Advertisement
Advertisement

कोरियामा पनि भव्यताको साथ मनाइयो “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” फोटो फिचर सहित

Advertisement
Advertisement

विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा पुष २७ गते अर्थात् जनवरी ११ तारिखका दिन कोरियाको सुवनमा भव्यताको साथ “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको छ।

प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको हो। सुवन स्थित कामना रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन रूपक केसीले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष संगठनका अध्यक्ष हरिजंग शाह ठकुरीले गरेका थिए। वैदिक स्वस्तिवाचनको साथमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण ,पुष्प र अविर अर्पण गरी समुद्घाटन गरिएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न राजनीतिक संगठनका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूले पृथ्वीनारायण शाहको बारेमा विभिन्न प्रकारको धारणा राख्दै “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस”को शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजदुत लाइ निमन्त्रणा गरेता पनि अन्तिम समयसम्म उहाँको उपस्थिति नहुदा केही अतिथिहरूले मन्तव्यकै क्रममै प्रश्न समेत उठाएका थिए। यसैगरी नेपाल सरकारले समेत सार्वजनिक बिदा दिन थालिसकेको “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” जस्तो कार्यक्रम एक राजनीतिक भातृ संगठनले मात्र नभई दक्षिण कोरियामा रहेका सबै संघसंस्थाले मिलेर आयोजना गर्नुपर्ने कुरामा उपस्थित अतिथिहरूले जोडसमेत दिएका थिए।
कार्यक्रमको समयमा बीचबीचमा मन्तव्य मात्र नभएर साहित्यवाचन तथा विभिन्न गीतहरू समेत प्रस्तुति गरिएको थियो भने‌ कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन सहयोग गरेको भन्दै कलाकार मिलन सापकोटा लाइ आयोजकले सम्मान समेत गरेको थियो।

१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।
उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।


विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।

पछिल्ला वर्षमा उहाको योगदानको कदर गर्दै पुष्पकमल दाहाल(प्रचण्ड)नेतृत्वको नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा विक्रम सम्वत् २०७९ साल बाट पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।उहाको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×