यतिखेर दक्षिण कोरियामा अत्याधिक चिसो छ,चिसोले जनजिवन कष्टकर बन्दै गएको हामी देख्न सक्छौ,यो चिसो मौसमको सुरुवात संगै हामिले ६ जना नेपाली दाजुभाइ दक्षिण कोरियामा गुमाइसकेका छौ,यी अकल्पनीय घटानाले हामिलाई अहिले पनि पिरोलिरहेको छ ,मर्न कसैलाई रहर हुदैन,त्यो पनि विदेशमा तर कहिलेकाही हामी जे चाहदैनौ,त्यहि नै भैदिन्छ,थुप्रै बाध्यता र अभावले पिरोलिएर यहाँ आएका हामी नचाहँदा नचाहँदै यतै हराउन पुग्छौ,यतै अस्ताउन पुग्छौ !!
विभिन्न अस्वस्थ असहज र अप्ठारा काम,त्यसैमाथिको अव्यवस्थित वसाई तथा कतिपय आफ्नै लापरबाहीले पनि हामी मृत्युको नजिक पुगिरहेका हुन्छौ र साथै कतिपय कामको ज्ञान नहुनु, ब्यस्तता र समय अभावका कारण स्वस्थ्य चेकअप र त्यस सम्बन्धि अभिमुखिकरण तालिम नपाउदा पनि हामी दिनदिनै आफुलाई अस्वस्थ र मृत्युको नजिक पुराइरहेका छौ,तर हामि यो अवस्थामा पुग्नुमा रहर त हुँदै होइनन कैयौ बाध्यताका उपज हुन,जुन नच...
२० पुष २०८०, शुक्रबार १२:२५२० पुष २०८०, शुक्रबार १२:२५२० पुष २०८०, शुक्रबार १२:२५ by विशाल श्रेष्ठNo Comments
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शुक्रबार कँडेललाई ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी दिएको हो । उनले शुक्रबारदेखि नै निर्देशको जिम्मेवारी सम्हालेकी छन् । यसअघि गुरुदत्त सुवेदीले निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
गत १३ पुसमा ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनापछि सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो । घटनाको एक सातापछि कँडेलले जिमेवार सम्हालेकी हुन् ।
यसअघि उपसचिव कँडेल श्रम तथा रोजगार मन्त्रालयको सीप विकास तथा तालिम शाखा प्रमुख भएर एक वर्ष काम गरेकी थिइन् । त्यसअघि उनले वैदेशिक रोजगार बोर्डको सचिवालयमा निर्देशकको रुपमा साढे दुई वर्ष जिम्मेवारी सम्हालेकी थिइन् ।...
२० पुष २०८०, शुक्रबार १०:०८२० पुष २०८०, शुक्रबार १०:०८२० पुष २०८०, शुक्रबार १०:०८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा परिवार समेत ल्याएर लामो समय बस्न सकिने भिसा अर्थात (दक्ष कामदार भिसा E7-4) का लागी २०२४ का लागी ३५ हजार जनाका कोटा तोकिएको छ ।
कोरियाको न्याय मन्त्रालयको वेवसाइटमा बिहीबार प्रकाशित सूचना अनुसार हालसम्म (E7 अन्तर्गतका e7-1 2 3 र 4 गरी E-7 भिसामा ४० हजार ९ सय ३४ जना कार्यरत छन् ! तर नयाँ खुल्ने ३५ हजार कोटा E-74 को मात्रै हो । सन् २०२३ को शुरुमा ५ हजार जनाको कोटा तोकिएपनी बर्षको अन्तिममा कोटा थप गरी ३५ हजार जना पुर्याइएको थियो ।
यो भिसाका लागी २०२३ को अन्त्यतिर K Point भनिने नयाँ अंक प्रणाली शुरु भएको थियो ।
जसमा न्युनतम बार्षिक तलब २ करोड ६० लाख भन्दा माथी हुनुपर्ने र कोरियन भाषाको दक्षतामा KIIP वा टपिकमा ३ लेभल भन्दा माथी पास हुनुपर्ने वा केआइआइपीको लेभल टेस्टमा ३ भन्दा माथी ल्याउनुपर्ने शर्त थियो ।
अहिले प्रकाशित भएको सूचनामा २०२४ मा कुन अंकप्रणाली लागु हुने नखुलाइ...
१८ पुष २०८०, बुधबार १४:५९१८ पुष २०८०, बुधबार १४:५९१८ पुष २०८०, बुधबार १४:५९ by विशाल श्रेष्ठNo Comments
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित (Dependent) भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि "कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस " बिषयक सेमिनार -२०२४ जनवरी १४ ,सउलमा गर्ने भएको छ।
कार्यक्रममा विज्ञहरुबाट कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष बारे जानकारी ,अधिकारहरु,भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु बारे जानकारी ,कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू बारे जानकारी र सफलताका कथाहरु प्रेरणादायी यात्राहरु बारे कुराकानी गर्ने जस्ता शिर्षक आयोजकले छुट्याएको छ।
बेग्लै परिवेश: एउटै क्षितिज “कोरियामा विवाहित तथा आश्रित भिसावाहक महिलाहरूको शक्ति र साहस” बिषयक सेमिनार बिशेषत...
