कोरियाबाट जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आर्थिक विभाग सदस्यमा चयन
दक्षिण कोरियामा रहेर लामो समयसम्म नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न हुँदै आएका कोरियाका सफल व्यवसायी जीवन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) मा प्रवेश गर्दै केन्द्रीय आर्थिक विभागको सदस्य मा चयन भएका छन्।
रा.स्व.पाले मिति २०८२ माघ २२ गते पार्टीप्रतिको विश्वास व्यक्त गर्दै थापालाई केन्द्रीय आर्थिक विभाग सदस्यको जिम्मेवारी प्रदान गरेको हो। मोरङ जिल्लाका स्थायी बासिन्दा थापा हाल दक्षिण कोरियामा रहेर व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
यसअघि पनि थापा कोरियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका थिए। पार्टीप्रतिको निरन्तर सहयोग, योगदान र प्रतिबद्धतालाई मूल्यांकन गर्दै उनलाई केन्द्रीय जिम्मेवारी प्रदान गरिएको पार्टी...
२४ माघ २०८२, शुक्रबार १६:०९२४ माघ २०८२, शुक्रबार १६:०९२४ माघ २०८२, शुक्रबार १६:०९ by विशाल श्रेष्ठNo Comments
नेपाल भलिवल संघ दक्षिण कोरिया शाखाको चौथो कार्यसमितिको पहिलो बैठक भर्चुअल माध्यमबाट २०२६ फेब्रुअरी २ तारिखका दिन सम्पन्न भएको छ। बैठक संस्थाका अध्यक्ष विरेन्द्र राहुँ मगरको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा संघको वर्तमान अवस्था, संगठनात्मक संरचना तथा आगामी सिजनका कार्यक्रमहरूबारे विस्तृत छलफल गर्दै विभिन्न प्रस्तावहरू पारित गरिएको छ। बैठकले मुख्यत: रिक्त पदपूर्ति, संरक्षक तथा सल्लाहकार मनोनयन र सिजन २०२६ का भलिवल प्रतियोगिता कार्यक्रमसम्बन्धी प्रस्तावहरूमा निर्णय गरेको छ।
रिक्त पदपूर्ति सम्बन्धी प्रस्ताव अन्तर्गत
उपाध्यक्षमा पुस्कल पुन, महासचिवमा देवेन्द्र पुन, कोषाध्यक्षमा संजिव खतिवडा, सह–कोषाध्यक्षमा लोकराज पाण्डे तथा सदस्यमा संगम क्षेत्रीलाई चयन गरिएको छ।
संरक्षक तथा सल्लाहकार मनोनयन सम्बन्धी प्रस्ताव अन्तर्गत
संरक्षकमा बिपिन कुमार गुरुङ, बरिष्ठ सल्लाहकारमा भजिन्द्र क्षेत्...
२४ माघ २०८२, शुक्रबार १५:१२२४ माघ २०८२, शुक्रबार १५:१२२४ माघ २०८२, शुक्रबार १५:१२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपाली संगीतप्रेमीहरूका लागि लोकप्रिय ब्याण्ड ‘जोन एन्ड दि लोकल्स’ ले सउलमा भव्य लाइभ कन्सर्ट प्रस्तुत गर्ने भएको छ। धराने इभेन्ट्स कोरिया को आयोजनामा कोरियाली नयाँ वर्ष सलनाल को अवसर पारेर यही फेब्रुअरी १७ (मंगलबार) विशेष सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो।
‘जोन एन्ड दि लोकल्स’ को साउथ कोरिया टुर अन्तर्गत हुने यो कन्सर्ट सउल नजिकै रहेको माङ्वोल्सा स्टेशन (लाइन नम्बर १) गेट नम्बर ४ नजिकैको सिन्हान विश्वविद्यालय (신한대학교) परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम हलमा प्रवेश दिउँसो ३ बजेदेखि खुला हुनेछ भने कन्सर्टका लागि टिकट शुल्क ५० हजार कोरियन वन तोकिएको छ।
कार्यक्रममा मुख्य आकर्षणका रूपमा जोन एन्ड दि लोकल्स को लाइभ प्रस्तुति रहनेछ भने ओपनिङ ब्याण्डका रूपमा चर्चित समूह ‘फुल्याङ’ ले दर्शकलाई तताउनेछ। कार्यक्रमको सञ्चालन रेश्मा राई ले गर्नेछिन् भने डि...
