Advertisement
Advertisement

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेतृत्व चयनको प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा २०२६ जुन ७ तारिख आइतबार आन्सानस्थित याक रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

संघको छैटौँ महाधिवेशन २०२५ अक्टोबर ५ तारिखमै सम्पन्न भएको थियो। तर विभिन्न कारणवश नयाँ कार्यसमिति चयन हुन नसक्दा नेतृत्व हस्तान्तरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो। करिब आठ महिनापछि जुन ७ मा आयोजित कार्यक्रममार्फत सातौँ कार्यसमिति गठन गर्न सफल भएको संघले जनाएको छ।

निर्वाचन मण्डलका संयोजक युगेल तेन्डुप शेर्पा को नेतृत्वमा सम्पन्न चयन प्रक्रियाबाट भोजपुर निवासी दोर्ची शेर्पा पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दोर्जी शेर्पा तथा उपाध्यक्षहरूमा फुर्तेम्बा शेर्पा, जाङबु शेर्पा (डेनिस), पासाङ दावा शेर्पा र फर्वा शेर्पा चयन भएका छन्। त्यसैगरी महासचिवमा निम्नुरी खापा शेर्पा, सचिवमा सन्तोष शेर्पा, महिला सचिवमा दिकु शेर्पा, कोषाध्यक्षमा जाङ्गबु शेर्पा तथा सह-कोषाध्यक्षमा ङिमा ग्याल्जे शेर्पा चयन भएका छन्।

नयाँ कार्यसमितिअन्तर्गत संस्कृति विभाग प्रमुखमा आङ दाली शेर्पा, युवा संयोजकमा सोनम शेर्पा र खेलकुद संयोजकमा पासाङ शेर्पा चयन भएका छन्। साथै मिङ्मार शेर्पा, फुरुडेन्डी शेर्पालगायत १६ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ।

लामो समयदेखि रोकिएको नेतृत्व चयन प्रक्रिया टुंगोमा पुगेसँगै दक्षिण कोरियामा रहेका शेर्पा समुदायमा नयाँ उत्साह थपिएको छ। नवगठित कार्यसमितिले समुदायको हकहित, भाषा, संस्कृति तथा सामाजिक एकतालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

No description available.

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×