दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तस्थित छोङ्दोमा भएको रेल दुर्घटनाले देश हल्लिएको छ। मंगलबार बिहान करिब १०:५० बजे ट्र्याक मर्मतमा खटिएका सात कामदारमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए।
यस भयानक घटनापछि कोरिया रेलरोड (KORAIL) का प्रमुख कार्यकारी अधिकृत हानले नैतिक जिम्मेवारी लिँदै तुरुन्तै राजीनामा दिएका छन्। भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, दुर्घटनाको दिनमै उनले आफ्नो पदत्याग पत्र बुझाएका थिए।
हान जुलाई २०२३ मा सीईओ बनेका थिए र उनको कार्यकाल जुलाई २०२६ सम्म रहने तय थियो। तर, दुर्घटनाप्रति जिम्मेवारी स्वीकार गर्दै उनले पद छाड्ने निर्णय गरेका हुन्।
ट्र्याकमा मर्मत कार्य भइरहेका बेला अचानक आएको मुङुङ्वा रेलले कामदारहरुलाई ठक्कर दिँदा दुर्घटना भएको पुष्टि भएको छ।
यो घटना केवल रेल सुरक्षा प्रणालीमाथि प्रश्न उठाउने मात्र होइन, सार्वजनिक ...
५ भाद्र २०८२, बिहीबार ०८:०२५ भाद्र २०८२, बिहीबार ०८:०२५ भाद्र २०८२, बिहीबार ०८:०२ by एलिनाNo Comments
दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तस्थित छोङ्दोमा भएको रेल दुर्घटनाले देश हल्लिएको छ। मंगलबार बिहान करिब १०:५० बजे ट्र्याक मर्मतमा खटिएका सात कामदारमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए।
यस भयानक घटनापछि कोरिया रेलरोड (KORAIL) का प्रमुख कार्यकारी अधिकृत हानले नैतिक जिम्मेवारी लिँदै तुरुन्तै राजीनामा दिएका छन्। भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, दुर्घटनाको दिनमै उनले आफ्नो पदत्याग पत्र बुझाएका थिए।
हान जुलाई २०२३ मा सीईओ बनेका थिए र उनको कार्यकाल जुलाई २०२६ सम्म रहने तय थियो। तर, दुर्घटनाप्रति जिम्मेवारी स्वीकार गर्दै उनले पद छाड्ने निर्णय गरेका हुन्।
ट्र्याकमा मर्मत कार्य भइरहेका बेला अचानक आएको मुङुङ्वा रेलले कामदारहरुलाई ठक्कर दिँदा दुर्घटना भएको पुष्टि भएको छ।
यो घटना केवल रेल सुरक्षा प्रणालीमाथि प्रश्न उठाउने मात्र होइन, सार्वजनिक ...
४ भाद्र २०८२, बुधबार ११:३१४ भाद्र २०८२, बुधबार ११:३१४ भाद्र २०८२, बुधबार ११:३१ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गण्डकी प्रदेश समाजले स्वास्थ्य परामर्श कार्यक्रम ल्याउन लागेको छ। कार्यक्रम आगामी शनिबार, अगस्ट २३ का दिन, नेपाली समय साँझ ५ बजे र कोरियाली समय साँझ ८:१५ बजेबाट प्रत्यक्ष प्रशारण हुने भएको छ।
कार्यक्रम गण्डकी प्रदेश समाजको फेसबुक पेज र पोखरा टेलिभिजनमार्फत LIVE प्रसारण हुनेछ। यस अवसरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, डा. रेखा पौडेलले महिलामैत्री स्वास्थ्य परामर्श दिनुहुनेछ भने प्रस्तोताको रुपमा गोबिन्द बानिया रहनेछ ।
स्वास्थ्य समस्याका कारण उपचारमा कठिनाइ भोगिरहेका तथा भाषा अवरोधकै कारण अस्पतालमा समस्या राख्न नसकेका प्रवासी नेपालीलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम ल्याइएको आयोजकहरूले बताएका छन्।
कोरियामा बस्ने महिला दिदीबहिनीहरूले आफ्नो समस्या प्रत्यक्ष कार्यक्रममार्फत राख्न सक्नेछन्। साथै, कार्यक्रम अघि वा ...