२४ माघ २०८२, शुक्रबार ११:२५२४ माघ २०८२, शुक्रबार ११:२५२४ माघ २०८२, शुक्रबार ११:२५ by एलिनाNo Comments
सनातन मूल्य–मान्यता, धार्मिक अनुशासन र सांस्कृतिक चेतनाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया ले महाशिवरात्रि पर्वको पावन अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार कार्यक्रममा विधिवत शिवपूजा, रुद्राभिषेक, आरती तथा भजनकीर्तन समावेश रहनेछ। सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने लक्ष्यका साथ आयोजना गरिन लागेको यस अनुष्ठानमा दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातनप्रेमी श्रद्धालु भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रम सन् फेब्रुअरी 15, आइतबार बिहान 08:30 बजे देखि आन्सानस्थित सनातन मन्दिर तथा आन्सान नेपाली पुस्तकालय (경기도 안산시 단원구 원곡공원로 14-1, 원곡동 741-3) मा सञ्चालन हुनेछ।
आयोजकले शिवपूजा तथा रुद्राभिषेकमा कर्ताको रूपमा सहभागी हुन इच्छुक श्रद्धालुहरूलाई बिहानै उपस्थित भई सहभाग...
२३ माघ २०८२, बिहीबार १२:५०२३ माघ २०८२, बिहीबार १२:५०२३ माघ २०८२, बिहीबार १२:५० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको फेन्थेक (평택) क्षेत्रमा नेपाली तथा इन्डियन स्वादलाई एकै छानामुनि प्रस्तुत गर्ने उद्देश्यसहित ‘ताजमहल प्यालेस (Taj Mahal Palace)’ नेपाली–इन्डियन रेष्टुरेन्ट सञ्चालनमा आएको छ। यसको ओपनिङ यहि फेब्रुअरी ७/८ तारिकमा हुने भएको छ।
गणेश बुढा,मिता गुरुङ र लोकेश खत्रिले सञ्चालनमा ल्याएको रेष्टुरेन्टको भव्य उद्घाटन यही फेब्रुअरी ७ र ८ तारिख (शनिबार र आइतबार) हुने जानकारी दिएका छन्। उद्घाटन कार्यक्रममा नेपाली समुदाय, मजदुर, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
‘ताजमहल प्यालेस’मा नेपाली तथा इन्डियन परिकारहरू स्वच्छ, स्वादिलो र पारिवारिक वातावरणमा उपलब्ध गराइने जनाइएको छ। फेन्थेक क्षेत्रमा कार्यरत नेपालीहरूका लागि यो रेष्टुरेन्ट स्वाद र भेटघाटको नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ। रेष्टुरेन्टको ठेगानाः경기도 평택시 평택1로12번길 10, 2층 (평택동) 평택역 बाट पैदल करिब ...
२२ माघ २०८२, बुधबार १४:१२२२ माघ २०८२, बुधबार १४:१२२२ माघ २०८२, बुधबार १४:१२ by विशाल श्रेष्ठNo Comments
कोरियन पर्व सलनाल को अवसरमा सुर्खेत समाज, दक्षिण कोरिया ले विशेष सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘BULBULE NIGHT DANCE PARTY’ आयोजना गर्ने भएको छ। कार्यक्रम आइतबार, फेब्रुअरी १५, २०२६ का दिन साँझ ८:०० बजे बाट 서울특별시 중구 흥인동 15번지 स्थित 성동차차 스탠드빠 나이트 मा सम्पन्न हुनेछ।
समाजले कोरियाको फेन्थेक (Pyeongtaek) क्षेत्रमा सञ्चालनमा रहेको आवास गृह (Shelter) लाई निरन्तर व्यवस्थापन तथा सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रममा DJ Rum Ace को डिजे प्रस्तुति रहनेछ भने चर्चित र्यापरहरू Jojo Dorz र Anish KC ले आफ्नो र्याप प्रस्तुत गर्नेछन्। यस्तै, Diya Khadka ले डान्स तथा र्याप, Sharada Pun ले नृत्य प्रस्तुति र गायक Sujan Karki ले सुमधुर गायनमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिनेछन्।
कार्यक्रम स्थल Train Line 2/6 को 신당역 Gate नं. १२ ब...
