Advertisement
Advertisement

एक हप्ताभित्रै कोरियामा दुई नेपालीको दुःखद निधन

Advertisement
Advertisement

विशाल आवाज: पछिल्लो समय नेपालीको आकर्षक गन्तव्य मुलुक बनेको दक्षिण कोरियामा एक हप्ताको अवधि भित्रमै दुइ नेपालीको दुःखद निधन हुन पुगेको छ। 

गत जनवरी ११ तारिखका दिन सोक्छो स्थित क्युङ्दोङ युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय रोजिना पोख्रेलको उपचारको क्रममा अस्पतालमा दुखद निधन भएको हो। काभ्रे पनौती घर भई दुई वर्ष अघि ब्याचलर डिग्री अध्ययन का लागि विद्यार्थी भिसामा दक्षिण कोरिया प्रवेश गरेकी पोख्रेल लाई जनवरी ५ तारिखका दिन GangNeung Asan अस्पताल लगि भर्ना गरिएको थियो। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरेता पनि हेपाटाइटिस र लिभर फेल भई उपचार सम्भव नभई जनवरी ११ तारिखका दिनमा उनको दुःखद निधन भएको थियो।

स्व. रोजिना पोख्रेल
स्व. रोजिना पोख्रेल

मृतकको दाहसंस्कार र उपचारको लागि गो फन्ड मि‌‌ प्लेटफर्म लगायत विभिन्न व्यक्तित्वहरूले आर्थिक सहयोग समेत सङ्कलन गरेको थियो। स्व. रोजिना पोख्रेलको सोक्छो स्थित 속초시 승중화원 (sokcho cremation center) मा जनवरी १७ तारिख शुक्रबारका दिन बिहान ११:३० मा श्रद्धाञ्जली सभा गरी दिउसो १ बजे दाह संस्कार गरिने स्रोतले जनाएको छ।


यसैगरी जनवरी १५ तारिख बुधबारका दिन दिन पाँचथर जिल्ला(साबिक सुभाङ) हिलिहाङ गाऊँपालिका वार्ड नं-५ मुक्तुरा निवासी बर्ष-२६ को अप्सरा मादेन लिम्बूको १९:१५ मिनेट जादा WONKWANG UNIVERSITY अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको छ। तीन वर्ष छ महिना पहिले इपीएस मार्फत दक्षिण कोरिया प्रवेश गरी इक्सानमा कृषिमा कार्यरत लिम्बु कोरिया प्रवेश गरेको केही समय पश्चात काम गर्दा गर्दै बिरामी भई अस्पताल भर्ना भएको थियो। अस्पतालमा चेक गर्ने क्रममा लिम्बुलाई LUPUS नामक जटिल रोगले आक्रमण गरेको र शरीरको सम्पूर्ण अङ्ग लगायत मिर्गौलालाई समेत हानेको पाइएको थियो। पछिल्लो समय घाटीको फेदवाट प्वाल बनाइ मिर्गौला डायलासिस बिधिबाट उपचार भैरहेतापनि जनवरी १५ तारिखका दिन साँझ ७:१५ मा उपचारको क्रममै दुःख निधन भएको अस्पतालले जनाएको हो।

निजको उपचारको क्रममा २ करोड वनभन्दा बढी खर्च लाग्ने भएको कारण दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था लगायत व्यक्तित्वहरुले आर्थिक सहयोग समेत सङ्कलन गरेको थियो।

स्व. अप्सरा मादेन लिम्बू

आर्थिक सहयोग संकलन गरेकोमध्ये पाँचथर सेवा समाज दक्षिण कोरियाले १ करोड ५६ लाख वन भन्दा बढी संकलन गरेको र उक्त रकम मृतकको परिवारलाई हस्तान्तरण गर्ने समाजका अध्यक्ष रमेश लावतीले जानकारी दिनुभयो। मृतकको घरमा आमा एक्लो भएको र बुबा पनि बितिसकेको कारण घरको निकै नाजुक अवस्था हेरी समाजले सम्पूर्ण रकम परिवारलाइ हस्तान्तरण गर्ने बताउँदै दक्षिण कोरियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिहरूले संकलन गरेको रकमसमेत यथाशीघ्र सम्पर्क गरी सम्बन्धित व्यक्तित्वलाई हस्तान्तरण गर्नका लागि संस्थाले अनुरोध समेत गरेको छ।
मृतकको शब नेपाल लानको लागि प्रोसेस भैरहेको र केहि दिनमै शब नेपाल पुर्याएर गृह थलो पाँचथरमै अन्तिम दाहसंस्कार गरिने श्रोतले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

NV Casino Regisztrációs Hibák: Űrlapproblémák és Megoldásaik

Tartalom1. A Regisztrációs Űrlap Gyakori Belépési Akadályai2. Felhasználónév és Jelszó Követelmények3. A Verifikációs Folyamat és ...

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...

Google Pay Deposits on Kingia: Supported Countries

Contents1. What is Google Pay and Why Use It at Kingia?2. Step-by-Step Guide to Making a Google Pay Deposit3. Supported Countries ...

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×