विशाल आवाज:सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन 한강 मा हुने होली महोत्सव २०२५ मा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे पनि उपस्थित हुनुहुने भएको छ।
पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच "स" दक्षिण कोरियाको आयोजनामा हानखाङ नदिको किनारमा मार्च १६ तारिख आइतबारका दिन मध्यान्न १२ बजेबाट सुरु हुने होली कार्यक्रमको कलाकारसहितको ब्यानर सार्वजनिक गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
होलिका लागि आवश्यक रङ र टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुनेका साथै नेपाली मौलिक खाना सेलरोटी चिया तथा पानीपुरी समेत उपलब्ध हुने कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्किने र परम्परागत एवं सांगीतिक प्रस्तुति समेत र...
२२ फाल्गुन २०८१, बिहीबार १२:३३२२ फाल्गुन २०८१, बिहीबार १२:३३२२ फाल्गुन २०८१, बिहीबार १२:३३ by एलिनाNo Comments
बर्दिवास – होली पर्वको अवसरमा गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनले यो गीत गाएका हुन् । गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् ।
गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ ।
ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै रुद्रसेनले भने, “आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !”
गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । साथै, स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा ...
१ फाल्गुन २०८१, बिहीबार १३:३५१ फाल्गुन २०८१, बिहीबार १३:३५१ फाल्गुन २०८१, बिहीबार १३:३५ by विशाल श्रेष्ठNo Comments
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले साधारण सभा राजदूत स्वागत तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। महासंघको फेब्रुअरी ९ तारिखमा बसेको औपचारिक भर्चुअल बैठकले छलफल मार्फत उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो।
महासंघको कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रस्तावित ३ बुदे एजेन्डा पारित गरेको छ। सार्वजनिक निर्णयको पहिलो बुदामा संस्थाको साधारणसभा, दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत शिबमाया तुम्बाहाम्फेको स्वागत तथा सार्वजनिक सुनवाइ गर्ने रहेको छ।
साथै महासंघले आयोजना गर्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न कार्यसमिति र पत्रकार महासंघ कोरियाका सदस्यहरुमा आर्थिक भौतिक र नैतिक तवरले सकृय रुपमा लागि पर्न र विभिन्न संघ संस्थाहरु सँग समन्वय गर्ने निर्णय गरेको छ।
कार्यक्रम मार्च ९ तारिखका दिन राजधानी सौलको दोङ्देम...
२९ माघ २०८१, मंगलवार १०:१२२९ माघ २०८१, मंगलवार १०:१२२९ माघ २०८१, मंगलवार १०:१२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नवलपुर समाज दक्षिण कोरियाले फेब्रुअरी २३ तारिखका दिन सुवनमा आफ्नो छैठौँ साधारण सभा गर्ने भएको छ।
“we for all,nawalpur samaj” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित नवलपुर समाज दक्षिण कोरियाले यही आउँदो फेब्रुअरी २३ तारिख आइतबारका दिन दिउसो १२ बजे सुवन स्थित कामना हल (पाँचौं तल्ला) मा छैटौ साधारण सभा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको हो। नवलपुर समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ।
फेब्रुअरी २३ तारिख आइतबारका दिन आयोजना हुने समाजको छैठौँ साधारण सभा कार्यक्रममा विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले विशाल आवाजमार्फत हार्दिक निमन्त्रणा समेत गरेको छ।...
२५ माघ २०८१, शुक्रबार ०४:३३२५ माघ २०८१, शुक्रबार ०४:३३२५ माघ २०८१, शुक्रबार ०४:३३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको दोस्रो ठूलो सहर किम्हे बुसानमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन प्रदर्शन हुने भएको छ।
शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ न्यू भिजन ग्रुप दक्षिण कोरियाले यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको किम्हे बुसान स्थित खाया थेहाक्योको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
“युवाहरूको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” मूल नाराका साथ स्थापित न्यू भिजन ग्रुप दक्षिण कोरियाले यसअघि पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी दक्षिण कोरिया लगायत नेपालमा सामाजिक कार्यहरूमा हातेमालो समेत गर्दै ...