४ भाद्र २०८२, बुधबार ०६:०८४ भाद्र २०८२, बुधबार ०६:०८४ भाद्र २०८२, बुधबार ०६:०८ by एलिनाNo Comments
दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरलाई निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरी महिनामा आत्महत्या गर्न बनाइएको पीडादायी घटना अझै पनि प्रवासी समुदायको मनमा ताजा छ। यो घटनापछि श्रमिक अधिकारका लागि लामो समयदेखि संघर्षरत migrant Workers’ Union (एमटियु)ले पीडितका पक्षमा मुद्दा दायर गरेको थियो, जसको परिणाम स्वरूप अन्ततः न्यायालयले दोषीहरूलाई सजाय सुनाएको छ।
अगस्ट २० मा मोक्पो अदालतले निर्णय गर्दै बङ्गुर फर्म मालिकलाई दुई वर्षको जेल सजाय र दश लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको छ। यो फैसला सहजै आएको होइन, लामो समयसम्म प्रवासी श्रमिक र अधिकारकर्मीहरूले देखाएको दबाब र निरन्तर आन्दोलनकै कारण आज कानुनले आवाजविहीन श्रमिकको पक्षमा निर्णय लिएको हो।
तर प्रवासी श्रमिकको वास्तविकता अझै प...
३ भाद्र २०८२, मंगलवार १२:२३३ भाद्र २०८२, मंगलवार १२:२३३ भाद्र २०८२, मंगलवार १२:२३ by एलिनाNo Comments
बिशाल आवाज: कोरियाली महान पर्व छुसकको अवसरमा दक्षिण कोरियामा पहिलोपटक “लुम्बिनी साँगीतिक महोत्सव – २०२५” आयोजना हुने भएको छ। लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा हुने सो महोत्सव आगामी अक्टोबर ६ तारिख सोमबार सउलस्थित 건국대학교 새천년관 대공연장에서 हुनेछ।
कोरियाली महान पर्व छुसकको अवसरमा आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत आपतकालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्य अघि सारिएको आयोजकहरूले बताएका छन्। महोत्सवलाई सफल बनाउन राप्ती समाजको सहयोग र लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लागत र क्षेत्रगत संघसंस्थाहरू सह–आयोजक तथा सहयोगीका रूपमा संलग्न हुनेछन् भने नेपाली सम्पर्क समिति दक्षिण कोरिया सहजीकरणमा रहनेछ।
“पवित्र लुम्बिनी, बुद्धको जन्मस्थान, शान्ति, सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नारासहितको स्थापित सस्थाले गर्ने यो कार्यक्रम सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रममार्फ...
३ भाद्र २०८२, मंगलवार ११:२७३ भाद्र २०८२, मंगलवार ११:२७३ भाद्र २०८२, मंगलवार ११:२७ by एलिनाNo Comments
विशाल आवाज:नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज, योङइन विदेशी कल्याण केन्द्र तथा बुद्धभूमि ग्रुपद्वारा यही आउदो अगस्ट २४ तारिकका दिन योङइन बिदेशी कल्याण केन्द्रमा संयुक्त रूपमा रमाइलो तिज मेला–२०२५ गरिने भएको छ ।
अगस्ट २४ तारिक आइतवारका दिन दिउँसो ठिक १ बजेबाट सुरु हुने यस मेला योङइन विदेशी कल्याण केन्द्र (용인시외국인복지센터) 경기도 용인시 처인구 금령로 36, 거성빌딩 3층 301호 मा हुनेछ।आयोजक संस्थाहरूले परदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइलाई एकै ठाउँमा भेला गराई नेपाली संस्कृति, परम्परा र मौलिकताको सम्मान गर्दै एकतामा बाँध्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। कोरियाको ख्यङ्गी ख्वाङ्जु, सङ्नाम, योङइन, इछन र यजुमा बसोबास गर्ने नेपाली समुदायका साथै सम्पूर्ण कोरियामा रहेका सबै नेपालीलाई कार्यक्रममा सहभागी भई रमाइलो गर्न हार्दिक निमन्त्रणा गरेको छ।
...
३ भाद्र २०८२, मंगलवार ०३:००३ भाद्र २०८२, मंगलवार ०३:००३ भाद्र २०८२, मंगलवार ०३:०० by एलिनाNo Comments
अब दक्ष नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने बाटो अझ सहज बनेको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत E-7 भिसा प्रणाली अन्तर्गत कामदार पठाउने कार्यविधि स्वीकृत गरेको छ।
मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार विशेष योग्यता पूरा गरेका म्यानपावर कम्पनीलाई मात्र दक्ष कामदार पठाउने अनुमति दिइनेछ। यसका लागि कम्पनीहरूले आफ्नै प्रशिक्षण केन्द्र वा विद्यमान प्रशिक्षण केन्द्र भाडामा लिएर सञ्चालन गर्नुपर्ने र त्यहाँ कम्तीमा दुई जना प्रमाणित कोरियन भाषा प्रशिक्षक राख्नुपर्नेछ।
त्यस्तै, कम्पनीहरूले सम्बन्धित कोरियन संस्था वा संघसंस्थासँग सम्झौता गरी मागपत्र ल्याउन सक्ने व्यवस्था गरिएको छ। तर, यस क्रममा कामदार वा कम्पनीसँग अतिरिक्त शुल्क लिन नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।
दक्ष कामदारले कोरिया जानुअघि भाषा परीक्षा र सीप (Occupational Skill) परी...
२ भाद्र २०८२, सोमबार ०९:५०२ भाद्र २०८२, सोमबार ०९:५०२ भाद्र २०८२, सोमबार ०९:५० by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) को २२औं वार्षिक साधारण सभा तथा अधिवेशन २०२५ मा युग्नाम विश्वविद्यालय, देगुमा सम्पन्न भएको छ। अधिवेशनमार्फत सभापति किरण सुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
सन् २००४ मा स्थापना भई २०१५ मा दक्षिण कोरियाको स्थानीय प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता भएको SONSIK, कोरियामा रहेका नेपाली विद्यार्थीहरूको एक मात्र आधिकारिक र गैर–नाफामूलक विद्यार्थी संगठन हो। यस संस्थाले कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूबीच विचार, अनुभव र ज्ञानको आदान–प्रदानलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ।
साधारण सभामा विगतका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्दै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने संकल्प व्यक्त गर्यो। निर्वाचित पदाधिकारीहरूले नेपाल र कोरियामा रहेका विद्या...
२ भाद्र २०८२, सोमबार ०६:५०२ भाद्र २०८२, सोमबार ०६:५०२ भाद्र २०८२, सोमबार ०६:५० by एलिनाNo Comments
बिशाल आवाज :तमू समूदायको मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, लिपि र भेषभूषाको संरक्षण र सम्बर्द्धन गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले स्थापित तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन आगामी २०२५ अगस्ट २४ (आइतबार), बिहान ११ः०० बजे, सिओलस्थित 종로구 창신길 51, 새마을 빌딩, 5층 (창신동) मा भव्य रूपमा गर्ने भएको छ।
सन् १९९९ मा कोरियामा रहेका तमू समुदायले “धर्म हरायो भने संस्कार हराउँछ, संस्कार हरायो भने संस्कृति हराउँछ, र संस्कृति हरायो भने मानव अस्तित्व हराउँछ” भन्ने ऐतिहासिक मूल मन्त्रलाई आत्मसात गर्दै यस संस्थाको स्थापना गरेका हुन्। सुरुवातदेखि नै तमू धीं दक्षिण कोरिया केवल गुरुङ (तमू) समुदायका लागि मात्र नभई गैर तमु (गैर–गुरुङ) समुदायका लागि समेत साथ–सहयोग, आपतकालीन सहयोग र सामाजिक–सांस्कृतिक उत्थानमा सक्रिय हुँदै आएको छ।
अध्यक्ष रुपा गुरुङले सस्थाको तर्फ बाट कोरियावा...
२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५२ भाद्र २०८२, सोमबार ०३:१५ by एलिनाNo Comments
विशाल आवाज: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित गजेदो स्थित हान्वा ओसन नेपाली एकता समाजले यस वर्ष पनि भव्य रूपमा तीज विशेष दर खाने तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना गर्ने भएको छ।
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने यो कार्यक्रम आउँदो अगस्ट २४ (आइतबार), बिहान १० बजे ग्योङनाम (경남 거제시 탑곡로 75, 아주동, 거제시노동복지회관) मा सम्पन्न हुने भएको समाजले जनाएको छ।
हान्वा ओसन क्षेत्रमा मात्रै ८०० भन्दा बढी नेपाली कार्यरत रहेकोले यसपटकको तीज कार्यक्रमलाई अझै भव्य र उत्साहपूर्ण ढङ्गले मनाइने अपेक्षा गरिएको छ। समाजका अध्यक्ष नारायण शाही ठकुरीले भन्नुभयो– “हाम्रो साझा संस्था हान्वा ओसन नेपाली एकता समाजको यस तीज विशेष कार्यक्रममा तपाईँहरूको सुझाव, साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं।”
कार्यक्रममा द...