Advertisement
Advertisement

Breaking news 1

अमेरिकामा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताइयो, कम्तीमा १० जनाको मृत्यु

अमेरिकामा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताइयो, कम्तीमा १० जनाको मृत्यु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अमेरिकाको न्यु अर्लियन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूको भीडमा कार जोताइँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका सीएनएनले जनाएको छ ।   न्यु अर्लियन्सको बर्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भीडमा कार जोताएलगत्तै चालक कारबाहिर निस्केर गोली प्रहार गर्न सुरू गरेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई लक्ष्य गरी जवाफी फायर गरेको थियो । गोली लागेका दुई प्रहरी अधिकारी घाइते भएका न्यु अर्लीयन्सका प्रहरी प्रमुखले जनाएका छन् । प्रहरी प्रमुख एनी किर्कप्याट्रिकले सन्दिग्ध आक्रमणकारीले तयारीका साथ भीडमा गाडी चलाएको बताइन् । 'उसले सकेसम्म धेरै मानिसहरूमाथि गाडी कुदाउने प्रयास गरेको थियो,' उनले भनिन् । घटनाबारे संघीय जाँच ब्युरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको जनाइएको छ । एफबीआईका विशेष एजेन्ट अल्थिया डन्कनले घटनास्थलमा सम्भावित विस्फोटक उपकरण फेला पारेको बताएका छन् ।...
ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा तोकियो, भ्याटसहित प्रतिटिकट ५४ हजार

ईपीएस मार्फत कोरिया जाने कामदारको हवाई भाडा तोकियो, भ्याटसहित प्रतिटिकट ५४ हजार

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ ।वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ । बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको थियो । त्यसपछि सरकारले हवाई भाडा दर सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा सहभागी युनिभर्सल टुर्सले सबैभन्दा सस्तो दर प्रस्...
दक्षिण कोरियाले ९ नेपालीलाई गर्‍यो निष्कासन

दक्षिण कोरियाले ९ नेपालीलाई गर्‍यो निष्कासन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको स्रोतले बताएको छ। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको स्रोतले बताएको छ। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो। इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन क...
कोरियाका निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता / जिते रु साढे सात लाख

कोरियाका निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता / जिते रु साढे सात लाख

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
सिटी एक्सप्रेस मनी ट्रान्सफरले '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' योजना अन्तर्गत मेगा बम्पर उपहार 'आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने' विजेताको नाम घोषणा गरेको छ। हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट Gmoney trans मार्फत रेमिटेन्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रूपैयाँको १८ गुणा गरेर सात लाख ५४ हजार तीन सय ६२ रूपैयाँ जित्न सफल भएका छन्।   सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १ गतेदेखि मंसिर ३० गतेसम्म २०८१ सालको दसैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा' उपहार योजना घोषणा गरेको थियो। सिटी एक्...
फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ । काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल रहेका छन । सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन । रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनका देशको नेतृत्वमा र...
ओलीमाथि भीम रावलको प्रश्नै-प्रश्न, आरोपै-आरोप

ओलीमाथि भीम रावलको प्रश्नै-प्रश्न, आरोपै-आरोप

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  नेकपा (एमाले)बाट निकालिएका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन्। एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले वाम गठबन्धन, माओवादीसँग पार्टी एकतादेखि प्रतिनिधि सभा विघटन, सर्वोच्च अदालतको फैसला तथा एमाले विभाजनको घटनाक्रमसम्म ओलीको भूमिकाप्रति प्रश्नैप्रश्न उठाएका हुन्।  विभिन्न राजनीतिक घटनाक्रमहरूमा ओलीले विधि विधान र अनुशासनविपरीतका क्रियाकलाप गरेको उनको आरोप छ।  'उहाँको भनाइ र गराइमा कति फरक छ। विधि पद्दति अनुशासन र जिम्मेवारीका कुरा उहाँको फोस्रो गफबाहेक केही होइन,' उनले भने।  उनको क्रियाकलाप कति स्वेच्छाचारी छ भन्ने विषय ओलीका निर्णयहरू पटकपटक सर्वोच्च अदालतबाट उल्टिनुले पनि पुष्टी हुने बताए।  'प्रतिनिधि सभा विघटनलाई संविधान विपरीत ठहर गर्दै सर्वोच्चको परमादेशले गठन भएको सरकारलाई बारम्बार परमादेशी...
कोरियाले जेल हाल्यो, कोरियन भाषाले जिन्दगी बदल्यो-प्रेम गुरूङ

