विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८१(थारु सम्बत् २६४८) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम जनवरी २९ तारिखका दिन सउलमा गर्ने भएको छ।
“हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले स्थानिय कलाकारहरुको साथमा माघी पर्व २०८१ तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वत २६४८भब्यताका साथ मनाउने भएको हो। जनवरी २९ तारिख बुधबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने कार्यक्रम सउल स्थित ट्रेन लाइन नम्बर २/४ को 신당 स्टेसनको १/१२ गेटबाट बाहिर निस्केर जान मिल्ने 성동처차차 스텐드빠 나이트 मा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू समेत खान पाइने आयोजकले जनाएको छ।
सन् २०१५ मा स्थापीत थारु कल्याणकारीणी सभा, दक्षिण कोरिया...
६ माघ २०८१, आईतवार ०८:०८६ माघ २०८१, आईतवार ०८:०८६ माघ २०८१, आईतवार ०८:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा जनवरी २८ तारिखका दिन गजेदोमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने भएको छ।
“भाषा, धर्म, कला,र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तरताको लागि एक हौँ” भन्ने मूल नाराका साथ हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा सलनालको पहिलो दिन अर्थात् जनवरी २८ तारिख मङ्गलबारका दिन गजेदो स्थित स्थित नेपाल स्टोरी रेस्टुरेन्टको सभाहल हान्वा ओसन नाम्मुनमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५”आयोजना हुने भएको हो। स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ ड...
५ माघ २०८१, शनिबार १३:१६५ माघ २०८१, शनिबार १३:१६५ माघ २०८१, शनिबार १३:१६ by एलिनाNo Comments
विशाल आवाज:नेपालको राष्ट्रिय चाड तथा तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसारको अवसरमा मोक्पोमा पनि जनवरी २६ तारिखका दिन कार्यक्रम आयोजना हुने भएको छ।
“सात समुन्द्र पारी, आफ्नो भाषा, कला, साहित्य, धर्म र संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी” भने मूल नाराका साथ मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २६ तारिख आइतबारका दिन दिउसो १ बजेबाट संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम 전남영암군 삼호읍 용앙리 1661-5 मोक्पोको थेबुल स्थित DAEBUL CLUB 2F मा हुने आयोजकले जनाएको छ।
हामी नेपाली विश्वको जुनसुकै स्थानमा कर्म गरेता पनि आफ्नो पहिचान इतिहास र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कुरालाई विशेष दायित्व सम्झी आयोजित कार्यक्रममा विशेषगरी मोक्पो आसपास लगायत ,दक्षिण कोरिया बासि...
५ माघ २०८१, शनिबार १२:३२५ माघ २०८१, शनिबार १२:३२५ माघ २०८१, शनिबार १२:३२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” मा SABIN RAI & PHAROH लगायतले माहोल तताउने पक्का भएको छ।
“खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” मा उपस्थित हुने भनिएका पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको समेत भिसा लागिसकेको कारण कार्यक्रममा माहोल तताउने पक्का भएको हो।
कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सामाजिक कल्याणकारी सहयोगार्थ सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन दिउँसो १ बजेबाट सुरु हुने छ । यसैगरी कार्यक्रमको हल पनि पहिलेको स्थानबाट परिवर्तन भई मेट्...
३ माघ २०८१, बिहीबार १३:३८३ माघ २०८१, बिहीबार १३:३८३ माघ २०८१, बिहीबार १३:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: पछिल्लो समय नेपालीको आकर्षक गन्तव्य मुलुक बनेको दक्षिण कोरियामा एक हप्ताको अवधि भित्रमै दुइ नेपालीको दुःखद निधन हुन पुगेको छ।
गत जनवरी ११ तारिखका दिन सोक्छो स्थित क्युङ्दोङ युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय रोजिना पोख्रेलको उपचारको क्रममा अस्पतालमा दुखद निधन भएको हो। काभ्रे पनौती घर भई दुई वर्ष अघि ब्याचलर डिग्री अध्ययन का लागि विद्यार्थी भिसामा दक्षिण कोरिया प्रवेश गरेकी पोख्रेल लाई जनवरी ५ तारिखका दिन GangNeung Asan अस्पताल लगि भर्ना गरिएको थियो। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरेता पनि हेपाटाइटिस र लिभर फेल भई उपचार सम्भव नभई जनवरी ११ तारिखका दिनमा उनको दुःखद निधन भएको थियो।
मृतकको दाहसंस्कार र उपचारको लागि गो फन्ड मि प्लेटफर्म लगायत विभिन्न व्यक्तित्वहरूले आर्थिक सहयोग समेत सङ्कलन गरेको थियो। स्व. रोजिना पोख्रेलको सोक्छो स्थित 속초시 승중화원 (sokcho cremation cen...
२ माघ २०८१, बुधबार ०५:४५२ माघ २०८१, बुधबार ०५:४५२ माघ २०८१, बुधबार ०५:४५ by एलिनाNo Comments
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको हो।
स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्।
यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए ।
अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।
गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।
पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।
समर्थकहरूले उनको नाम ल...
१ माघ २०८१, मंगलवार १०:४९१ माघ २०८१, मंगलवार १०:४९१ माघ २०८१, मंगलवार १०:४९ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् ।
चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘च...
२९ पुष २०८१, सोमबार १२:२९२९ पुष २०८१, सोमबार १२:२९२९ पुष २०८१, सोमबार १२:२९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ ले आफ्नो आठौं अधिवेशन तथा साधारण सभा जनवरी २६ तारिखका दिन गर्ने भएको छ।
पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाले जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १२ बजे आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा उक्त कार्यक्रम गर्न लागेको हो।
आठौँ महाधिवेशन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउनका आयोजकले कमल भण्डारीको संयोजकत्वमा अधिवेशन कार्यतालिका प्रस्तुत गर्दै उम्मेदवारी आह्वान समेत गरिसकेको छ।
"साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित संस्थाले परदेशमा रहेर पनि पूर्वीय कला,संस्कार साथै संस...
२८ पुष २०८१, आईतवार १०:३२२८ पुष २०८१, आईतवार १०:३२२८ पुष २०८१, आईतवार १०:३२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा छुसकमा आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” को आयव्यय सार्वजनिक भएको छ।
कोरियन महान चाड छुसकको अवसर पारि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४’ को किम्हे स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्ट मा एक कार्यक्रम गरी आय व्यय सार्वजनिक सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरणअनुसार सहयोगदाताबाट संकलित रकम, स्पोन्सरबाट प्राप्त र टिकट बिक्रीबाट गरि जम्मा ३ करोड १३ लाख ५४ हजार ६०१ कोरियन वन आम्दानी भएको जनाइएको छ भने विभिन्न शीर्षकमा १ करोड ८५ लाख १३ हजार ६९३ कोरियन वन खर्च भई कुल बचत १ करोड २८ लाख ४० हजार ९०८ भएको बताइएको छ । यसैगरी सहयोगिदाताबाट २७ लाख ८२ हजार कोरियन वन भने उठ्नै बाँकी रहेको आयोजकले ...
२८ पुष २०८१, आईतवार ०९:४३२८ पुष २०८१, आईतवार ०९:४३२८ पुष २०८१, आईतवार ०९:४३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सउलमा पनि यही आउँदो जनवरी १९ तारिखका दिन प्रदर्शन हुने भएको छ।
शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी १९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २२००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ...