Advertisement
Advertisement

आत्महत्या गर्न वाध्य बनाइएका तुल्सि पुन मगरको मुद्दामा न्याय : बङ्गुर फर्म मालिक र टोली प्रमुख जेल सजाय

Advertisement
Advertisement

दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरलाई निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरी महिनामा आत्महत्या गर्न बनाइएको पीडादायी घटना अझै पनि प्रवासी समुदायको मनमा ताजा छ। यो घटनापछि श्रमिक अधिकारका लागि लामो समयदेखि संघर्षरत migrant Workers’ Union (एमटियु)ले पीडितका पक्षमा मुद्दा दायर गरेको थियो, जसको परिणाम स्वरूप अन्ततः न्यायालयले दोषीहरूलाई सजाय सुनाएको छ।

अगस्ट २० मा मोक्पो अदालतले निर्णय गर्दै बङ्गुर फर्म मालिकलाई दुई वर्षको जेल सजाय र दश लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको छ। यो फैसला सहजै आएको होइन, लामो समयसम्म प्रवासी श्रमिक र अधिकारकर्मीहरूले देखाएको दबाब र निरन्तर आन्दोलनकै कारण आज कानुनले आवाजविहीन श्रमिकको पक्षमा निर्णय लिएको हो। 

तर प्रवासी श्रमिकको वास्तविकता अझै पनि चुनौतीपूर्ण छ। कार्यस्थल परिवर्तन गर्ने अधिकार कानुनले सुनिश्चित गरेको भए पनि व्यवहारमा धेरै मालिकहरूले यसलाई बेवास्ता गर्दै श्रमिकलाई दुर्व्यवहार, कुटपिट र भेदभाव गर्ने गरेका छन्। काम गर्ने ठाउँ सुरक्षित हुनुको साटो कतिपय अवस्थामा सहकर्मीमैत्री सम्बन्ध पनि विग्रेर उल्टै श्रमिकमै श्रमिकले सताउने, हेप्ने र अपमान गर्ने अवस्था सिर्जना भएको छ। तुल्सि पुन मगरको मृत्यु त्यही शोषण र विभेदको भयावह रूप थियो, जसले प्रवासी श्रमिकहरूको असुरक्षित जीवनलाई सम्पूर्णतामा उजागर गरिदियो।

अदालतको यो फैसला केवल दुईजनालाई सजायको घोषणामात्र होइन, यसले श्रमिकलाई हेप्न सकिन्न, दुर्व्यवहार सह्य हुँदैन, र न्याय ढिला भए पनि अन्ततः आउँछ भन्ने सशक्त सन्देश दिएको छ। यही सन्देशलाई अगाडि बढाउँदै एमटियुले सबै प्रवासी श्रमिकलाई विभाजित नभई एकताबद्ध हुन आह्वान गरेको छ र सेप्टेम्बर २१ आइतबार दिउँसो दुई बजे सउल श्रम विभाग कार्यालय अगाडि आयोजना हुने राष्ट्रिय जुलुसमा सहभागी हुन आग्रह गरेको छ। यो जुलुस श्रमिक अधिकारका लागि अझ ठूलो स्वर बन्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×