विशाल आवाज:नेपालको राष्ट्रिय चाड तथा तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसारको अवसरमा मोक्पोमा पनि जनवरी २६ तारिखका दिन कार्यक्रम आयोजना हुने भएको छ।
“सात समुन्द्र पारी, आफ्नो भाषा, कला, साहित्य, धर्म र संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी” भने मूल नाराका साथ मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २६ तारिख आइतबारका दिन दिउसो १ बजेबाट संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम 전남영암군 삼호읍 용앙리 1661-5 मोक्पोको थेबुल स्थित DAEBUL CLUB 2F मा हुने आयोजकले जनाएको छ।

हामी नेपाली विश्वको जुनसुकै स्थानमा कर्म गरेता पनि आफ्नो पहिचान इतिहास र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कुरालाई विशेष दायित्व सम्झी आयोजित कार्यक्रममा विशेषगरी मोक्पो आसपास लगायत ,दक्षिण कोरिया बासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।










