Advertisement
Advertisement

Breaking news 2

सलनालको जाडोमा सबिन राइको‌‌ ब्याण्डले‌ माहोल तताउने पक्का; लाग्यो सबै कलाकारको भिषा, एक्कासी कार्यक्रम हल परिवर्तन

सलनालको जाडोमा सबिन राइको‌‌ ब्याण्डले‌ माहोल तताउने पक्का; लाग्यो सबै कलाकारको भिषा, एक्कासी कार्यक्रम हल परिवर्तन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” मा SABIN RAI & PHAROH लगायतले माहोल तताउने पक्का भएको छ। “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५”‌ मा उपस्थित हुने भनिएका पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको समेत भिसा लागिसकेको कारण कार्यक्रममा माहोल तताउने पक्का भएको हो। कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सामाजिक कल्याणकारी सहयोगार्थ सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन दिउँसो १ बजेबाट सुरु हुने छ । यसैगरी कार्यक्रमको हल पनि पहिलेको स्थानबाट परिवर्तन भई मेट्...
एक हप्ताभित्रै कोरियामा दुई नेपालीको दुःखद निधन

एक हप्ताभित्रै कोरियामा दुई नेपालीको दुःखद निधन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: पछिल्लो समय नेपालीको आकर्षक गन्तव्य मुलुक बनेको दक्षिण कोरियामा एक हप्ताको अवधि भित्रमै दुइ नेपालीको दुःखद निधन हुन पुगेको छ।  गत जनवरी ११ तारिखका दिन सोक्छो स्थित क्युङ्दोङ युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय रोजिना पोख्रेलको उपचारको क्रममा अस्पतालमा दुखद निधन भएको हो। काभ्रे पनौती घर भई दुई वर्ष अघि ब्याचलर डिग्री अध्ययन का लागि विद्यार्थी भिसामा दक्षिण कोरिया प्रवेश गरेकी पोख्रेल लाई जनवरी ५ तारिखका दिन GangNeung Asan अस्पताल लगि भर्ना गरिएको थियो। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरेता पनि हेपाटाइटिस र लिभर फेल भई उपचार सम्भव नभई जनवरी ११ तारिखका दिनमा उनको दुःखद निधन भएको थियो। मृतकको दाहसंस्कार र उपचारको लागि गो फन्ड मि‌‌ प्लेटफर्म लगायत विभिन्न व्यक्तित्वहरूले आर्थिक सहयोग समेत सङ्कलन गरेको थियो। स्व. रोजिना पोख्रेलको सोक्छो स्थित 속초시 승중화원 (sokcho cremation cen...
दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, समाचार
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको हो।  स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्। यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।  गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।  पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।  समर्थकहरूले उनको नाम ल...
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्

चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
  काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान  गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् ।  चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘च...
“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा जनवरी २६ मा

“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा जनवरी २६ मा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ ले आफ्नो आठौं अधिवेशन तथा साधारण सभा जनवरी २६ तारिखका दिन गर्ने भएको छ। पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाले जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १२ बजे आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा उक्त कार्यक्रम गर्न लागेको हो। आठौँ महाधिवेशन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउनका आयोजकले कमल भण्डारीको संयोजकत्वमा अधिवेशन कार्यतालिका प्रस्तुत गर्दै उम्मेदवारी आह्वान समेत गरिसकेको छ। "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित संस्थाले परदेशमा रहेर पनि पूर्वीय कला,संस्कार साथै संस...
“सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” आयव्यय सार्वजनिक २७ लाख उठ्नै बाँकी

“सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” आयव्यय सार्वजनिक २७ लाख उठ्नै बाँकी

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा छुसकमा आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” को आयव्यय सार्वजनिक भएको छ। कोरियन महान चाड छुसकको अवसर‌ पारि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४’ को किम्हे स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्ट मा एक कार्यक्रम गरी आय व्यय सार्वजनिक सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार सहयोगदाताबाट संकलित रकम, स्पोन्सरबाट प्राप्त र टिकट बिक्रीबाट गरि जम्मा ३ करोड १३ लाख ५४ हजार ६०१ कोरियन वन आम्दानी भएको जनाइएको छ भने विभिन्न शीर्षकमा १ करोड ८५ लाख १३ हजार ६९३ कोरियन वन खर्च भई कुल बचत १ करोड २८ लाख ४० हजार ९०८ भएको बताइएको छ । यसैगरी सहयोगिदाताबाट २७ लाख ८२ हजार कोरियन वन भने उठ्नै बाँकी रहेको आयोजकले ...
जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सउलमा पनि यही आउँदो  जनवरी १९ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको  ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी १९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २२००० कोरियन वन  तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के,  सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ...
कोरियामा पनि भव्यताको साथ मनाइयो “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” फोटो फिचर सहित

कोरियामा पनि भव्यताको साथ मनाइयो “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” फोटो फिचर सहित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा पुष २७ गते अर्थात् जनवरी ११ तारिखका दिन कोरियाको सुवनमा भव्यताको साथ “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको छ। प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको हो। सुवन स्थित कामना रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन रूपक केसीले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष संगठनका अध्यक्ष हरिजंग शाह ठकुरीले गरेका थिए। वैदिक स्वस्तिवाचनको साथमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण ,पुष्प र अविर अर्पण गरी समुद्घाटन गरिएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न राजनीतिक संगठनका प्रतिनिधिहरू, विभि...
जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
दक्षिण कोरिया । गायक जिन्लाप तामाङको स्वरमा रहेको कोरियाको शहरमा बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक जिन्लाप तामाङको आधिकारिक युट्युब च्यानल जिन्लाप तामाङ मार्फत सनिबार सार्वजनिक गरिएको हो । जिन्लाप तामाङको शब्द,संगीत र स्वरमा बनेको गीतको भिडियोमा समेत गायक तामाङ स्वयमले अभिनय गरेका छन् । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई शुभराज भोम्जनले निर्देशन गरेका छन् । मनोज थापा मगरको मिक्सिङ गरेको गीतमा एम स्टुडियोमा रेकर्ड गरेको थियो । त्यसैगरी जोन राईको भिडियो सम्पादन रहनुका साथै अमिर योञ्जनले छायाँकन गरेको थियो । गीतमा परदेशीनु पर्दाको पिडा र अवस्थालाई दर्शाउने प्रयास गरेको छ । https://youtu.be/LM532OXfJwA?si=8xUbLaaBOWZrwT5c...
आइतबार सुवनमा हुने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा

आइतबार सुवनमा हुने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरको साथमा आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको छ। “चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति” भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया,  किम्हे/बुसान शाखा, थेगु शाखा, जेजु शाखा,  DSME मगर समाज गजेदो, मोक्पो छल्लादो शाखा र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरज्यूको साथमा यही आउँदो आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा आयोजना हुन लागेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।    कोरियामा बर्षेनी मनाउदै आइरहेको "मगर माघे संक्रान्ति विशेष कार्यक्रम" यसपालि ‌ सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장...