Advertisement
Advertisement

विपिन कुमार गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरिया द्वारा राजदूत सँग शिष्टाचार भेटघाट सहित ज्ञापनपत्र हस्तान्तरण

Advertisement
Advertisement

हालै मात्र आउनुभएको कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाम्फे सँग शिष्टाचार भेटघाट गरी विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले नेपाली राजदूतावास, दक्षिण कोरियालाई विभिन्न महत्वपूर्ण विषयमा सचेत गराउँदै ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फे सचिव पुष्पराज भट्टराई र नवनियुक्त द्वितीय सचिवको उपस्थितिमा गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका तर्फबाट समग्र नेपाली समुदायको समस्या र समाधानका सम्बन्धमा रही ज्ञापनपत्र हस्तान्तरण भएको हो। NRNA र नेपाली राजदूतावासबीच आपसी सम्बन्ध सहकार्यमा राजदूतसँगको भेटले थप ऊर्जा थपेको अध्यक्ष विपिन कुमार गुरुङले बताउनुभएको छ।


एनआरएनएको तर्फबाट एनआरएनए आईसीसी केन्द्रीय सचिव जुनु गुरुङ, एनआरएनए–एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ, महासचिव प्रशान्तराज बानियाँ, र सल्लाहकार परिषद सदस्य सानु चन्दको समेत उपस्थिति रहि १० बुँदा विषयवस्तुहरू समेटी राजदूतलाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो।


१० बुदे ज्ञापनपत्रमा निम्नानुसार बुँदाहरू रहेको छ।
१. दूतावासको सेवा सम्बन्धमा:
नेपाली राजदूतावास दक्षिण कोरियाबाट प्रवाह हुने सेवाहरू छिटो, छरितो, र चुस्त बनाउनका साथै नेपाली श्रमिक वर्गको बाध्यतालाई बुझेर कार्यालय सेवाको दिन मात्र नभई प्रत्येक आइतबार पनि सेवा उपलब्ध गराउने वातावरण सिर्जना गर्न अनुरोध गर्दछौ ।

२. हवाई उडान:
विगत लामो समयदेखि नेपाली राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाइन्स दक्षिण कोरिया अवतरण हुन सकेको छैन । आफ्नै एयरलाइन्समा यात्रा गर्न चाहने हजारौँ नेपाली तथा पर्यटकको रुपमा नेपाल यात्रा गर्न चाहने कोरियाली नागरिकहरूले सास्ती भोग्नुपरेको छ । यस विषयमा तत्काल पहल गरी उडान सञ्चलन गर्न अनुरोध गर्दछौं ।

३. राष्ट्रिय पेन्सन बीमा (국민 연금):
रोजगार अनुमति प्रणाली (ई.पी.एस.)बाट आएका नेपाली कामदारले कोरियाली राष्ट्रिय पेन्सन बीम पाउन सकेको छैनन, यस विषयमा उचित पहल गरी नेपाली कामदारको पेन्सन बीमा सुनिश्चित गर्न अनुरोध गर्दछौं ।

४. दुर्घटना, बिरामी र मृत्यु:
दक्षिण कोरियामा अकस्मात् दुर्घटना, बिरामी, वा दुःखद मृत्युका कारण नेपाली समुदायले ठूलो आर्थिक समस्या भोग्नुपर्दछ । विशेषतः मृतकको शव नेपाल पठाउन आर्थिक अभियान चलाउनुपर्ने बाध्यता अझै कायमै छ । वैदेशिक रोजगार बोर्डको राहत रकम पर्याप्त छैन । राहत तथा आर्थिक सहयोगका कार्यक्रमको दायरा बढाउन र नयाँ प्याकेजका कार्यक्रम ल्याउन पहल गर्न अनुरोध गर्दछौं ।

५. APPOINTMENT झन्झट:
राजदूतावासमा कन्सुलर सेवा (VISA/CONSULAR) का लागि APPOINTMENT पाउन लामो समय कुर्नुपर्ने समस्या समाधान गरी छिटो सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गर्दछौ ।

६. बुद्ध वाज बर्न इन  नेपालको अभियान:
कोरियाली भूमिमा गौतम बुद्धको जन्मस्थल नेपाल भन्ने तथ्यलाई अझै पनि पर्याप्त रूपमा प्रचार गर्न सकिएको छैन । भ्रम र गलत तथ्य चिर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम आयोजना गर्न र जनस्तरमा सचेतना अभियान चलाउन अनुरोध गर्दछौं ।

७. कोरियाली विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीको पहुँच:दक्षिण कोरियाका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरूको पहुँच र अवसर सहज बनाउन र छात्रवृत्तिको व्यवस्था सुनिश्चित गर्न पहल गर्न अनुरोध गर्दछौं ।

८. नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण:
दक्षिण कोरियामा रहेका नेपाली समुदायको सहभागितामा नेपाली भाषा, संस्कृति, र परम्पराको संरक्षण गर्न विशेष कार्यक्रम आयोजना गर्नका लागि अनुरोध गर्दछौं ।

९. वित्तीय समस्या समाधानका लागि परामर्श सेवा:
कोरियामा नेपालीहरूले वित्तीय कारोबार गर्दा भोग्ने समस्या समाधान गर्न वित्तीय परामर्श सेवा उपलब्ध गराउने वातावरण सिर्जना गर्न पनि अनुरोध गर्दछौ ।

१०. थप सेवा र सहकार्यका सम्भावना:
दक्षिण कोरियामा नेपाली समुदायको हकहितलाई अझ मजबुत बनाउन, नेपाली संघ-संस्थासँग सहकार्य गरी विशेष सहयोग कार्यक्रम सञ्चालन गर्न पनि अनुरोध गर्दछौं ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×