Advertisement
Advertisement

Breaking news 2

सिन्धुपाल्चोक तामाङ समाज युएइले ल्होछार बृहत सांस्कृतिक कार्यक्रम गर्ने

सिन्धुपाल्चोक तामाङ समाज युएइले ल्होछार बृहत सांस्कृतिक कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, मनोरञ्जन
  विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,२०२५ club SK7,बर दुबइमा  ल्होछार बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। “मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको  २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न  तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार  नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय...
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी

Breaking news 2, जानकारी, भर्खरै, समाचार
  कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी काठमाडौँ — कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रर्दशन  गरेको छ । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।   प्रदर्शनकारीले एउटा सरकारी गाडीमा समेत आगजनी गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीमा आगजनगी गरिएको मन्त्री प्रकाश ज्वालाका प्रेस सल्लाहकार जीवन बीसीले बताए । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट प...
साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ १२ पुस, विराटनगर । हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा साह हुण्डी काराेबारी जस्ताे देखिएकाे उनले बताए । ‘पक्राउ परेका व्यक्ति भरिया हाेइनन्,’ उनले भने , प्रारम्भिक अनुसन्धानका क्रममा यिनी आफै काराेबारी हुन जस्ताे देखिन्छ ।’ साहले भने आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिएका छन् । को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलस...
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, मनोरञ्जन, मनोरन्जन
डिसेम्बर ३० मा खिम्जे न्यू इयर इभेन्ट हुने विशाल आवाज:परदेशको पिडा र तनाब बाट मुक्त हुन मनोरञ्जन दिलाउने उद्देश्यका साथ खिम्जे नेपाली समाज द.कोरियाले यहि डिसेम्बर ३० तारिख खिम्जेमा चर्चित गायिका अनु चौधरी र स्थानिय कलाकारहरुको साथमा खिम्जे न्यू इयर इभेन्ट आयोजना गर्ने भएको छ।  दक्षिण कोरियाको खिम्जे क्षेत्रमा रहेक खिम्जे बासि नेपाली हरु मिलेर सन्२०२३ मा स्थापित समाजले यस अघि दशै कार्यक्रम र दिमाग खराब चलचित्र प्रदर्शन कार्यक्रम सफलताको साथमा सम्पन्न गरिसकेको छ। चर्चित नेपाली गायिका अनु चौधरी को साथमा स्थानिय कलाकारहरु बिनोद बान्टावा राइ , गोकुल पाण्डे,निशान लिम्बु,आकाश राइ,उमेश राइ,प्रेरित लिम्बु,रोनिङ्ग राइको बेजोड प्रस्तुति रहने न्यू इयर इभेन्टमा होममेड म:म: ,समोसा, चटपटे र पेय पदार्थहरु सोजु,बियर,कोक,फेन्टा,जुस आदि भारी छुटको साथमा पाइने आयोजकले जनाएको छ।  डिसेम्बर ३० तारिख...
“चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ ” आनसान भेला तथा प्रचारप्रसार सम्पन्न

“चोमोलोङ्मा सांगीतिक सौगात भाग – ४ ” आनसान भेला तथा प्रचारप्रसार सम्पन्न

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन
"चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ " आनसान भेला तथा प्रचारप्रसार सम्पन्न  डिसेम्बर  24 आइतबार ,  "चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ "कार्यक्रमलाई सफल बनाउन नेपालीहरूको  बाक्लो बसोबास रहेको आनसान क्षेत्रमा कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट लगायत प्रचारप्रसारको कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सल्लाहकार कार्यसमिति, सोलुखुम्बुको विभिन्न सामाजिक व्यक्तित्वबारेको सहभागितामा (याक रेष्टुरेन्ट) मा आगामी कार्यक्रम तयारी सम्बन्धमा विशेष छलफल, तथा भेटघाट  पश्चात आनसान क्षेत्रमा रहेको नेपाली होटल, मोबाइल पसलहरूमा पोस्टर वितरण, कार्यक्रम बारे थप जानकारी दिइ कार्यक्रम समापन भएको थियो।  चोमोलोङ्मा सांगीतिक सौगात भाग - ४ कार्यक्रमको सफल बनाउन विषेश टिकेट खरिद गर्नेहरूलाई लक्कि-ड्र मार्फत आईफोन 15 ,ल्यापटप , आईप्याड, मोबाइल र क्यास उपहारहरू समेतको ब्यवस्था गरेको प्रवक्ता गेल्...
आजको राशिफल : २०८० पुस ०७ गते (शनिवार)

आजको राशिफल : २०८० पुस ०७ गते (शनिवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)समय मध्यम रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्नसक्छ भने आफन्तसँग पनि मनमुटाव होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको यात्रा लाभदायक अनि सफल रहनेछ । विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने ...
आजको राशिफल : २०८० पुस ०६ गते (शुक्रवार)

आजको राशिफल : २०८० पुस ०६ गते (शुक्रवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट ...
कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री 𝐀𝐠𝐞𝐧𝐜𝐲। दक्षिण कोरियामा एक महिलाले आफ्नो मिल्ने साथीलाई धर्मपुत्री बनाएकी छिन् । आकस्मिक रुपमा अस्पताल भर्ना हुनु परेपछि हेरचाह गर्न कोही न कोही त चाहिने रहेछ भन्ने महसुस भएपछि महिलाले वयस्क साथीलाई कानुनी रुपमै  धर्मपुत्री बनाएकी  छिन् । यो खबर यतिबेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा हेडलाइन बनेर छाइरहेको छ । ४४ वर्षीय एउन सेओ–र्यान अविवाहित हुन् । घरपरिवारमा विवाहका कारण आमाको दयनीय अवस्था देखेर एउनले कहिले बिहे नगर्ने र बालबच्चा नजन्माउने कशम खाएकी थिइन् । बिहे नै नगरेपनि घर परिवार त चाहियो । बिरामी भएको बेलामा साथमा कोही न कोही हुनुपर्‍यो । सन् २०१६ मा ग्रामीण जेओल्लामा बसाइ सरेपछि एउनले लि एओ–रेईलाई भेटिन् । यी दुवै शहरी जनजीवनबाट टाढा रहन र प्रकृतिको नजिक बस्न भनेर जेओल्ला गएका थिए । केही वर्षभित्रै यी दुवै मिल्ने साथी ...
वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। तीन वर्षमा आम्दानी १४४ प्रतिशतले बढेको निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनका अनुसार आ.व ०७७/७८ मा निगमले ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ र आ.व ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ आम्दानी गरेको छ। आ.व ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ रहेको पौडेलले बताएका छन्। हाल निगमको अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा रहेका छन्। हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्न आवश्यक कार्ययोजना बनाउने काम भइरहेको निगमले जनाएको छ।...
एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार

एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, समाचार
हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना समातिएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो । उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । अनुसन्धानका क्रममा उनले दुई अर्बको त हुन्डी कारोबार गरेको पुष्टि भएको छ । धेरैजसो कारोबार अमेरिकामा भएको छ । उनको हुन्डी कारोबारको खाता नै प्रहरीले बरामद गरेको छ । उनले अर्बौँ रुपैयाँ क्रि...