२२ माघ २०८२, बुधबार ०८:४९२२ माघ २०८२, बुधबार ०८:४९२२ माघ २०८२, बुधबार ०८:४९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा अफ्रिकी स्वाइन फिभर (ASF) को संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि यसको सम्भावित स्रोतका रूपमा नेपालबाट ल्याइने नेपाली परिकार ‘सुकुटी’ माथि आशंका गरिएको छ।
कोरियाली पशु स्वास्थ्य निकायले गरेको प्रारम्भिक अनुसन्धानअनुसार हाल देखिएको ASF संक्रमण मार्ग नेपाली समुदायमा प्रचलित सुकुटीसँग जोडिएको हुन सक्ने संकेत पाइएको छ। नेपालमा ASF संक्रमित बङ्गुरबाट तयार पारिएको सुकुटी अवैध रूपमा कोरिया भित्रिएको र त्यसकै कारण संक्रमण फैलिन सक्ने सूचनापछि सम्बन्धित निकाय सतर्क बनेका छन्।
जानकारी अनुसार पछिल्लो समय नेपाली खाद्य सामग्री, विशेषगरी मासुजन्य वस्तुहरू, कोरियामा अवैध रूपमा प्रवेश गरिरहेको र केही स्थानमा बिक्रीसमेत भइरहेको पाइएको छ। यसले कोरियाका बङ्गुर फार्महरूलाई गम्भीर संकटमा पार्न सक्ने खतरा बढाएको पशु स्वास्थ्य विज्ञहरूले बताएका छन्।
यसैबीच, कोरियास्थित विभिन्न उद्योग, फार्म...
२१ माघ २०८२, मंगलवार ०७:१९२१ माघ २०८२, मंगलवार ०७:१९२१ माघ २०८२, मंगलवार ०७:१९ by एलिनाNo Comments
दक्षिण कोरियामा कार्यरत भोजपुरका प्रतिक राईलाई उपचारका लागि ३३ लाख वोन सहयोग हस्तान्तरण
दक्षिण कोरियाको ख्यङ्गी–दो ह्वासङ सिटीको फारान क्षेत्रमा अवस्थित फलामको पाइप उत्पादन गर्ने एक कम्पनीमा कार्यरत नेपाल भोजपुर जिल्ला हतुवागढी गाउँपालिका निवासी प्रतिक राई गत वर्ष सन् २०२५ अक्टोबर १६ तारिखदेखि मस्तिष्कघात (Brain Stroke, 뇌졸중) बाट गम्भीर रूपमा पीडित हुनुहुन्छ।
मस्तिष्कघातका कारण उहाँको शरीरको एकपट्टिको हात–खुट्टा नचल्ने तथा बोली स्पष्ट नहुने अवस्था देखिएपछि सुरुमा फारानस्थित छुङआङ अस्पतालमा उपचार गरिएको थियो भने त्यसपछि सुवनस्थित 성빈센트병원 हुँदै हाल ‘द फष्ट अस्पताल' मा निरन्तर उपचाररत रहनुभएको छ।
उपचार अवधि लामो हुनुका साथै खर्च अत्यधिक लाग्ने भएपछि हालसम्मको सम्पूर्ण उपचार खर्च बिरामी स्वयम्ले आफ्नै तलबबाट व्यहोर्दै आउनुभएको थियो। तर औद्योगिक दुर्घटना बीमामा आवेदन दिँदा अस्वीकार भएपछ...
२० माघ २०८२, सोमबार १५:३९२० माघ २०८२, सोमबार १५:३९२० माघ २०८२, सोमबार १५:३९ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, घनिष्ठता र सामाजिक पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा मार्च १ कारिक किम्हेमा ‘प्रथम लखन थापा फुटसल कप–२०२६’ हुने भएको छ।
“स्वस्थ जीवन र मनोरञ्जनका लागि परदेशमै भए पनि खेल खेलौँ !” भन्ने मूल नाराका साथ ४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त फुटसल प्रतियोगिता आउँदो २०२६ मार्च १ (आइतबार) का दिन सञ्चालन हुनेछ। खेल कार्यक्रम बिहान ठीक ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा आयोजना गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले फेब्रुअरी २२, २०२६ (शनिबार) दिउँसो ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको छ।...
२० माघ २०८२, सोमबार १०:५२२० माघ २०८२, सोमबार १०:५२२० माघ २०८२, सोमबार १०:५२ by एलिनाNo Comments
दक्षिण कोरियामा रोजगारीका क्रममा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा उपचाररत छन्। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी स्थायी ठेगाना भएका राई दुर्घटना हुनु तीन महिना अघि मात्र छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा कामका लागि आएका थिए। गत नोभेम्बर २ बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका हुन्। राई NRNA दक्षिण कोरियाका सल्लाहकार र पूर्वी नेपाल समाज कोरियाका संरक्षक लगायत दक्षिण कोरिया का विभिन्न संघसंस्थाका सल्लाहकार रहेका अमृत राईका आफ्नै भाई हुन्।
दुर्घटनापछि राईलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원 हुँदै हाल 대전स्थित 을지대학교병원 मा स्थानान्तरण गरी उपचार भइरहेको छ। दुर्घटनाबाट उनको देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काटिएको छ भने दाहिने खुट्टा जोगाउन सकिन्छ कि भन्ने आशामा उपचार जारी छ।
दुर्घटनाको समयम...