१७ पुष २०८०, मंगलवार १२:५८१७ पुष २०८०, मंगलवार १२:५८१७ पुष २०८०, मंगलवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,२०२५ club SK7,बर दुबइमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ।
राष्ट्रिय...
१६ पुष २०८०, सोमबार १४:२५१६ पुष २०८०, सोमबार १४:२५१६ पुष २०८०, सोमबार १४:२५ by विशाल श्रेष्ठNo Comments
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रम वाट दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर सुचारु गरेको छ।
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ।विपिन कुमार गुरुगंको अध्यक्षतामा आज बसेको NRNA कोरियाको केन्द्रिय कार्यसमितिको बैठकबाट आयव्यय पारित गरिएको महासचिव प्रशान्त राज बानियांले जानकारि दिनुभयो! २६ वटा फुटसल टिम सहभागि सहित भव्यताका सम्पन्न फुटसल को आयतर्फ टिम दर्ताबाट ७२ लाख वन र सहयोग रकम बाट ६८ लाख ७५ हजार वन गरि जम्मा १ करोड ४० लाख ७५ हजार वन र खर्च तर्फबाट १ करोड ९ लाख ६ हजार वन गरि जम्मा ३१ लाख ६९ हजार वन बचत भएको कार...
८ पुष २०८०, आईतवार १३:५१८ पुष २०८०, आईतवार १३:५१८ पुष २०८०, आईतवार १३:५१ by एलिनाNo Comments
"चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ " आनसान भेला तथा प्रचारप्रसार सम्पन्न
डिसेम्बर 24 आइतबार , "चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ "कार्यक्रमलाई सफल बनाउन नेपालीहरूको बाक्लो बसोबास रहेको आनसान क्षेत्रमा कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट लगायत प्रचारप्रसारको कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको सल्लाहकार कार्यसमिति, सोलुखुम्बुको विभिन्न सामाजिक व्यक्तित्वबारेको सहभागितामा (याक रेष्टुरेन्ट) मा आगामी कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट पश्चात आनसान क्षेत्रमा रहेको नेपाली होटल, मोबाइल पसलहरूमा पोस्टर वितरण, कार्यक्रम बारे थप जानकारी दिइ कार्यक्रम समापन भएको थियो।
चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ कार्यक्रमको सफल बनाउन विषेश टिकेट खरिद गर्नेहरूलाई लक्कि-ड्र मार्फत आईफोन 15 ,ल्यापटप , आईप्याड, मोबाइल र क्यास उपहारहरू समेतको ब्यवस्था गरेको प्रवक्ता गेल्...
८ पुष २०८०, आईतवार ००:३१८ पुष २०८०, आईतवार ००:३१८ पुष २०८०, आईतवार ००:३१ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वात...
१ पुष २०८०, आईतवार ०२:३२१ पुष २०८०, आईतवार ०२:३२१ पुष २०८०, आईतवार ०२:३२ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आधिकारिक फेसबुक पेजमा अश्लील भिडिओ सामग्री पोस्ट भएको पाइएको छ । उक्त पेजमार्फत शनिवार त्यस्तो सामग्री पोस्ट भएको हो ।
कार्यालयको आधिकारिक वेबसाइटमा लिङ्क गरिएको सो फेसबुक पेजमा १० अक्टोबर २०२२ का दिन जिल्ला प्रहरी परिसर, भक्तपुरको पोस्ट शेयर गरिएको छ, जुन उक्त पोस्ट आउनुभन्दा अगाडिको अन्तिम पोस्ट हो । त्यसपछि निस्क्रिय रहेको उक्त पेजमार्फत अश्लील सामग्री पोस्ट राखेको देखिएपछि ह्याक भएको आशंका गरिएको छ ।
यसबारे सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलासँग बुझ्दा आफूलाई यसबारे केही थाहा नभएको र बुझ्न लगाउने जानकारी दिए ।
उक्त पेजबाट पोस्ट गरिएको भिडिओमा विभिन्न ह्यासट्यागहरूसहित क्याप्सन राखिएको छ । जसमा क्लिक गर्दा उस्तै प्रकारका अश्लील सामग्री देखिन्छन् ।...
२९ मंसिर २०८०, शुक्रबार १४:४५२९ मंसिर २०८०, शुक्रबार १४:४५२९ मंसिर २०८०, शुक्रबार १४:४५ by विशाल श्रेष्ठNo Comments
सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर
काठमाडौँ । तेह्रथुमबाट एक जना स्थायी शिक्षकले केही समय अगाडि राजीनामा दिए । २०७९ को चैतमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नियुक्ति लिएका ती शिक्षक केही दिन अगाडिमात्रै राजीनामा दिएर दक्षिण कोरिया प्रस्थान गरेका हुन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा पढेर परीक्षा दिँदै उनी वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हुन् । नेपालमा जागिर गरेर आफ्नो जीविकोपार्जन गर्न गाह्रो हुने भन्दै उनले कोरियन भाषाको समेत तयारी गर्दै आएका थिए ।
उनीजस्ता शिक्षकका साथै निजामती क्षेत्रका तल्लो दर्जाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीजस्ता सरकारी सेवाबाट राजीनामा गरेर कोरिया जाने धेरै छन् ।
केही दिन अगाडि सशस्त्र प्रहरीका एक जना असईले ईपीएस कोरिया शाखाका प्रमुखसँग एउटा जिज्ञासा राखे । ड्युटीमा खटिरहेका ती असईले ...