काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरमा शनिवार साँझ भाडाको फ्ल्याटमा बस्दै आएका बाबु छोरी मृत भेटिएका थिए ।रामेछापका ४२ वर्षीय किशोर भण्डारी शौचालयभित्र झुन्डिएको र ७ वर्षीया छोरी घाँटी रेटिएको अवस्थामा मृत भेटिएका थिए।
ढोका भित्रबाटै बन्द भएका कारण प्रहरीले प्रारम्भिक रूपमा किशोरले छोरीको हत्यापछि आत्महत्या गरेको आशंका गरेको छ। छोरी शारिरिक रुपमा अशक्त थिइन्। प्रारम्भिक अनुसन्धानमा किशोरले बिहान मात्र ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको छ। साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोर फार्मेसी सञ्चालक हुन्। केही समयदेखि उनमा मानसिक समस्या रहेको पनि पाइएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको छ। एक पेजको सुसाइड नोटमा किशोरले घर व्यवहारका कुरा लेखेका छन्।...
२१ माघ २०७९, शनिबार ०७:५८२१ माघ २०७९, शनिबार ०७:५८२१ माघ २०७९, शनिबार ०७:५८ by एलिनाNo Comments
काठमाडौँ — यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।
स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।
प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।
...
२० माघ २०७९, शुक्रबार ०७:५८२० माघ २०७९, शुक्रबार ०७:५८२० माघ २०७९, शुक्रबार ०७:५८ by एलिनाNo Comments
नाबालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।
मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।
विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ।
आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्द...
२० माघ २०७९, शुक्रबार ०७:१८२० माघ २०७९, शुक्रबार ०७:१८२० माघ २०७९, शुक्रबार ०७:१८ by एलिनाNo Comments
आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।
आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्।
उनले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन (मापसे) गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको मृत्यु भएको थियो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...
१९ माघ २०७९, बिहीबार १२:२११९ माघ २०७९, बिहीबार १२:२११९ माघ २०७९, बिहीबार १२:२१ by एलिनाNo Comments
काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए ।
उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो ।
स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए ।...
१० माघ २०७९, मंगलवार ०९:५११० माघ २०७९, मंगलवार ०९:५११० माघ २०७९, मंगलवार ०९:५१ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपतकालिन राहत अक्षयकोष निर्माणार्थ" खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २२ तारिख DJ Tshering को साथमा COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न भएको छ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ लक्षित गरेर कोरिया लगायत नेपालमा हुने भैपरि घटनामा सहयोग गर्न आपतकालीन राहत अक्षयकोष खडा गरि सामाजिक काममा हातेमालो गर्ने संगै मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ आयोजित डान्सपार्टीमा डिके छिरिङको साथमा स्थानीय कलाकार जनम राइ, प्रदिप राइको बेजोड प्रस्तुति रहेको कक्टेल डान्स पार्टी जनवरी २२ तारिख बेलुकी ८ बजेदेखि सउलको 성동 나아트클럽 ( 서울 특별시 중구 흥인동 15 번) line no 3/6 sindang station Exit1/12 को क्लबमा होल नाइट फुल डिजे पार्टी भएको खोटाङ सेवा समाज दक्षिण कोरियाको अध्यक्ष नभ नविन राइले BISHALAAWAJ.COM लाइ बताएको छ।
डान्सपार्टी सफल पा...
२९ पुष २०७९, शुक्रबार १४:३३२९ पुष २०७९, शुक्रबार १४:३३२९ पुष २०७९, शुक्रबार १४:३३ by एलिनाNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला भएको छ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" को अनलाईन टिकट शुक्रबार वाट खुला गरिएको र पेपर टिकट शनिबार बाट छनान्,फेन्थेक,सुवन,दोङदेमुन,आनसान,ह्वासाङ लगायत का नेपाली रेष्टुरेन्ट र आयोजक समिति र बिभिन्न सम्पर्क स्थान र व्यक्तीहरूबाट लिन सक्नुहुने आयोजकले BISHALAAWAJ.COM लाइ जानकारी दिनुभएको छ।
यसैगरी अनलाईन टिकटको लागि GME रेमिट को एपमा गएर reward point मा क्लिक गरी दाहिने तिर रहेको Redeem मा क्लिक गरी cultural life मा पुन क्ल...
१७ पुष २०७९, आईतवार ०९:०८१७ पुष २०७९, आईतवार ०९:०८१७ पुष २०७९, आईतवार ०९:०८ by विशाल श्रेष्ठNo Comments
कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने "चितवन सांगीतिक धमाका भाग-४" कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा चितवन सम्पर्क समितीको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा NRNA दक्षिण कोरिया अध्यक्ष दिपक पुन, विशेष अतिथिको रुपमा वाग्मती प्रदेश एकता समाजका अध्यक्ष रवि प्रताप घिसिङ तथा अतिथि हरुमा प्रवासी एकताको मन्चको अध्यक्ष सन्जिब भण्डारी, राप्ती समाजको अध्यक्ष ओमलाल ओलि लगायत विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु पत्रकार हरु को उपस्थिति रहेको थियो।...
११ पुष २०७९, सोमबार १३:५६११ पुष २०७९, सोमबार १३:५६११ पुष २०७९, सोमबार १३:५६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको तेश्रो अधिवेशन जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हेमा गर्ने भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाएको ग्रुपले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्नु को साथै भर्चुअल स्वास्थ्य परामर्श कार्यक्रम हरु पनि गर्दै आएको छ।
ग्रुपले गरेको केहि कार्यहरुको तस्बिर:
तेश्रो अधिवेशन ...
११ पुष २०७९, सोमबार १३:११११ पुष २०७९, सोमबार १३:११११ पुष २०७९, सोमबार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: BLUE LION FC SOUTH KOREA ले कोरिया स्थित 서울 सहरको को Subway line 4 성신여대입구 exit 1(뜻밖의 극장) मा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन मिति JANUARY 21 तारिख मा प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र (SOUL OF THE COMMANDO) Seoul show को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
'हरेक देशको लागि कमान्डो हो भन्ने सन्देश दिएर बनाइएको चलचित्र SOUL OF THE COMMANDO "सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि कार्यक्रम संयोजक बालु हाङ राइले हार्दिक अनुरोध गरेको छ।
दिउसो २:०० बजे सुरु हुने सो को हल 서울특별시 성북구 동소문로 20 이길 27 (뜻밖의 극장) रहेको ...