१८ माघ २०८१, शुक्रबार ११:२०१८ माघ २०८१, शुक्रबार ११:२०१८ माघ २०८१, शुक्रबार ११:२० by विशाल श्रेष्ठNo Comments
गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।
गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।
सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।...
१६ माघ २०८१, बुधबार १३:३२१६ माघ २०८१, बुधबार १३:३२१६ माघ २०८१, बुधबार १३:३२ by एलिनाNo Comments
द. कोरिया सउल – नेपाल मुक्तक प्रतिष्ठानले कोरियामा बृहत साहित्य मेला सम्पन्न गरेको छ । शनिबार दोङ्देमुनमा कविता, गजल, मुक्तक र हाइकुलाई बिशेष वाचन सहित कार्यक्रम गरेको हो ।
बिशेष कविको रूपमा उपस्थित सिद्धान्त गौतम (कलमकार) ले आफ्ना ४ वटा कविता सुनाए । बिशेष गजलकारहरू राधेश आचार्य र सुधाकर दाहालले आ-आफ्ना आधा/आधा दर्जन गजलहरू प्रस्तुत गरे । मुक्तक लागि पनि कविता र गजलजस्तै ह्यारी बोण्ड र तिल्ता मगरले आफ्ना एक एक दर्जन मुक्तकहरू सुनाए । त्यस्तै कवि डिइबी सिकारुले पनि आफ्ना दर्जनभन्दा बढी हाइकुहरू सुनाए ।
कार्यक्रममा प्रचण्ड सापकोटा, दीपक स्पन्दन, रुसन सुवेदी, सञ्जय, जीवन भण्डारी, रुद्र कँडेल लगायतले पनि आआफ्ना कविता, गजल, मुक्तकहरू सुनाए ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष निर्दोष सभापति रहेको यस कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा थिए ...
१३ माघ २०८१, आईतवार १३:२०१३ माघ २०८१, आईतवार १३:२०१३ माघ २०८१, आईतवार १३:२० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, ख्याङसाङ बुसान साखाको आयोजनामा जनवरी २९ तारिखका दिन किम्हेमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”का लागि तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।
भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्।
मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुग...
१० माघ २०८१, बिहीबार ११:३५१० माघ २०८१, बिहीबार ११:३५१० माघ २०८१, बिहीबार ११:३५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया,जेजु शाखाको आयोजनामा जनवरी ३० तारिखका दिन जेजुदोमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
“भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको आयोजनामा जनवरी ३० तारिख बिहिबारका दिन जेजुदो स्थित Astar Hotel मा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” आयोजना हुने भएको हो।
नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो १२:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। “तामाङ भाषा, धर्म, संस्कार, सं...
९ माघ २०८१, बुधबार १३:३७९ माघ २०८१, बुधबार १३:३७९ माघ २०८१, बुधबार १३:३७ by विशाल श्रेष्ठNo Comments
हालै मात्र आउनुभएको कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाम्फे सँग शिष्टाचार भेटघाट गरी विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले नेपाली राजदूतावास, दक्षिण कोरियालाई विभिन्न महत्वपूर्ण विषयमा सचेत गराउँदै ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।
महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फे सचिव पुष्पराज भट्टराई र नवनियुक्त द्वितीय सचिवको उपस्थितिमा गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका तर्फबाट समग्र नेपाली समुदायको समस्या र समाधानका सम्बन्धमा रही ज्ञापनपत्र हस्तान्तरण भएको हो। NRNA र नेपाली राजदूतावासबीच आपसी सम्बन्ध सहकार्यमा राजदूतसँगको भेटले थप ऊर्जा थपेको अध्यक्ष विपिन कुमार गुरुङले बताउनुभएको छ।
एनआरएनएको तर्फबाट एनआरएनए आईसीसी केन्द्रीय सचिव जुनु गुरुङ, एनआरएनए–एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ, महासचिव प्रशान्तराज...