कोरियाले जेल हाल्यो, कोरियन भाषाले जिन्दगी बदल्यो-प्रेम गुरूङ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
सन्जिव वगाले/सेतोपाटि ग्लोबल नेपाली बाट साभार उनी बिहान पाँच बजे बागबजार पुग्छन्। साढे पाँच बजे कोरियन भाषा पढाउन सुरू गर्छन्। झन्डै अपराह्न दुई बजेसम्म पढाउनमै व्यस्त रहन्छन्। सन् २०१० देखि उनको यही दिनचर्या चलेको छ। उनी हुन् प्रेम गुरूङ। बागबजारमा उनले 'सिन्ह्वा कोरियन ल्यांग्वेज' चलाएका छन् जहाँ हाल २५ जनाले रोजगारी पाएका छन्। कोरियन भाषा कक्षासँगै उनले कोरियन स्वादको रेस्टुरेन्ट, चिया पसल र अर्को एउटा रेस्टुरेन्ट पनि चलाएका छन्। कुनै व्यवसायमा उनी एक्लै छन् त कुनैमा साझेदार। प्रेम यी सबै व्यवसायको भर्‍याङ चढ्ने खुड्किलो कोरियन भाषा नै हो। उनलाई कुनै समय कोरियन अध्यागमन विभागले गिरफ्तार गरेर १४ दिन जेलमा राखेर डिपोर्ट गरिदिएको थियो। त्यही घटना उनको जिन्दगी बदल्ने घुम्ती बनिदियो। सिन्ह्वा कोरियन ल्यांग्वेज चलाउनुअघि उनी करिब दुई वर्ष कानुनी र १७ वर्ष गैरकानुनी गरी १९ वर्ष दक...
प्रथम स्याङ्जा पुरुष डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न

प्रथम स्याङ्जा पुरुष डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्नदक्षिण कोरियाको स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न भएको छ। "शिक्षाको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ डिसेम्बर २९, आइतबारका दिन नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको सहजिकरणमा यस प्रतियोगिता सम्पन्न गरिएको हो।कार्यक्रमको मुख्य उद्देश्य दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्नु, खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा सुदृढ बनाउनु, र गृह जिल्ला स्याङ्जाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन अक्षय कोष स्थापनाका लागि कोष संकलन गर्नु रहेको थियो।प्रतियोगिताको मुख्य आकर्षण:यस प्रतियोगितामा कुल ४७ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा लुकेका प्रतिभाहरूलाई उजागर ...
कोरियाको दक्षिणपश्चिमी तटमा ८३ टनको जहाज पल्टियो; २ जनाको उद्धार, ५ जना बेपत्ता

कोरियाको दक्षिणपश्चिमी तटमा ८३ टनको जहाज पल्टियो; २ जनाको उद्धार, ५ जना बेपत्ता

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै
दक्षिण छुङ्नाम प्रान्तको पश्चिम सागरमा सात जना मानिस बोकेको जहाज पल्टिएको अनुमान गरिएको छ, दुई जनाको उद्धार गरिएको छ भने पाँच जना बेपत्ता छन्। ताईन कोस्ट गार्ड र चुङनाम फायर डिपार्टमेन्टका अनुसार, साँझ ६:२६ बजे एउटा ८३ टनको जहाज सियोलको लगभग 100 किलोमिटर दक्षिणपश्चिममा गोपा टापु, पाल्बोङ-म्योन, सिओसान-सी, चुङचेओङनाम-डो नजिकै समुद्रमा पल्टिएको थियो। जहाजमा सात जना (अनुमानित) सवार रहेको बताइएको छ । दुर्घटनापछि पल्टिएको जहाजमा सवार दुईजनाको उद्धार गरिएको तर हाल पाँच जना बेपत्ता रहेको कोस्ट गार्डले जनाएको छ । उद्धार गरिएका व्यक्तिले लाइफ ज्याकेट लगाएका थिएनन् । कोस्ट गार्ड र दमकल अधिकारीहरूले दुर्घटना क्षेत्र नजिकैको समुद्रमा खोजी गर्न गस्ती जहाजहरू, विमानहरू र उद्धारकर्मीहरू परिचालन गरिरहेका छन्। तर, उच्च ज्वारभाटाका कारण दुर्घटना नजिकैको क्षेत्रमा खोजी कार्यमा कठिनाइ भइरहेको छ । पल...
कोरियाको सङ्घसंस्थाको अधिवेशन: भाइटल पदमा हानाथाप, अन्य पदमा हाहाकार

कोरियाको सङ्घसंस्थाको अधिवेशन: भाइटल पदमा हानाथाप, अन्य पदमा हाहाकार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा संघसंस्थाहरू च्याउसरी स्थापना भएका छन्। भौगोलिक, क्षेत्रीय, जातीय , राजनीतिक, धार्मिक, साहित्यिक, खेलकुद लगायतका नाममा नेपालमै जसरी दक्षिण कोरियामा पनि संघ संस्थाहरू स्थापना हुनेक्रम बढ्दो छ। विभिन्न नारा लिएर स्थापना भएका यी सङ्घसंस्थाको अधिवेशन हेर्ने हो भने चाही मुख्यमुख्य पदाधिकारी रहने पदका लागि हानाथाप हुने तर अन्य पदमा भने खासै कसैको चासो नहुने देखिँदै आएको छ। पछिल्लो घटनाक्रम मात्र हेर्ने हो भने पनि बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनमा अध्यक्ष पदका प्रत्याशी चार जना हुँदा समेत वरिष्ठ उपाध्यक्ष,महासचिव लगायतका केहि जिल्ला संयोजकहरू को पदका लागि भने कुनै पनि उम्मेदवारी पर्न सकेन। अध्यक्षका प्रत्याशी ४ जनामध्ये एकजना अध्यक्ष र अन्य तीनजनालाई वरिष्ठ उपाध्यक्ष र महासचिवको पदका लागी आह्वान गर्दा समेत सबैले आनाकानी गरेको पाइयो। अ...