीमा सजिएका हातमा झण्डा र नेपालको पर्यटकिय स्थलका फोटा भएका ब्यानर बोकी करिब २ किलोमिटर पदयात्रामार्फत कोरियाको अग्लो टावर सउल टावरसम्म पुगीएको थियो । झन्डै डेढसय जना भन्दा बढी सहभागी भएको उक्त कार्यक्रम नेपाली राजदुतावास कोरिया, पर्यटन बोर्ड र एमआरआर कोरियाले आयोजना गरेको हो । नेपाली टोपी नेपालीको पहिचानसंग प्रत्यक्ष जोडिएको बिषय भएकाले देश विदेशमा यसरी टोपी दिवस मनाउदा पर्यटन र संस्कृति प्रवर्धनमा टेवा पुग्ने विश्वास कार्यक्रममा सहभागीहरुले गरेका छन् । ८ बर्ष अघिदेखी हरेक बर्ष जनवरी १ तारिकलाइ टोपी दिवसको रुपमा विश्वभरी रहेका नेपालीहरुले मनाउँदै आएका छन् !...
देङ्देमुनमा खुल्यो एनआरएनए सेल्टर

देङ्देमुनमा खुल्यो एनआरएनए सेल्टर

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रम वाट दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर सुचारु गरेको छ। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ।विपिन कुमार गुरुगंको अध्यक्षतामा आज बसेको NRNA कोरियाको केन्द्रिय कार्यसमितिको बैठकबाट आयव्यय पारित गरिएको महासचिव प्रशान्त राज बानियांले जानकारि दिनुभयो! २६ वटा फुटसल टिम सहभागि सहित भव्यताका सम्पन्न फुटसल को आयतर्फ टिम दर्ताबाट ७२ लाख वन र सहयोग रकम बाट ६८ लाख ७५ हजार वन गरि जम्मा १ करोड ४० लाख ७५ हजार वन र खर्च तर्फबाट १ करोड ९ लाख ६ हजार वन गरि जम्मा ३१ लाख ६९ हजार वन बचत भएको कार...
जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

Breaking News, अपराध, समाचार
  बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ। गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ ।  लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।  राष्ट्रिय क्रि...
साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ १२ पुस, विराटनगर । हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा साह हुण्डी काराेबारी जस्ताे देखिएकाे उनले बताए । ‘पक्राउ परेका व्यक्ति भरिया हाेइनन्,’ उनले भने , प्रारम्भिक अनुसन्धानका क्रममा यिनी आफै काराेबारी हुन जस्ताे देखिन्छ ।’ साहले भने आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिएका छन् । को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलस...