Advertisement
Advertisement

Breaking news 1

कोरिया जाने श्रमिकमाथि चर्को भाडाको सिन्डिकेट नयाँ कम्पनी छान्ने प्रक्रिया अन्योलमा

कोरिया जाने श्रमिकमाथि चर्को भाडाको सिन्डिकेट नयाँ कम्पनी छान्ने प्रक्रिया अन्योलमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि हवाई कम्पनी छनोट प्रक्रिया अवरुद्ध भएको छ । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले २७ असारमा टेन्डर आह्वान गरेको थियो । तर कोरियन एयरको नेपाली एजेन्टले हालेको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दियो, यसले कोरिया जाने श्रमिकहरु सामान्यभन्दा दोब्बर भाडा तिरेर कोरिया जानुपर्ने बाध्यता कायमै रहने भएको छ । ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार कोरिया जाने श्रमिकहरु कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ । जबकी नेपाल एयरलाइन्स्का साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी भाडा न्यूनमत ३१ हजारसम्म लिने गरेका छन् । ईपीएस कोरिया शाख...
छुसकमा “ याक्थुङ मेलोडी नाइट” मा लाइभ डिजे सहित छेवाङ लामाले रातभर सौल तताउने

छुसकमा “ याक्थुङ मेलोडी नाइट” मा लाइभ डिजे सहित छेवाङ लामाले रातभर सौल तताउने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको प्रस्तुतिमा  सेप्टेम्बर १६ तारिख  बेलुकि ८ बजेबाट हुने याक्थुम रैथाने मेलोडी नाइटमा अहिलेको युवा पुस्ताको चर्चित  गायक छेवाङ लामा  देखि लाइभ डिजेले माहोल तताउने भएको छ। चुम्लुङ हिम/सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसक को अवसर पारि किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로 217 충무로 4가 (진양상가 2 층) Seoul metro lino no.4 충무로역 Exit 8 सौलमा “याक्थुम रैथाने मेलोडी नाइट” आयोजना गर्ने भएको हो।  कि.या.चु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नकोलागी चुम्लुङ हिम/शेल्टर निरन्तर रुपमा सन्चालन गर्दै हजारौं(पुर्व मेची देखि पश्चिम महाकाली सम्म) नेपाली लाई सहयोग गर्दै आइरहेको छ ।  यहि शेल्टर लाई निरन्तरता दिन  हरेक महिनाको शेल्टरक...
Fonemoney पैसा डबलको तीन विजेता चयन

Fonemoney पैसा डबलको तीन विजेता चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरिया:Fonemoney को “Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका तीन विजेता चयन भएका छन् । पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर दिमदुङ पछि सोमबार अर्जुन खड्का विजयी भएका छन्। Fonemoney ले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट ईलेक्ट्रोनिक लक्की ड्र मार्फत् एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट Fonemoney मार्फत बैंक खाता, नगद वा eSewa Wallet मा पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ। “Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत पैसा पठाउने मध्येबाट १ जनालाई बम्पर उपहारको रुपमा १ करोड वन (Won) दिने र जारी समयमा हरेक हप्ता १ जनालाई पैसा डबल हुने Fonemoney ले जानकारी दिएको छ। १ करोड वन (Won) सहित घरको उपहार पनि संचालनमा रहेको छ। घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मा...
सुवनको मेगाबक्समा प्रदर्शन हुने “घरज्वाईं“ को तयारी पुरा

सुवनको मेगाबक्समा प्रदर्शन हुने “घरज्वाईं“ को तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट १८ तारिक आईतवार का दिन सुवनमा रहेको मेगाबक्समा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३०००० वन तोकिएको छ भने हल 수원시 팔달구 행궁로71 2층 MEGABOX रहेको छ । नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै कोरियाको सुवन सहरमा पहिलो सो गर्न लागेको हुनाले कोरियावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी...
“प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा

“प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपसी मित्रता र एकताको परिचय, स्वस्थ जीवनको लागि खेलकुद।” भन्ने मूल नाराका साथ  यहि आउदो आइतबार अगस्ट १८  तारिखका दिन नोन्सानमा नोन्सान एफ.सिले आयोजना गर्न लागेको “प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा भएको संस्थापक अध्यक्ष सोनाम शेर्पाले विशाल आवाजलाई बताउनुभएको छ।  बिहान ९ बजे बाट शुरु हुने १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी‌‌लाइ कोरियन १ लाख वन , उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही ५०/५० हजार कोरियन वन  सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक आयोजक संस्थाका रमेश लामाले विशाल आवाज लाइ जानकारी दिएका छन्। नोन्सानको 탑정시민체육공원 मा आयोजना हुने प्रतियोगितामा नोन्सान एभरे...
काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले बृहत बनभोज सहित बार्षिक साधारणसभा कार्यक्रम गर्दै

काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले बृहत बनभोज सहित बार्षिक साधारणसभा कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा रहेको काभ्रे सम्पर्क समितिले आफ्नो वार्षिक साधारण सभासहित बृहत वनभोज कार्यक्रम गर्ने भएको छ। सेप्टेम्बर १४ र १५ तारिखका दिन सौलमा कार्यक्रम आयोजना गर्ने भएको हो।  आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १४ तारिख दिउँसो ३ बजेदेखि १५ तारिख बिहान ११ बजेसम्म 북한산 मा रहेको रमाइलो वातावरणमा आफ्नो बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको हो। संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले विशाल आवाजलाई जानकारी दिएका छन।  विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम...
मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: छुसकको अवसर पारी लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजना हुन लागेको मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम अगस्ट १८ तारिख दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा हुने भएको छ।  आपतकालीन रातकोष स्थापनार्थ लमजुङ परिवार दक्षिण कोरियाले कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख  “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” आयोजना गर्ने कार्यक्रम बारे विस्तृत रूपमा जानकारी दिन यहि अगस्ट १८ तारिख दोङ्देमुन स्थित (लाइन नम्बर १ 동대문 Exit Gate 3)दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो। गण्डकी प्रदेश समाज र लमजुङ एफसीको सहयोगमा लमजुङ समाजले आयोजना गर्ने “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” को आधिकारिक जानकारी सहित कलाकार समेत रहेक...
तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाले अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा नेपाली नारीको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम र आउँदै गरेको छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।  पछिल्लो समय कोरियामा पनि चेलीबेटीहरूको उल्लेख्य मात्रामा सङ्ख्या बढेसँगै नेपाली सम्पर्क समिति दक्षिण कोरियाले महिला दिदीबहिनीहरूलाई लक्षित गरेर प्रदेशमा पनि घरदेशको तिर्सना मेटाई कला संस्कृति जोगाउन तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष हरि खनालले विशाल आवाजलाई जानकारी दिनुभयो। कार्यक्रम अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा‌ बिहान ११ बजे देखि सञ्चालन हुनेछ। हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा आकर्षणमा तीज नृत्य को ...
सेप्टेम्बर १५ र १६ तारिख ‌इन्टरनेसनल ग्राउन्डमै नेपाली क्रिकेट टुर्नामेन्ट हुँदै

सेप्टेम्बर १५ र १६ तारिख ‌इन्टरनेसनल ग्राउन्डमै नेपाली क्रिकेट टुर्नामेन्ट हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:कोरियन क्रिकेट एसोसिएसनको सहयोगमा नेपाल राइनो ले छुसकको अवसरमा सेप्टेम्बर १५ र १६ तारिखका दिन इन्छनको ‌इन्टरनेसनल ग्राउन्डमा THE PEOPLE'S CUP INTER NEPALESE TENNIS BALL CRICKET TOURNAMENT -2024 आयोजना गर्ने भएको छ।  पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको क्रिकेट क्रेज हेरि  हार्ड टेनिस बल द्वारा Incheon Yeounhi cricket ground मा २ दिन सम्म खेलाइने प्रतियोगितामा लगभग १६ देखि २० वटा  क्रिकेट टिम रहने नेपाल राइनोका म्यानेजर राज श्रेष्ठले बताउनुभएको छ।‌ १० ओभरको  खेलाइने खेलको आन्तरिक तयारी पुरा भएको हुनाले दक्षिण कोरियामा रहेको सम्पूर्ण नेपाली क्रिकेट टिमलाई समयमै टिम दर्ता गर्न समेत श्रेष्ठले आह्वान गर्नुभएको छ।  नेपाल राइनो विगत १० वर्षदेखि कोरियामा कोरिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने विभिन्न प्रतियोगितामा सहभागी भइरहेको एकमात्र नेपाली क्रिकेट टिम हो। सुरुको ...
अगस्ट ११ मा “रारा सांगीतिक सौगात भाग १ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन” हुदै

अगस्ट ११ मा “रारा सांगीतिक सौगात भाग १ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:कर्णाली प्रदेशमा दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अवसरमा “रारा सांगीतिक सौगात भाग १” गर्दैछ। त्यसैको बारेमा जानकारी दिन यहि आउँदो अगस्ट ११ तारिख पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहल दोङ्देमुनमा कार्यक्रमको कलाकार सहितको  पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने भएको छ। कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने  उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा  सेप्टेम्बर १६ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ। उक्त कार्यक्रमको बारेमा जानकारी दिन अगस्ट ११ तारिख ११ बजे दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन ...